देश
![समाजसेवामा सक्रिय अदिती घिमिरे, मेलम्चीका बाढी पीडितलाई सहयोग](https://12khari.top/uploads/posts/Aditi Ghimire1625471987.jpg)
काठमाडौं । समाजसेवी अदिती घिमिरेले मेलम्चीका बाढी पीडितलाई सहयोग गरेकी छन् ।
उनले मेलम्चीका बाढीपीडितलाई दाल, चामल, तेल, च्युरा, चाउचाउ, नुनलगायतका खाद्य सामग्री उनले सहयोग गरेकी छन् ।
उनले यसअघि कोभिड उपचारमा संलग्न स्वास्थ्यकर्मी तथा चिकित्सकको लागि हौसलास्वरुप एक करोड सहयोग गर्ने प्रतिबद्धता पनि जनाएकी थिइन् ।
उनले यसअघि पनि रामेछापको एक विद्यालयमा विभिन्न प्रतियोगिता आयोजना गरी विजयी विद्यार्थीलाई पुरस्कार र छात्रवृत्ति पनि प्रदान गर्दै आएकी छन् ।
![Global Ime bank](https://baahrakhari.com/uploads/bigyaapan/30885600.gif)
उनले आफ्ना बुबा र आमाको प्रेरणाले नै समाजसेवामा आकर्षित भएको बताउँदै आएकी छन् । उनले भविष्यमा पनि आफ्नो समाजसेवाको यात्रा नरोकिने बताउँछिन् ।
घिमिरे गल्फ तथा पौडी खेलमा समेत सक्रिय छन् ।
प्रकाशित मिति: सोमबार, असार २१, २०७८ १३:४३
प्रतिक्रिया दिनुहोस्