site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पत्रेखोलामा पुल नबन्दा कष्ट : एकपटक मोटरसाइकल खोला पार गराउन १०० रुपैयाँ 

दाङ । तुलसीपुर उपमहानगरपालिका–७ का विनोद नेपालीले बुधबार घोराहीको यात्रा गरे । तुलसीपुरबाट बिहान करिब ७ बजे मोटरसाइकलमा हिँडेका उनी पत्रेखोलामा पुगेपछि केही बेर रोकिनुपर्‍यो ।

खोलामा पानीको बहाव बढेको देखेपछि केही समय रोकिए । तर, केही उपाय नलागेपछि खोला तर्ने विचार गरे । खोलाको बीचमा पुगेपछि मोटरसाइकल रोकियो । लामो प्रयासपछि मोटरसाइकल त पार लगाए, तर उनीसँग भएको मोबाइललगायत सामग्रीमा पानी पर्‍यो ।

“घोराही जानैपर्ने भएका कारण पानी परिरहेकै बीचमा यात्रा तय गरेँ, तर खोलामा पुल नहुँदा निकै सास्ती भोग्नुप¥यो,” उनले भने, “यो पुल बन्ने कुरा त हामीलाई एकादेशको कथाजस्तै लाग्न थालेको छ ।”

दंगीशरण गाउँपालिका–२ का विशाल चौधरीले बुधबार पत्रेखोलामा आएको बाढीका कारण मोटरसाइकल खोला पार गराउन १०० रूपैयाँ खर्च गरे । घोराहीबाट घर फर्किने बेलामा पनि फेरि १०० रूपैयाँ बुझाए । पुल नहुँदा उनले खोलामा मोटरसाइकल पार लगाउनकै लागि रकम खर्चनुपर्‍यो ।

उनले भने, “घोराही–तुलसीपुरको यात्रा गर्दा निकै सोच्नुपर्ने हुन्छ, हामीलाई यो दुःखकष्ट कहिलेसम्म होला कुन्नि ?”

पत्रेखोलामा पुल निर्माण सुरु गरिएको करिब एक दशक पुग्नै लाग्दा पनि निर्माणकार्य सम्पन्न हुनसकेको छैन । तुलसीपुर–घोराही सडकखण्डअन्तर्गत पर्ने पत्रेखोलामा आर्थिक वर्ष २०७१/०७२ देखि पुल निर्माण थालिएको हो । तर, पुलले अझै पूर्णता पाउन सकेको छैन ।

तत्कालीन अवस्थामा पुलको डिजाइन नमिलेको भन्दै निर्माण रोकिएको थियो । पुलको दायाँ–बायाँ पिलर निर्माण हुने समयमा डिजाइन नमिलेको कारण देखाउँदै निर्माण हुनसकेको थिएन । निर्माण रोकिएपछि नागरिकले सास्ती पाउँदै आएकोमा मन्त्रिपरिषद्को बैठकबाट पुललाई यसै वर्षभित्र पूर्णता दिने निर्णय भएको छ । मन्त्रिपरिषद्को निर्णयपछि नयाँ डिजाइनानुसार निर्माणको काम थालिएको छ ।

पछिल्लोपटक पुल निर्माणकार्य चालु आर्थिक वर्षमा सक्नुपर्ने थियो । तर, यस वर्ष पनि कोरोना महामारीका कारण अवधि लम्बिने निश्चित भएको सडक डिभिजन कार्यालय दाङका प्रमुख निरज शाक्यले बताए ।

“ठेकेदारले समयमै काम सम्पन्न गरेको भए यस वर्ष त सकिन्थ्यो, तीन महिनाको काम थियो । तर, अहिले पनि समयमा काम हुन सकेन । अहिले त झन् वर्षा पनि सुरु भइसक्यो,” उनले भने, “कोरोना महामारीका कारण सरकारले नै सम्झौता म्याद थप्ने भनिसकेकाले अब अर्को वर्ष जाने निश्चित भयो ।”

विभिन्न कारणले ६ वर्षसम्म पिलर पनि ठडिन नसकेको अवस्थामा अब करिब अन्तिम चरणमा पुगेको तर यसै आर्थिक वर्षमा भने नसकिने उनले बताए । “निर्माणको काम अन्तिम चरणमा पुगेको छ । वरपरको वाल बनाउनबाहेक अरू काम लगभग सकिएको छ,” उनले भने । पुल ४० मिटर लम्बाइ र ११ मिटर चौडाइको हुने कार्यालय प्रमुख शाक्यले जानकारी दिए ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, असार ४, २०७८  १०:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro