site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
खुकुलो प्रावधानसहित चितवनमा थप एक साता निषेधाज्ञा
फाइल तस्बिर

चितवन । चितवनमा जारी निषेधाज्ञालाई खुकुलो प्रावधान राखेर एकसाता थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले आज आदेश जारी गर्दै असार २४ गतेसम्मका लागि थप गरेको हो । 

जारी निषेधाज्ञा भोलि (बिहीबार) राति १२ बजे सकिँदैछ । 

कोरोनाको जोखिम कायमै रहेको भन्दै प्रशासनले जारी निषेधाज्ञालाई एक साता थप गरेको जनाएको छ । तर, थपिएको निशेधाज्ञा केही खुकुलो बनाइएको छ ।

प्रशासनले सेवाग्राहीको बढी भिडभाड हुने सरकारी कार्यालयहरूले बार अनुसार सेवा प्रवाह गर्न पाइने निर्णय गरेको छ । जस अनुसार प्रशासन कार्यालय, मालपोत कार्यालय, नापी कार्यालय तथा यातायात कार्यालय अब आंशिक रूपमा खुल्नेछन् । कुन कार्यालय कहिले खोल्ने भनेर स्थानीय तहले आलोपालो प्रणाली तोक्ने प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जानकारी दिए । अन्य सबै सरकारी कार्यालयहरूले स्वास्थ्य मापदण्ड पालना गरेर सेवा प्रवाह गर्न सक्नेछन् ।

यस्तै शुक्रबारदेखि नै तीन पाङ्ग्रे सवारी साधनमा पनि जोर बिजोर प्रणाली लागु हुने भएको छ । सार्वजनिक यातायातलाई बिस्तारै सहज बनाउदै लैजाने क्रममा बढीमा २ जना यात्रु बोक्नेगरी तीन पाङ्ग्रे सवारी साधन जोर बिजोर प्रणालीमा सञ्चालन गर्न पाइने प्रशासनले जनाएको छ ।

जोर गते जोर नम्बरको र बिजोर गते बिजोर नम्बरको अटो रिक्साजस्ता तीन पाङ्ग्रे सवारी साधन सञ्चालन गर्न पाइनेछ । तीन पाङ्ग्रे अटोरिक्सा पूर्व निर्धारित रुटमा मात्रै चल्न पाउनेछन् । यस्तै ट्याक्सीमा पनि जोर बिजोर लागु गरिएको छ । प्रशासनले यसअघि २ पाङ्ग्रे निजी सवारी साधनमा मात्रै जोर बिजोर लागु गरेको थियो ।

दैनिक उपभोग्य तथा आवश्यकताका पसलहरू साताको तीन दिन दैनिक ६ घण्टा खोल्न पाइने भएको छ । 

यसअघि हप्ताको तीन दिन ४ घण्टामात्र खोल्न दिइएको थियो । 

जसअनुसार इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स पसल, भाडा, कपडा, फेन्सी, कम्प्युटर, कस्मेटिक तथा गिफ्ट, सुनचाँदी, फर्निचर, अटोमोबाइल, मोटारपार्ट्स, जुत्ता चप्पल, टेलरिङ्ग, प्रेस तथा फोटोकपी पसल आइतबार, मंगलबार र बिहीबार दिउँसो १२ बजे देखि ६ बजेसम्म खोल्न पाइने प्रशासनको आदेश  छ । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार १६, २०७८  १७:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro