site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काठमाडौं उपत्यकामा निषेधाज्ञा एकसातादेखि १५ दिनसम्म थप्ने तयारी 

काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा एकसातादेखि १५ दिनसम्म लम्बिने भएको छ । कोरोना संक्रमण घटे पनि संक्रमण हुनसक्ने जोखिम कामयै रहेकाले निषेधाज्ञा थप गरिने उपत्यकाका तीनओटै जिल्ला प्रशासनले जनाएका छन् ।  
यसैबीच, कोरोना महामारी नियन्त्रण गर्न जारी निषेधाज्ञा असारदेखि खुकुलो बनाउने तयारीमा उपत्यकाका तीन प्रशासन कार्यालय जुटेका छन् । काठमाडौं उपत्यकामा कोरोना महामारी रोकथाम गर्न डेढ महिनाभन्दा धेरै समयदेखि निषेधाज्ञा लगाइएको छ । निषेधाज्ञाको मारमा परेका विपन्न, मजदुर, यातायात व्यवसायी, स्थानीय तहले निषेधाज्ञा खुकुलो बनाइ काम गर्ने वातावरण मिलाइदिन माग गर्दै आएका छन् । 

काठमाडौं उपत्यका मेयर फोरमका अध्यक्ष तथा काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यले पनि उपत्यका प्रवेश गर्ने नाकामा कडाइ गरी उपत्यकामा निषेधाज्ञा खुकुलो बनाउँदै लैजानु पर्ने बताएका छन् । ‘‘उपत्यकाको संक्रमणदर घट्दै गएको छ । अब जनजीवनमा सहजीकरण गर्दै लैजानुपर्छ,” मेयर शाक्यले भने, ‘‘उपत्यकाका सवारी आवागमन हुने नाकामा कडाइ गरिनुपर्छ । निषेधाज्ञा एकैपटक नखोली चरणवद्ध रुपमा खुकुलो बनाउँदै लैजानुपर्छ ।”

एकै पटक निषेधाज्ञा खुकुलो पार्दा फेरी संक्रमण फैलिने सक्ने जोखिम रहेकाले गृह मन्त्रालयले तत्काल निषेधाज्ञा हटाउन नहुनेमा जोड दिएको छ । जिल्ला प्रशासन कार्यालय भने निषेधाज्ञा खुकुलो पार्दै जनजीवन सहज बनाउनु पर्नेमा सकारात्मक देखिएका छन् । तर, कुन–कुन क्षेत्रमा खुकुलो बनाउने भन्नेबारे थप निर्णय नभइसकेको र निरन्तर सरोकारवालाहरुसँग छलफलमै रहेको प्रशासनका अधिकारीहरुले बताएका छन् । 

जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाका अनुसार सरोकारवालाहरुसँग परामर्श र संक्रमणको समीक्षा गरी निषेधाज्ञा खुकुलो बनाउने तयारी जारी छ । 

जिल्ला कोभिड संकट व्यवस्थापन समिति (डीसीसीएमसी)ले अझै एक साता काठमाडौं उपत्यकाभित्र निषेधाज्ञा लम्बाउन सुझाव दिइसकेको छ । शुक्रबार बसेको डीसीसीएमसीको बैठकले अझै एक साता निषेधाज्ञा थप गर्ने सुझाव अनुसार एकसाता थप गर्ने तयारी प्रशासनको छ । निषेधाज्ञा लम्ब्याउनेबारे अनौपचारिक निर्णय भइसकेको छ । ‘‘यसकै आधारमा एक साता अथवा थप १० देखि १५ दिन थप हुन सक्छ । अहिले नै यति भनेर भन्न सकिने अवस्था छैन । निषेधाज्ञाको मोडालिटी परिवर्तन गरी कुन क्षेत्रलाई प्राथमिकताका साथ खुकुलो बनाउँदै लैजाने भन्नेबारे निर्णय भइसकेको छैन । छलफल भइरहेको छ,” प्रजिअ निरौलाले भने । 

प्रशासनका अधिकारीको भनाइ अनुसार विकास निर्माणलाई प्राथमिकतामा राखेर सञ्चालन गर्न दिने तयारी छ । जेठ ३१ गतेसम्मको निषेधाज्ञामा बिहान ९ बजेसम्म खाद्यान्न तथा पसल र तरकारी पसल खुल्दै आएका छन् । अब यसलाई केही फेरबदल गरी १० बजेसम्म खुलाउन दिइने छ । 

निजी सवारी साधन जोरबिजोर लागु गरिनेछ । तर, सवारीमा आवतजावतमा पूर्ण स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्नुपर्नेछ । व्यवासायिक गतिविधि लामो समयदेखि ठप्प रहेकाले बजार पसल खुला गर्ने नयाँ नियम जारी हुने मोडालिटी ल्याइनेछ । भाडा पसल, पुस्तकालय, कस्मेटिक्स, फेन्सी पसलहरुका लागि समय तोकिनेछ ।  यस विषयमा आज तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी बसेर औपचारिक निर्णय गर्ने भनिएको छ ।  

‘‘उपत्यकाको निषेधाज्ञा भोलि राति १२ बजे सकिँदैछ । यसर्थ निषेधाज्ञामा यी क्षेत्रमा खुकुलो बनाउने भन्नेबारे आज तीनओटै जिल्लाका प्रमुख जिल्ला अधिकारी बसेर निषेधाज्ञामा औपचारिक निर्णय निकाल्ने छौँ,” प्रजिअ निरौलाले बाह्रखरीसँग भने, ‘‘खेति गर्ने महिना भएकाले यसबारे सहजीकरण गर्ने भन्ने छ । जस अन्तरगत बिउ, मल ढुवानी र स्वास्थ्य मापदण्ड पालना गरी कृषिखेति गर्न दिने भन्ने छ ।” 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शनिबारको उपत्यकाको संक्रमणको तथ्यांक हेर्ने हो भने ५९८ जना संक्रमित थपिएका छन् । प्रजिअ निरौलाका अनुसार उपत्यकाबाट लाखौँ मानिस आफ्नो गृहजिल्ला फर्किए पनि जनसंख्याको चाप धेरै घटेको छैन । त्यसैले पनि तत्कालै निषेधाज्ञा खुलाइ हान्नुपर्ने अवस्था नआइसकेको उनको भनाइ छ । 
‘‘सीमित क्षेत्रमा स्वास्थ्य मापदण्डमा कडाइ गरी निषेधाज्ञा खुकुलो बनाउने तयारी गरेका छौँ । यस विषयमा हामी निरन्तर छलफलमा छौँ,” प्रजिअ निरौलाले भने । 

काठमाडौं उपत्यकाको निषेधाज्ञा खुकुलो हुनेबारे तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बैठक आज बस्दै छ ।  पछिल्लो पटक थप गरिएको निषेधाज्ञा भोलि ३१ गते सोमबार राति १२ बजे सकिँदैछ । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, जेठ ३०, २०७८  ०७:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro