site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
निर्वाचन आयोगमा मिलेनन् जसपाका नेता, अब नियमानुसार हुने 
SkywellSkywell

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का नेताहरु निर्वाचन आयोगबाट फर्किएका छन् । आन्तरिक मेलमिलापका लागि आयोगले बोलाएपछि कान्तिपथस्थित कार्यालय पुगेका उनीहरु मेलमिलापबिनै फर्किएका हुन् ।

जसपाका अध्यक्ष महन्थ ठाकुर र अर्का अध्यक्ष उपेन्द्र यादवले पक्षले आयोगलाई अब प्रक्रियाअनुसार अघि बढ्न भनेका छन् । आफूहरु नमिल्ने भन्दै आयोगलाई नियमानुसार अघि बढ्न दिन उनीहरुले सहमति जनाएका छन् ।

Royal Enfield Island Ad
KFC Island Ad
NIC Asia

आयोगलाई नियमानुसार अघि बढ्न भन्दै दुवै पक्षले हस्ताक्षर गरेको नेता अनिल झाले जानकारी दिए ।

यादव पक्षले राजनीतिक दल सम्बन्धी ऐन ४३ र ४४ बमोजिम पार्टीको आधिकारिकता दाबी गर्दै आयोगमा निवेदन दिएको थियो । यादव पक्षको निवेदनपछि आयोगले ठाकुर पक्षलाई १५ दिनभित्र जवाफ दिन भनेको थियो । ठाकुर पक्षले जवाफ दिएपछि आयोगले दुवै पक्षलाई मेलमिलापका लागि बोलाएको हो ।

आज ठाकुरसँगै उनी पक्षका राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण, शरतसिंह भण्डारी, केशव झालगायत नेता आयोग पुगेका थिए । यादव पक्षका उनीसँगै महेन्द्रराय यादव, राजेन्द्र श्रेष्ठ, प्रकाश अधिकारीलगायत नेताहरु छलफलमा सहभागी थिए ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार २२, २०७८  १३:११
Sipradi LandingSipradi Landing
प्रतिक्रिया दिनुहोस्
NTCNTC
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
न्यायालयको अवहेलनाको लक्ष्मणरेखा
न्यायालयको अवहेलनाको लक्ष्मणरेखा
SubisuSubisu
Hamro patroHamro patro