site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सबै किसिमका सार्वजनिक सवारीसाधन कहिलेदेखि चल्छन् ?
फाइल तस्बिर

काठमाडौं । सार्वजनिक यातायात व्यवसायीले बिहीबार पनि प्रशासनलाई असार २१ गतेपछिको निषेधाज्ञामा उचित निर्णय नभए निषेधाज्ञा अवज्ञा गर्दै सबै किसिमका सार्वजनिक सवारी साधन चलाउने चेतावनी दिएका छन् । व्यवसायीहरूले उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग छलफल गरी यस्तो चेतावनी दिएका हुन् । 

यातायात व्यवसायी राष्ट्रिय महासंघका अनुसार यातायात व्यवसायी र मजदुरहरू सबै किसिमका सार्वजनिक यातायात सञ्चालन गर्न पाँच दिन पर्खने भएका छन् । महासंघका महासचिव सरोज सिटौलाले २१ गतेसम्म पर्खने जानकारी दिए । ‘‘त्यसपछि पनि सबै किसिमका सार्वजनिक सवारी चल्न नदिए प्रशासनको निर्णय अवज्ञा गरिनेछ । जोर बिजोर प्रर्णाली र स्वास्थ्य मापद्धण्डलाई बेवास्ता गरिनेछैन् । संक्रमणको अवस्था हेरेर छोटो दुरी, लामो दुरी र कम सिट क्षमताका सार्वजनिक सवारी सञ्चालन गरिनेछ,” महासचिव सिटौलाले भने । 

व्यवसायी तथा मजदुरहरूले यसअघि नै शुक्रबारबाट सबै खाले सार्वजनिक सवारी सञ्चालन गरिनेबारे पत्राचार गरेका थिए । तर प्रशासनसँगको छलफलले गर्दा असार २१ गतेसम्म रोकिने भएका छन् । 

यसअघि उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले असार २१ गतेसम्म २५ सिटभन्दा माथिका सार्वजनिक सवारी साधनमा जोरबिजोर प्रणाली लागु गर्ने निर्णय गरेका थिए । उक्त निर्णयको यातायात व्यवसायी र मजदुरहरूले आलोचना गरेका थिए ।

आज प्रशासन र व्यवसायीबीचको छलफलमा तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई २१ गतेसम्म पर्खन अनुरोध गरेका थिए । प्रशासनको अनुरोधलाई व्यवसायी तथा मजदुरहरूले स्वीकार गरेका हुन् ।

महासंघका अनुसार अब २१ गतेदेखि संक्रमणको अवस्था हेरी सबैखाले सार्वजनिक सवारी सञ्चालन गरिनेछ । उनले कोरोना महामारी नबढे २१ गतेदेखि स्वास्थ्य मापदण्ड अपनाएर लामो, मध्यम र छोटो दुरी र कम सिट क्षमताका सार्वजनिक सवारी पनि चलाइने बताए । 

सार्वजनिक यातायात सञ्चालनमा निषेधाज्ञा बाधक बन्दा यातायात मजदुरहरूलाई छाक टार्नसमेत समस्या परिरहेको महासंघको भनाइ छ । अर्कातिर सार्वजनिक यातायातमा भएको १० अर्ब लगानी जोखिममा परेको उनीहरूको दाबी छ । ‘

“लामो समय व्यवसायीले गाडी ग्यारेजमै थन्काउँदा कैयौँ गाडिहरू त्यसै बिग्रिसकेका छन् । यो बनाउँनुपर्‍यो आफैँले । मजदुर र व्यवसायीको बिचल्ली उस्तै छ । अब पनि ग्यारेजमा थन्काएर मजुदर भोकै मर्ने अवस्था रहन्न,” सिटौलाले भने ।

यातायात व्यवसायी तथा मजदुहररूको समस्याबारे आफूहरू सचेत बनको काठमाडौंमा जिल्लाका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीले बताए । 

‘‘पछिल्लो समय कोरोना संक्रमण बढ्दै गएको जस्तो देखिएको छ । अब २१ गतेपछि के हुन्छ भनेर अहिले नै भन्न सकिने अवस्था छ्रैन । यद्यपि अन्य सरोकारवालाहरूसँग छलफल गर्दै निर्णय लिइरहेका छाैँ,” प्रजिअ पराजुुलीले भने, ‘‘संक्रमणदर हेरेर निर्णय लिइन्छ । साताव्यापी निषेधाज्ञामा हामीले निरन्तर आम जनजीवन सहज बनाउँदै निर्णय लिइरहेका छौँ । तर कोरोना संक्रमण पहिलेजस्तै भयावह हुन सक्ने सम्भावना घटेको छैन । तीव्र रूपमा संक्रमण फैलिन पनि सक्छ । निषेधाज्ञालाई बेवास्ता नगरौँ ।”
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, असार १७, २०७८  २०:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro