site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
निषेधाज्ञाले बारीमै कुहियो तरकारी

दाङ । दाङको चार बगियामा महेन्द्र खड्काले १० बिघा जग्गामा तरकारी खेती गर्दै आएका छन् । खड्काले व्यावसायिक तरकारी खेती गर्न थालेको तीन वर्ष भइसक्यो । उनले तरकारी लगाएको जग्गा उच्च मावि नारायणपुरको हो ।

भाडामा लिएर उनले तरकारी खेती गर्दै आएका छन् । यो सिजनमा खड्काले १० मध्ये चार बिघामा टमाटर, झन्डै एक बिघामा क्राँको, दुई बिघामा भेडे खुर्सानी र बचेको जग्गामा बोडी, पिरो खुर्सानीलगायत तरकारी रोपेका थिए । उनको उत्पादन बजार पठाउनका लागि तयार हुँदै थियो, त्यही समयमा कोरोनाभाइरस महामारीको दोस्रो लहर सुरू भयो ।

बाँके कोरोनाको ‘हटस्पट’ बने पनि दाङमा निषेधाज्ञा सुरू भइसकेको थिएन । त्यहीबीचमा उनले झन्डै २० लाख रुपैयाँ जतिको तरकारी बेच्न भ्याए । दाङमा पनि गएको वैशाख १७ गतेदेखि निषेधाज्ञा जारी गरियो । निषेधाज्ञाले बजार, यातायात, उद्योग, व्यापार सबै ठप्प भए ।

आवश्यकताअनुसार दैनिक २० देखि ५० जना स्थानीयलाई काममा लगाउने खड्काले श्रमिक पनि पाउन छोडे । त्यही समयमा टमाटर, काँक्रो, भेडे खुर्सानी लटरम्म फलेको थियो 

पहिला खड्काको फार्ममा तरकारी किन्न बाहिरी जिल्लाका व्यापारी पनि आउने गर्थे । तर, यसपटक जिल्लाभित्रैका व्यापारी पनि खासै किन्न आएनन् । आएका थोरैले पनि किलोको तीन रुपैयाँ, पाँच रुपैयाँमा किन्न खोजे । त्यति सस्तोमा बेच्नु र नबेच्नुको खासै भिन्नता खड्कालाई लागेन ।

उनको बारीमा एकैसाथ हजारौँ किलो टमाटर तयार थियो । समयमै बिक्री नहुँदा त्यो सबै टमाटर हप्ता–१० दिनमै कुहिन थाल्यो । जेठ पहिलो हप्तासम्म काँक्रो पनि बारीमा त्यसैगरी छिप्पिन थाल्यो ।

जेठको १५ पुग्दासम्म भेडे खुर्सानी पनि आधाउधी बोटमै पाकेर राताम्मे भयो । त्यो पनि दिनदिनै पाकेर चाम्रो हुँदै गयो । लहलह फलेको लाखौँको तरकारी कुहिएको र चाम्रिएको टुलुटुलु हेर्नुपर्दा उनी निकै दुःखी भए । निषेधाज्ञा लम्बिएको लम्बियै थियो ।

खड्काले जोखिम उठाउने निधो गरे । उनले टमाटर र काँक्रोका बोटमा झार मार्न प्रयोग हुने विषादी छर्किन लगाए । विषादी छरेपछि विस्तारै टमाटर र काँक्रोका बोट सुक्दै जान थाले । उनले अहिलेको सबै तरकारी मासेर आउँदो दसैं–तिहारजस्ता चाडपर्वलाई लक्षित गरी फेरि त्यसैगरी तरकारी फलाउने योजना बनाए ।

“अब यसपटक तरकारी जति उत्पादन गरे पनि बजार पाउने अवस्था देखिँदैन,” उनले भने, “बरू, अब समयमै यी सबै बोट नाशेर एकैसाथ जग्गा तयार पारी फेरि यसैगरी तरकारी उत्पादन गर्न सके यो घाटा पूर्ति गर्न सहज हुनेछ ।”

कोरोनाभाइरसको पहिलो लहरको समयमा पनि उनले त्यसै गरेका थिए । २०७६ चैत ११ गतेदेखि नेपालभर सुरू भएको ‘लकडाउन’ले त्यतिखेर पनि उत्पादित तरकारी नबिकेर उनको लाखौँ क्षति भएको थियो ।

त्यतिखेर पनि उनले सबै तरकारी मासेर दसैं–तिहारको समयमा तरकारी राम्रोसँग उत्पादन गर्न सफल भए । त्यतिखेर एक केजी टमाटरको थोकमै ८० रुपैयाँसम्म बिक्री भयो । काँक्रो, लौका, बोडीले पनि राम्रो मूल्य पायो । जसले गर्दा खड्काले एकै लटमा अघिल्लो सबै क्षतिपूर्ति उठाएर पनि राम्रै बचत गर्न सफल भए ।

“यस्तै हो, हामीजस्ता तरकारी किसान कहिल्यै पनि आत्तिने वा मात्तिने गर्नुहुन्न,” खड्काले भने, “कहिलेकाहीँ मौसम र समयले रूवाए पनि हिम्मत र धैर्यता राखे राम्रो नाफा पनि हुने रहेछ ।”

यो लटमा खर्च ४० लाखजति भएको र २० लाख मात्रै उठाउन सके पनि आफू नआत्तिएको उनले बताए । “अहिले गुमाउनुपरेको २० लाख म अबको लटमा सहजै परिपूर्ति गर्न सक्छु भन्ने आँटले काम गरिरहेको छु,” उनले भने ।

उनले अहिले धमाधम जग्गा तयार पार्ने कार्य पनि सुरू गरेका छन् । खड्काले अब तीन बिघामा करेला, लौका, अढाई बिघामा भेडे र पिरो खुर्सानी, केही जग्गामा बोडी, सिमी र बाँकी जग्गामा फेरि टमाटर रोप्ने योजना सुनाए ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, असार १, २०७८  ११:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro