site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काठमाडौं कोटेश्वरको सवारी जाम कम गर्न नयाँ लेन तयार हुँदै
फाइल तस्बिर
SkywellSkywell

काठमाडौं । काठमाडौंको अत्याधिक सवारी जाम हुने क्षेत्र कोटेश्वर जडिबुटी सडकखण्डमा नयाँ लेन विस्तार भइरहेको छ । निषेधाज्ञामा सवारी जाम कम गर्ने उदेश्यले नयाँ लेन विस्तार भइरहेको सडक डिभिजन कार्यालयले जनाएको छ । 

अहिले लेन विस्तारका लागि गिट्टी हाल्ने, फुटपाथ मिलाउने काम भइरहेको सडक डिभिजन कार्यालयका प्रमुख कुबेर नेपालीले जानकारी दिए । ‘‘निषेधाज्ञाकैबीच कोटेश्वरको जाम कम गर्न नयाँ लेन विस्तार गरिरहेका छाैँ। निषेधाज्ञामा लेन विस्तारको काम रोकेनौँ । अहिले यो सडकखण्डमा करिब एक किलोमिटर नयाँ लेन विस्तार गर्ने काम भइरहेको छ,” प्रमुख नेपालीले भने, ‘‘असार महिनाभित्रै हामीले नयाँ लेन कालोपत्रे गरिसक्ने लक्ष्य राखेका थियौँ । तर अहिले बर्सातको मौसम भएकाले मौसमले साथ दिइरहेको छैन् । अरू सबै काम अन्तिम चरणमा पुगेपनि कालोपत्रेको काम लम्बिने देखिएको छ ।”

KFC Island Ad
NIC Asia

उनले लेन विस्तार गर्ने अन्तर्गत चार लेयरको काम भइरहेको बताए । ‘‘अहिले बर्सातको मौसम छ । मौसमले लेन विस्तारमा बाधा नपुर्‍याएको भए नयाँ लेन असार अन्तिमसम्म तयार हुन्थ्यो । दोस्रो लहरको कोरोना महामारी पनि छ । वर्षाका कारणले कालोपत्रेको काम अगाडि बढाउन सकिएको छैन,” नेपालीले भने, ‘‘निषेधाज्ञा खुकुलो भएपनि संक्रमणको जोखिम कायमै छ । निर्माण गर्दा चाहिने सामग्री भएपनि वर्षाले साथ दिइरहेको छैन । नयाँ लेन कालोपत्रे गर्नको लागि कम्तीमा पनि एकसातासम्म घाम लाग्नुपर्छ । कोटेश्वर पहिलेको कोटेश्वर जडिबुटी सडकखण्ड चार लेनको विस्तारित छ । अब थप नयाँ तीन लेन विस्तार गरिनेछ ।”

कोटेश्वरबाट जडीबुटीतर्फ जाँदा दुई लेन र बायाँ एक लेन सडक थप गर्न लागिएको कार्यालयले जनाएको छ । 

Royal Enfield Island Ad

कोटेश्वर जडिबुटी सडकखण्ड उपत्यकाको कलङ्की पछिको अत्याधिक सवारी जाम हुने क्षेत्र हो । त्यहाँको जाम व्यवस्थापन गर्ने अनेकौँ प्रयास नभएका भने होइनन् । तर अहिलेपनि सवारी साधनले घण्टौसम्म जाममा बस्नुपर्ने अवस्था छ । 

महानगरीय ट्राफिक प्रहरी महाशाखाले पनि नयाँ लेन बनेपछि कोटेश्वरको जाम कम हुने अपेक्षा गरेको छ । महाशाखाका एसएसपी जनक भट्टराईले ट्राफिक लाइट व्यवस्थापन, ट्राफिक जनशक्ति खटाइएको बताए । उनले भने, ‘‘नयाँ लेन विस्तार भइरहेको छ । अब नयाँ लेन विस्तार भइसकेपछि जाम कम हुनेछ । सवारी साधन, यात्रु, खटिएका ट्राफिक प्रहरीलाई अलिकति भएपनि राहत मिल्नेछ ।”

तीन लेन सडक विस्तार गर्ने कामको ठेक्का टुन्डी सुसन जेभीले पाएको छ । २०७७ पुस २१ गते निर्माण व्यवसायी कम्पनी र सडक डिभिजन कार्यालय काठमाडौंबीच सम्झौता भएको थियो । योजनाको लागत ७ करोड ८१ लाख रहेको छ । सम्झौता अनुसार आगामी असारसम्ममा निर्माण सम्पन्न गरिसक्नुपर्नेछ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार १५, २०७८  १७:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro