site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
पूर्वसभामुख दमननाथ ढुंगानाको निधन 

काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएको छ ।

काठमाडौंको फ्रन्टलाइन अस्पतालमा उपचारको क्रममा उनको निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

ढुंगाना २०४८ सालको आम निर्वाचनमा काठमाडौं २ बाट निर्वाचित सांसद हुन् । त्यसपछि उनी सभामुख भएका थिए । उनी २०७४ सालमा भक्तपुरबाट कांग्रेस उमेदवार थिए ।

अस्पतालका चिकित्सक डा. योगेश न्यौपानेले दिएको जानकारीअनुसार ढुंगानाको केहीबेर अघि निधन भएको हो । अस्पताल स्रोतका अनुसार अपराह्न १ बजेर ४० मिनेट जाँदा ढुंगानालाई अस्पताल लगिएको थियो । त्यसबेला उनको निधन भइसकेको थियो ।
कलेजो सम्बन्धी समस्याबाट गुज्रिएका ढुंगानाले भारतमा पनि उपचार गराइरहेका थिए । 

प्रकाशित मिति: आइतबार, मंसिर २, २०८१  १५:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro