site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
चितनवमा ट्रकले प्रहरीको गाडीलाई ठक्कर दिंँदा प्रहरी प्रमुखसहित ६ जना घाइते 
Sarbottam CementSarbottam Cement

चितवन । चितवनमा मालबाहक ट्रकले प्रहरीको गाडीलाई ठक्कर दिंँदा चितवन प्रहरी प्रमुख ओमप्रसाद अधिकारीसहित ६ जना घाइते भएका छन् । नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका वडा नम्बर २९ स्थित गाईघाटमा मालबाहक ट्रकले ठक्कर दिएको हो । 

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार नारायणगढ–मुग्लिन सडक अन्तर्गत निर्माणाधीन पुल तथा सडकको अवस्थाका बारेमा अनुगमन गरी भरतपुर फर्किएको प्रहरीको गाडीलाई काठमाडौंतर्फ गइरहेको ना ६ ख ६०११ नम्बरको मालबाहक ट्रकले ठक्कर दिएको थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

ठक्करबाट प्रहरी गाडीमा सवार सबै प्रहरी घाइते भएको र उनीहरूको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए । घाइते प्रहरीहरूको टाउको, हात मुखमा चोट लागेपनि अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

ट्रक र चालक प्रहरीको नियन्त्रणमा छन् ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार ४, २०७८  २०:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !