site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रारम्भिक अध्ययनमै धितोपत्र बोर्डले ५१ कम्पनीको नाम सार्वजनिक गर्नु उचित थियो ! के भन्छन् जानकार ?

काठमाडौं । नेपाल धितोपत्र बोर्डले सेयर मूल्य चलखेल गरेर बढाइएको भन्दै ५१ सुचिकृत कम्पनीको विवरण सार्वजनिक गर्यो । बोर्डले अध्ययनको आधारसहित कम्पनीको सूची सार्वजनिक गरेको छ । 

कम्पनीहरूको तेस्रो त्रैमासिक वित्तीय विवरणको आधारमा मूल्य आम्दानी अनुपात १०० गुणा भन्दा बढी भएका, पछिल्लो एक वर्षमा कम्पनीको सेयर मूल्य ३०० प्रतिशत वा सो भन्दा बढी भएको, प्रतिसेयर आम्दानी नेगेटीभ भएको र प्रतिसेयर नेटवर्थ अंकित मूल्यभन्दा कम भएका कम्पनीको वर्तमान वित्तीय क्षमताको मूल्याङ्कनका आधारमा जोखिमयुक्त देखिएका ५१ कम्पनी छनोट गरिएको प्रारम्भिक अध्ययन गरेको बोर्डले जनाएको छ । 

बोर्डले २ विकास बैंक, ४ फाइनान्स कम्पनी, २ होटल तथा पर्यटन क्षेत्रका कम्पनी, २२ हाइड्रोपावर कम्पनी, २ व्यापार क्षेत्रका कम्पनीको सेयर मूल्य अस्वाभाविक रूपमा बढेको जनाएको छ । 

त्यस्तै लगानी समूहको ३ कम्पनी, अन्य समूहको २ कम्पनी,  निर्जीवन बिमा समूहका ५ कम्पनी, २ वटा लघुवित्त कम्पनी,  उत्पादनमूलक समूहको २ कम्पनी र जीवन बिमा समूहको ५ वटा कम्पनीको सेयर मूल्यमा पनि चलखेल भएको आंशका गर्दै यी कम्पनीमा भित्री सूचनाको आधार कारोबार भए नभएको, सेयर कर्नरिङ भएको हो कि हैन र सर्कुलर ट्रेडिङ भएको छ वा छैन भनेर अध्यनन गर्ने जनाएको छ ।  

यी ५१ कम्पनीको सेयर कारोबारमा कुनै न कुनै चलखेल भएको आशयसहितको सूची सार्वजनिक गरेपछि बार्डको यो निर्णयको समर्थन र विरोध भइरहेको छ ।

बोर्डको आशय सही रहेपनि समय र अहिलेको  प्रक्रियामा भने त्रुटी भएको देखिन्छ । बोर्डले लगानीकर्तालाई कम्पनीको फन्डामेन्टल हेरेर लगानी गर्न सचेत गराउने प्रयासलाई सकारात्मक रूपमा लिन सकिन्छ । 

तर, नियामक निकायले सेयर मूल्य एउटा मितिको र विवरण अर्को मितिको लिएर अध्ययन गरेको छ । त्यस्तै जीवन बिमा कम्पनीको तेस्रो त्रैमासिक वित्तीय विवरणको आधारमा प्रारम्भिक अध्ययन गरेको छ । जबकी जीवन बिमा कम्पनीको वास्तविक  वित्तीय विवरण बिमाङ्कीय मूल्याङ्कनपछि मात्रै आउने गर्दछ । 

सेयर बजारका जानकारसमेत रहेका एक जना चाटर्ड एकाउन्टेन्टले बोर्डले अध्ययनका लागि प्रयोग गरेको तथ्याङ्क नै विश्वसनीय नभएको हुँदा नियामक निकायले गरेको अध्ययनको विश्वसनियतामा प्रश्न गर्छन् । 

बोर्डले ५१ वटा कम्पनीको मूल्य अस्वभाविक रूपमा बढुन्जेल  कुनै एक्सन नलिएर एकै पटक नाम सार्वजनिक गर्नुमा भने धेरैले प्रश्न उठाएका छन् । बोर्डले नेगेटिभ प्रतिसेयर आम्दानी भएका, सञ्चित नोक्सानी भएका कम्पनीको सेयर मूल्य सर्किट लागेर बढुन्जेल कुनै वास्ता नगर्ने र बजार पिकमा पुगेपछि यी कम्पनीको लगानी जोखिम छ भन्नुले बोर्डप्रति नै आशंका पैदा गराएको छ ।

 बोर्डले विशाल बजार कम्पनीको ४ अर्ब १ करोड रुपैयाँ चुक्ता पुँजी भएको कम्पनीलाई ५ करोड चुक्ता पुँजी मानेर अध्ययन गरेको देखिन्छ । कम्पनी रजिस्टारको पत्र र सर्वोच्च अदालतको आदेशले कम्पनीको चुक्ता पुँजी ४ अर्ब १ करोड रुपैयाँ कायम गरेर अर्थ मन्त्रालयको नाममा सेयर लगत अभिलेखसमेत भइसकेको छ । तर बोर्ड भने कम्पनीको पुँजी ५ करोडको आधारमा प्रारम्भिक अध्ययन गरेको देखिन्छ । 

“बेलाबेला बोर्ड यसरी अगाडि बढ्नुलाई अन्यथा मान्नु हुँदैन, नियामक भएकोले बोर्डको जिम्मेवारी बजार फन्डामेन्टमा चलोस् भन्ने  हुनुपर्छ,” एक विश्लेषक भन्छन्, “फन्डामेन्टलभन्दा बाहिर गएर कारोबार हुन्छ भने त्यसलाई नियन्त्रण गर्नु अथवा लगानीकर्तालाई जानकारी गराउनुलाई अन्यथा मान्नु हुँदैन ।” तर यसमा ढिलाइ भएको उनले बताए । 

बोर्डले सार्वजनिक गरेको ५१ कम्पनीमा कमाउनेहरूले कमाइसकेका छन् । अब यसमा फस्ने भनेको बजारमा सिकारु लगानीकर्ता भएको ती विश्लेषकको बुझाइ छ । बोर्डले नै कम्पनी तोकेर सेयर मूल्य अस्वभाविक भयो भनेपछि त्यसले बजारलाई हिट गर्ने निश्चित छ । जसको प्रभाव सेयर बेचेर बाहिरिसकेका लगानीकर्ताभन्दा पनि बुल बजारमा प्रवेश गरेका नयाँ लगानीकर्ता पर्ने देखिन्छ । 

अर्का एक लगानीकर्ता पनि अध्ययन गर्नुलाई सकारात्मक रूपमा लिनुपर्ने तर नियामक निकायले गरेको अध्ययन नै त्रुटिपूर्ण हुनु प्रश्न गर्ने ठाउँ रहेको बताउँछन् । कतिपयले बोर्डले सेयरको मूल्य तोक्ने हो ? भन्दै प्रश्न पनि गरेका छन् । तर, बोर्डले सेयरमा फन्डामेन्टल हेरेर लगानी गर्नु, मूल्यमाथि गयो भनेर सचेत गराउनुु नकारात्मक नभए पनि अहिलेको प्रक्रिया सहि वा थिएन भन्ने महत्वपूर्ण प्रश्नको आधार रहेको कतिपयको बुझाइ छ । 

उच्च गतिमा कुदेको गाडीमा एक्कासी ब्रेक लगाउँदा दुर्घटना हुने भन्दै बजार पिकमा रहेको बेलामा कर्नरिङ गर्ने लगानीकर्ता बाहिरिएर नयाँ लगानीकर्ता फस्ने अवस्थामा बोर्डले कम्पनी नै तोकेर अस्वभाविक मूल्य भयो भन्दा त्यसले दुर्घटना ल्याउनसक्ने विश्लेषकहरू बताउँछन् । 

यता बोर्डका प्रवक्ता तथा कार्यकारी निर्देशक निरज गिरी बोर्डसँग उपलब्ध पछिल्लो वित्तीय विवरणको आधारमा अध्ययन गरेर उक्त सूची सार्वजनिक गरिएको बताउँछन् । बोर्डले ‘यी कम्पनीमा जोखिम छ, अध्ययन गरेर लगानी गर्नू’ भनेको भन्दै यसलाई अन्यथाको रूपमा नबुझनसमेत उनले आग्रह गरे । जीवन बिमा कम्पनीको हकमा पनि तेस्रो त्रैमासिक विवरणको आधारमा अध्ययन गरेको भन्दै यसमा थप अध्ययन हुने भएकोले अहिले सचेत भएर लगानी गर्न मात्रै भनेको उनको दाबी छ । 

बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गाना पनि ‘यी कम्पनीको सेयरमा जोखिम छ, मूल्य अस्वभाविक बढेको छ, सचेत हुन’ भनेको दाबी गर्छन् । बोर्डले यी कम्पनीलाई ब्ल्याक लिस्टेट गरेको नभइ लगानीकर्तालाई सचेत मात्रै गराएको उनले दाबी गरे । जीवन  बिमा कम्पनीको वास्तविक विवरण विमाङ्कीय मूल्याङ्कनपछि मात्रै आउने हुँदा अहिलेको विवरणको आधारमा अध्ययन गरेर सूची सार्वजनिक गर्दा गलत सन्देश गएन र ? भन्ने जिज्ञासामा अध्यक्ष भन्छन् “सुचिकृत कम्पनीका अपरिस्कृत विवरण र लेखापरीक्षण पछिको विवरणमा धेरै अन्तर हुनुहुँदनै भन्ने हो । यही बिमा कम्पनीको हकमा त्यस्तो विवरण आउँछ भने विवरण लगानीकर्ताले फनडमेन्टल हेर लगानी गर्ने हो ।”

उनले बोर्डलाई उपलब्ध भएको विवरणको आधारमा अध्ययन गर्दा प्रारम्भिक विवरण यस्तो देखिएको भन्दै अब थप अध्ययन हुने बताए । 

याे पनि पढ्नुहाेस्

नेपाल धितोपत्र बोर्डले भन्यो– ५१ ओटा कम्पनीको लगानी जोखिमयुक्त (सूचीसहित)
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, असार १, २०७८  २२:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro