site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
देश
Global Ime bankGlobal Ime bank
जुलाईदेखि सातामा २१ अन्तर्राष्ट्रिय उडान हुने (सूचीसहित)
सांकेतिक तस्बिर
SkywellSkywell

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले जुलाई महिनाका लागि अन्तर्राष्ट्रियतर्फको नियमित उडान तालिका सार्वजनिक गरेको छ । प्राधिकरणले सातामा २१ अन्तर्राष्ट्रिय उडान हुनेगरी तालिका स्वीकृत गरेको हो ।

सरकारले भारत, कतार, यूएई, टर्की, साउदी अरेबिया, कुवेत, मलेसिया, ओमान, जापान, चीन र कोरियाका लागि निश्चित संख्या तोकी नियमित उडान खोलेको छ । सरकारको सोही निर्णय अनुसार प्राधिकरणले उडान तालिका स्वीकृत गरेको जनाएको छ ।

Dabur Nepal
NIC Asia

सरकारले कोरिया र चीनका लागि नियमित उडान खोलेपनि त्यहाँका वायुसेवा कम्पनीले उडान अनुमति मागेका छैनन् ।

नेपाली वायुसेवा कम्पनीको उडान गन्तव्य नभएका मुलुकमा भने सम्बन्धित देशका वायुसेवा कम्पनीले सेवा दिनेछन् । कोरिया, टर्की, कुवेत र ओमानमा सम्बन्धित देशका एयरलाइन्सले नै सेवा दिनेछन् ।

नेपालबाट नेपाल एयरलाइन्सले नयाँदिल्ली, दोहा, दुबई, क्वालालाम्पुर र नारिता उडान गर्नेछ । यस्तै हिमालय एयरलाइन्सले दमाम, दुबई र क्वालालाम्पुर उडानका लागि अनुमति पाएको छ ।

नेपालबाट यात्रु लैजान पाउने विदेशी कम्पनीहरूमा कतार एयरवेज, सलाम एयर, एयर इन्डिया, फ्लाइ दुबई, जजिरा एयरवेज, टर्किस एयर र मालिन्दो एयर रहेका छन् । उनीहरूको पनि उडान तालिका प्राधिकरणले स्वीकृत गरेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार १६, २०७८  १८:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro