site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सुजिता मृत्यु घटना : अवस्था सामान्य नभएको भन्दै राप्तीमा जारी कर्फ्यूको समयावधि थपियो 

चितवन । चितवनको राप्ती नगरपालिकाको राजमार्ग क्षेत्रमा लगाइएको कर्फ्यूको समायवधि थपिएको छ । 

सुजिता भण्डारी मृत्यु घटनाको निष्पक्ष छानबिन तथा दोषीलाई कारबाहीको दायरामा ल्याउनुपर्ने मागसहित हुने गरेको स्थानीयको प्रदर्शनले उग्र रूप लिन थालेपछि चितवन प्रशासनले हिजो (मंगलबार) साँझ साढे ७ बजेदेखि आज (बुधबार) साँझ साढे ७ बजेसम्मका लागि कर्फ्यू जारी गरेको थियो ।

तर, अवस्था अझै सामान्य भइनसकेको भन्दै प्रशासनले बुधबार साँझ जारी कर्फ्यूको समायवधि बढाएको हो । जस अनुसार जिल्ला प्रशासन कार्यालय चितवनले बिहीबार ७ बजेसम्मका लागि कर्फ्यू थप गरेको छ । कर्फ्यू राप्ती नगरपालिकाको राजमार्ग क्षेत्रमा लागु हुने छ ।

तर, बिहीबार बिहान ५ बजेदेखि ८ बजेसम्म अत्यावश्यकीय वस्तु खरिदका समय दिइएको छ । उक्त समयमा पनि तीन जनाभन्दा बढी हिँड्न पाइने छैन । यस्तै, लामो दुरीका सवारी साधनलाई चल्न दिइने छ ।

प्रशासनले कर्फ्यू उलङ्घन गरे एक महिनासम्म कैद सजाय हुने चेतावनी दिएको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, असार २३, २०७८  २०:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro