site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
किन विवादमै अल्झियो ललितपुर महानगरपालिकाको बजेट ?
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । ललितपुर महानगरपालिकाको आर्थिक वर्ष ०७८–७९ को बजेट र नीति तथा कार्यक्रम अहिलेसम्म विवादमै अल्झिएको छ ।

नगरसभाका अधिकांश सदस्यहरुले दुईपटक नगरसभा बहिस्कार गर्दा बजेट र नीति तथा कार्यक्रम विवादमै अल्झिएको हो । यसर्थ मेयर उपमेयर अल्पमतमा परेका छन् । 

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन नगरसभा सदस्यहरुले महानगरको बजेट र नीति तथा कार्यक्रम बहिस्कार गर्नुपर्ने कारण नरहेको दाबी गर्छन् । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

‘‘बहुमत उनीहरुकै छ । उनीहरुको सहमति र उपस्थितिबिना बजेट प्रस्ताव अघि बढाउन सकिने अवस्था छैन । प्रतिपक्षी नगरसभा सदस्यले बजेट ल्याउन सघाउ पु¥याउनुपर्नेमा बाधा पु¥याइरहेका छन्,” मेयर महर्जनले भने । 

बजेटको विवादका कारण असार ४ गते बिहीबार बोलाइएको नगरसभा स्थगित भएको थियो । त्यसपछि महानगरले शनिबार ६ नगरसभा बोलाएको थियो । उक्त नगरसभामा पनि प्रतिपक्षी नगरसभा सदस्यहरुको अनुपस्थिति नै रह्यो र नगरसभा स्थगित भयो । एमाले र माओवादी केन्द्रका नगरसभा सदस्यहरुले दुवैपटक नगरसभा बहिस्कार गर्दा विवादमै अल्झिएको छ । 

Royal Enfield Island Ad

ललितपुर महानगरपालिका ३ का वडा अध्यक्ष श्रीगोपाल महर्जन माथिल्लो ओहदाका मानिसले तल्लो स्तरका मानिसको सल्लाह सुझाव नमानेको दाबी गर्छन् । 

उनी भन्छन्, ‘‘महानगरले नगरसभा सदस्यहरुको सल्लाह सुझावबिना बजेट ल्याउन खोज्यो । त्यसैले हामीले दुईपटक नगरसभा बहिस्कार गरेका हौँ । महानगरका मेयर उपमेयरले एकलौटी तरिकाले बजेट ल्याउन खोज्दा हामीले असन्तुष्टि जनाइरहेका छौँ ।”

महानगरपालिकामा जम्मा एकसय ३१ जना नगरसभा सदस्यहरु  छन् । जसमध्ये ९२ जना नेकपा एमाले र माओवादी केन्द्रबाट निर्वाचित छन् । यिमध्ये ६६ जना विपक्षी नगरसभा सदस्यहरुले नगरसभा बहिस्कार गर्दै आएका छन् । 

मेयर महर्जनका अनुसार असार ४ गते बिहीबारकै दिन प्रतिपक्षी नगरसभा सदस्यहरुलाई नगरसभामा उपस्थित हुन पत्राचार गरिएको थियो ।  तर उनीहरुले नगरसभा बहिस्कार गर्दा बजेट ल्याउन ढिलो भएको मेयर महर्जनको भनाइ छ । पछि शनिबार ६ गते बोलाइएको नगरसभा पनि बहिस्कार गरे । 

अहिले महानगरमा व्यापक छलफल चलिरहेको महानगरका प्रवक्ता राजु महर्जनले जानकारी दिए । ‘‘अब बजेट, नीति तथा कार्यक्रमको नगरसभा भोलिका लागि तय गरिने भनिएको छ । यस बिषयमा ६ गते स्थगित भएको नगरसभापछि निरन्तर छलफल चलिरहेको छ । अहिले पनि छलफलमै छौँ,” प्रवक्ता महर्जनले भने । 

नगरसभा सदस्यहरुका अनुसार मेयर उपमेयरले समयमा भने अनुसारको काम नगरेको भन्दै असन्तुष्टि जनाइरहेका छन् ।

अहिलेको छलफलले पनि केहि चित्त बुझेन भने भोलिको नगरसभा पनि बहिस्कार गरिने एमाले र माओवादी केन्द्रका सदस्यहरुले बताएका छन् ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ बमोजिम स्थानीय तहहरुले असार १० भित्रमा नयाँ आर्थिक बर्षको बजेट र नीति तथा कार्यक्रम नगरसभामा प्रस्तुत गरिसक्नुपर्ने थियो । 

उक्त ऐन बमोजिम नयाँ आर्थिक बर्ष बजेट प्रस्ताव तयार पार्न र कार्यपालिकामा पेश गर्न बजेट तथा कार्यक्रम तर्जुमा समितिको संयोजकमा उपप्रमुख रहने व्यवस्था छ ।  
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार १६, २०७८  १३:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro