site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काठमाडौं उपत्यकामा फेरि एकसाता निषेधाज्ञा, निजी गाडीमा जोरबिजोर प्रणाली

काठमाडौं । काठमाडौं उपत्यकामा फेरि एक साता निषेधाज्ञा थपिएको छ । उपत्यकाका तीन जिल्ला काठमाडौं भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको आज बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाका अनुसार व्यापार व्यवसाय समय तोकेर चलाउन दिने निर्णय भएको छ । 

प्रजिअहरूको बैठकले गरेको निर्णय अनुसार असार ८ गतेदेखि लागु हुने निषेधाज्ञामा कपडा पसल, भाडा पसल लगायत भिडभाड कम हुने व्यवसाय प्रशासनद्वारा निर्धारित समयावधी बमोजिम सञ्चालन गर्न पाइनेछ ।

यस्तै निजी सवारी साधनमा जोरबिजोर लागु गरिएको छ । पछिल्लो समय थप गरिएको निषेधाज्ञामा सार्वजनिक सवारी साधन भने चल्न पाउने छैनन् ।  

विकास निर्माणका कामहरू बिहान ११ बजेदेखि बेलुकी ४ बजेसम्म सञ्चालन गर्न पाइने भएको छ । सरकारी कार्यालयको हकमा स्वास्थ्य मापदण्ड पालना गरेर सञ्चालन गर्न पाइनेछ ।

पछिल्लो एकसाता जारी गरेको निषेधाज्ञा सोमबार राति १२ बजे सकिँदैछ । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, असार ६, २०७८  १७:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro