site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सुजिताको हत्या भएको भन्दै स्थानीयद्वारा प्रर्दशन जारी

चितवन । असार २० गते आइतबार साँझ राप्ती नगरपालिका वडा नम्बर ३ स्थित स्थानीय ब्रह्मस्थानी सामुदायिक वनमा मृत फेला परेकी राप्ती नगरपालिका वडा नम्बर ३ की  सुजिता भण्डारीको हत्यारा यथाशक्य पत्ता लगाउन माग गर्दै स्थानीयले  प्रदर्शन र नाराबाजी गरेका छन् ।

 आक्रोशित स्थानीयको प्रर्दशनले पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ । उनीहरुले सडकमा अवरोध खडा गर्दै ‘मरेपछिको प्रहरी चाहिंँदैन’, ‘सुजितालाई न्याय दे’ जस्ता नारा लगाएका छन् । घटनाले उग्ररुप लिएपछि सयौंको संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी तैनाथ गरिएको छ । शव परीक्षणका लागि भरतपुर अस्पताल ल्याउन लागेको एम्बुलेन्समा स्थानीयले अवरोध गर्दा भरतपुर ल्याउन नसकिएको जिल्ला प्रहरी कार्यालय, चितवनका प्रवक्ता सूर्यबहादुर थापाले बताए । “स्थानीयले शव परीक्षणका लागि ल्याउन दिएका छैनन्, भीड पनि अनियन्त्रित छ । हामी पनि तनावमा छौं । थापाले भने,” पूर्वपश्चिम राजमार्ग पनि पूर्ण रुपमा बन्द छ ।”  

घटनाको  सुक्ष्म अध्ययन गर्न केन्द्रीय अनुसन्धान व्युरो टोली आए पनि स्थानीयले शव ल्याउन दिएका छैनन् । उनीहरुले सत्यतथ्य पत्ता लगाई अपराधी पत्ता लगाएर कारवाहीको ग्यारेन्टी दिन माग गरिरहेका छन् । राप्ती नगरपालिकाका प्रमुख प्रभा बरालले आफन्तजन, स्थानीय अगुवा, समाजसेवी, सुरक्षा प्रमुख, प्रमुख अधिकारीलगायतलाई राखेर छलफल गर्न लागिएको बताइन् । “स्थानीयले हामीलाई हत्यारा पत्ता लगाउन र शव परीक्षणको सत्यतथ्य, यथार्थको होस भनेर ग्यारेन्टीको माग गर्नुभएको छ । सीडीओ साव आउंँदै हुनुहुन्छ छलफल गर्दैछौं ,” बरालले भनिन् । 

जिल्ला प्रशासन कार्यालय, चितवनका सूचना अधिकारी खेम पौडेलले स्थानीयले शव ल्याउन अवरोध गरेको बताए । “स्थानीयले अनुसन्धान र दोषीको खोजी गर्न ढिला भयो भनेर विरोध गरेका छन् । सीडीओ साब त्यहीँ हुनुहुन्छ,” पौडेलले भने । 

घटना भएको ११ दिनसम्म पनि प्रहरीले अनुसन्धान र खोजी गर्न सक्रियता नदेखाएको भन्दै उनीहरु आक्रोशित बनेका हुन् ।

असार ११ गते बिहान ६ बजे साथीको घर जाने भनेर हिँडेकी सुजिता सोही दिनदेखि बेपत्ता भएकी थिइन् । उनले सोही दिन १२ बजे दिदीलाई फोन गरेर अपहरणमा परेको बताएकी परिवारजनको भनाइ छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, असार २१, २०७८  १३:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro