site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चितवनमा निहुरो टिप्न गएकी एक महिलामाथि बाघको आक्रमण

चितवन ।  चितवनमा सामुदायिक वनमा निहुरो टिप्न गएकी एक महिलामाथि बाघले  आक्रमण गरेको छ । स्थानीय जनकौली सामुदायिक वनमा निहुरो टिप्न गएकी रत्ननगरनगरपालिका वडा नम्बर ५ मगरटोलकी गीता श्रेष्ठ अधिकारीलाई बाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख ओमप्रसाद अधिकारीले जानकारी दिए । 

उनकाअनुसार गीताको खोजीका लागि हाल निकुञ्ज हात्तीसहितको टोली खटिएको छ ।  

इलाका प्रहरी कार्यालय टांँडीका कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले सोमबार मध्याह्न १२ बजेतिर बाघले आक्रमण गरेको भएपनि प्रहरीले दिउँसो २ बजेमात्र थाहा पाएको जानकारी दिए ।

“३–४ जनाको स्थानीय टोली निहुरो टिप्न गएको रहछ । हामीले  २ बजेमात्र थाहा पायौँ । वनमा बाक्लो झाडी भएकाले बाघलाई नियन्त्रणमा लिन सकिएको छैन । ती महिलाको अवस्था पनि थाहा पाएका छैनौँ,” उनले भने ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार ७, २०७८  १६:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro