site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
परिचय नखुलेका एक युवक नारायणी पुलबाट हाम फालेर बेपत्ता
बेपत्ता भएका युवककाे सीसीटीभी फुटेजबाट झिकिएकाे तस्बिर ।

चितवन । परिचय नखुलेका एक व्यक्ति नारायणी पुलबाट नदीमा हामफालेर बेपत्ता भएका छन् । वडा प्रहरी कार्यालय नारायणगढका अनुसार बिहीबार बिहान सवा ११ बजेको अन्दाजी १९ बर्षको देखिने एक युवक हाम फालेका हुन् । 

उनी हाम फाल्न बित्तिकै बटुवाहरूले देखेर प्रहरीलाई खबर गरेका थिए । तर पानी धमिलो भएकाले ती युवकलाई उद्धार गर्न नसकिएको कार्यालयका प्रमुख प्रहरी निरीक्षक रघुसिंह विष्टले जानकारी दिए । 

“हामीले हामफालेको केही मिनेटमा उद्धारको लागि नदीमा पस्यौँ,” उनले भने, “तर पानी धमिलिएका कारण उसलाई देख्नै सकिएन ।”

प्रहरीले साँझ साँढे ५ बजेसम्म डुंगासहितको उद्धार टोली लिएर खोजतलास गरेपनि भेटउन नसकिएको जनाएको छ । भोलि बिहानदेखि पुनः खोजी कार्य जारी राखिने प्रहरी निरीक्षक विष्टले बताए ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार १०, २०७८  २१:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro