site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मेलम्ची खानेपानी आयोजनाका २८ अस्थायी संरचनामा क्षति, केही कामदार सम्पर्कविहीन

काठमाडौं । मंगलबारको बाढीले सिन्धुपाल्चाकको मेलम्ची खानेपानी आयोजनाका २८ संरचनामा क्षति पुगेको छ । यस्तै, बाढीले कर्मचारीको लेबर क्याम्प बगाउँदा आयोजनाका लागि काम गर्दै आएका कामदारहरू सम्पर्कविहीन भएको आयोजनाले जनाएको छ ।

मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता राजेन्द्र पन्तले बाढीले केही कामदारहरू सम्पर्कविहीन भएको र २८ वटा अस्थाथी संरचनामा क्षति पुर्‍याएको जानकारी दिए । उनकाअनुसार नदी डाइभर्सन गर्ने संरचना, अस्थायी बेलिब्रिज लगायतका संरचनामा बाढीले क्षति पुर्‍याएको छ ।

‘‘बाढीले क्षतविक्षत भएका मेलम्चीवासीको नेपाली सेना, सशस्त्र प्रहरी र प्रहरीले हेलिकप्टरमार्फत उद्धार भइरहेको छ । अहिले मेलम्ची जान सकिने अवस्था छैन्,” प्रवक्ता पन्तले भने, ‘‘मेलम्ची खानेपानी आयोजनाको समिति लगायतको टोलीले उद्धार गर्ने काम गरिरहेको छ । गृह मन्त्रालयलाई पनि उद्धार गर्न अनुरोध गरेकाले गृहबाट पनि उद्धार कार्य भइरहेको छ ।” 

आयोजनाका अनुसार मेलम्ची खानेपानी आयोजनामा भएको क्षतिबारे यकिन भइसकेको छैन । बाढीको सतह घटेपछि मात्रै आयोजनाको क्षति विवरणबारे जानकारी गराइने प्रवक्ता पन्तको भनाइ छ । ‘‘लेबर क्याम्पमा खानेपानीको काम गरिरहेका कामदारहरू बस्दै आएका थिए । उक्त क्याम्पमा कति जना थिए, भन्नेबारे पनि जानकारी पाएका छैनौँ,” प्रवक्ता पन्तले भने । 

असार १ देखि मेलम्ची खानेपानी आयोजनाको सुरुङ परीक्षणको काम गर्ने भनिएको थियो । तर, पानी खोलामा नपठाइएको मेलम्ची खानेपानी आयोजनाले जनाएको छ । 

यसैबीच मेलम्ची खानेपानी आयोजनासँग आबद्ध ४७ जनाभन्दा बढीको कर्मचारीको उद्धार गरिएको जनाइएको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, असार २, २०७८  १७:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro