site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
SkywellSkywell

निर्माण कार्य सकिनका लागि अझै आधा वर्ष लाग्ने धरहरामात्र होइन सुरुङको अन्तिम परीक्षणै नगरी मेलम्ची खानेपानी आयोजनाको उद्घाटन गरियो । निर्माण सम्पन्न नहुँदै उद्घाटन गर्न हतारिने प्रधानमन्त्री खड्गप्रसाद ओलीको उत्ताउलो प्रवृत्तिले निर्माण संस्कृतिलाई नै विकृत बनाएको छ । 

राष्ट्रपति विद्यादेवी भण्डारीले ६ महिनामा दोस्रोपटक प्रतिनिधि सभा भङ्ग गरेपछि सर्वोच्च अदालतमा त्यसविरुद्ध अन्तिम सुनुवाइ भइरहेको छ । यति नै बेला संसद् विघटनविरुद्ध मुद्दा दायर गर्ने प्रमुख विपक्षी नेपाली कांग्रेसलगायतका राजनीतिक दलले भने  सडकमा विरोध प्रदर्शन गर्ने निर्णय गरेको सार्वजनिक भएको छ ।

KFC Island Ad
NIC Asia

सामान्यतः निर्माण कार्य सम्पन्न भएपछि मात्र कुनै आयोजनाको उद्घाटन गर्ने प्रचलन छ । ठेक्कापट्टामा गरिएको निर्माण कार्यको गुणस्तर र काम सबै सकिएको सुनिश्चित भएपछि आयोजना सम्पन्न भएको मानिन्छ । निर्माणको जिम्मा लिएकाहरूले उद्घाटनभन्दा पहिले नै आोजना सरोकारवाला पक्षलाई हस्तान्तरण गरिनुपर्छ । 

अदालतमा मुद्दा दिएपछि सडकबाट छिनोफानो गर्न खोज्नु विधिको शासनको उपहास गर्नु हो । न्यायालयलाई कतैबाट वा कुनै पनि प्रकारको दबाब दिइएमा स्वतन्त्र र निष्पक्ष न्याय सम्पादन प्रभावित हुनसक्छ । विडम्बना, प्रधानमन्त्री ओलीको निरङ्कुशताविरुद्ध संघर्षरत भनिएकै दलका नेताले अदालतमा मुद्दा चलिरहेका विषयमा सडक आन्दोलन गर्ने निर्णय गरे ।

Royal Enfield Island Ad

धरहरामा सवारी साधन पार्किङ स्थल निर्माण, पर्खाल लगाउने काम, लिफ्ट जडान, संग्रहालय निर्माण र ऐतिहासिक महत्त्वको सुन्धारा पुनःस्थापनाको काम सकिएको छैन । सम्बन्धित सरकारी अधिकारीले नै निर्माण कार्य सम्पन्न हुन अझै पाँच महिना लाग्ने अनुमान गरेका छन् । 

साथै, यसबाट कतै कुनै अनियमितता लुकाउन वा ढाकछोप गर्न, सम्बन्धित कुनै व्यक्तिलाई उन्मुक्ति दिन हतार गरिएको त हैन भन्ने सन्देह उत्पन्न हुन्छ । पद मुक्त हुने भयले प्रधानमन्त्री ओलीलाई प्रचलित मान्यता मिचेर धरहराको उद्घाटन गर्न हतार लागेको हुनसक्छ । तर, कामै नसकी धमाधम उद्घाटन गरेर प्रधानमन्त्री ओली उपहासका पात्र र अपसंस्कृतिका प्रतिनिधि हुनपुगेका छन् । 

यसअघि राजनीतिक दलका नेताहरू शिलान्यासका लागि यस्तै मरिहत्ते गर्थे । एउटै आयोजनाको पटकपटक शिलान्यास गरिएका अनेकौं उदाहरण छन् । कामै नसकी उद्घाटन गर्ने चलन बस्यो भने त एकैपटक शिलान्यास उद्घाटन हुने परम्परा सुरु हुन सक्छ । यसैले प्रधानमन्त्री ओलीले थालेका यो विकृत अभ्यास  परम्परा बन्नु हुँदैन ।  

अदालतमा मुद्दा चलिरहेका विषयमा सडकमा प्रदर्शन गर्दा न्यायालयमाथि जनविश्वास नभएको सन्देश प्रवाहित हुन्छ । यसो गर्नु विधिको शासनको मान्यताविरुद्ध हो । आफूलाई लोकतन्त्र र विधिको शासनको पक्षधर ठान्ने राजनीतिक दलका नेताहरूले सडकमा जानुभन्दा पहिले यसमा पुनःविचार गरून् । सडकबाट न्यायपालिकालाई दबाब दिने अपसंस्कृतिले लोकतन्त्र सुदृढ हुँदैन । 
 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार १०, २०७८  १२:४७
Sipradi LandingSipradi Landing
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro