site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चितवनमा गैंडा चोरी शिकारीमा संलग्न एक युवक पक्राउ

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा गैंडा चोरी शिकारीमा संलग्न एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा नवलपुरको गैंडाकोट नगरपालिका–३ ढोडेनीका ३२ वर्षीय सोमा तथा मिनबहादुर गुरुङ भन्ने खड्कबहादुर गुरुङ रहेका छन्  ।

गुरुङलाई निकुञ्ज क्षेत्रमा चालु आर्थिक वर्ष ०७७/०७८ मा मात्रै मा ४ वटा गैंडा चोरी शिकारीमा संलग्न रहेका थिए ।
 
निकुञ्जको लामो समयको प्रयासपछि उनलाई बुधबार पक्राउ परेको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ  । उनलाई निकुञ्जबाट खटिएको चोरी शिकार नियन्त्रण इकाइको विशेष टोली, नेपाली सेना र गैंडाकोट प्रहरीको संयुक्त टोलीले उनलाई पक्राउ गरेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले जानकारी दिए ।

उनी निकुञ्जको आइल्याण्ड क्षेत्रमा गत वर्षको भाद्र १६ र १८ गते भएका गैंडा शिकारीमा हतियार उपलब्ध गराउने र आफैँ सुट गर्ने सुटर भएको अनुसन्धानको क्रममा पत्ता लागेको बरालले बताए । उनको साथबाट बन्दुकमा प्रयोग हुने १२ थान बारुद पोका, बन्दुकको बेयारिंग १५ थान, भरुवा बन्दुक बनाउन प्रयोग हुने रडसमेत बरामद भएको छ ।

गुरुङविरुद्ध जिल्ला अदालत नवलपुरमा २ र जिल्ला अदालत चितवनमा १ गरी गैंडा मार्ने र खाग तस्करीको अभियोगमा ३ वटा मुद्दा दायर छन् । लामो समयदेखि फरार रहेका उनी लगातार गैंडा चोरी शिकारका लागि ६ पटकसम्म निकुञ्जमा प्रवेश गरेको र ४ वटा गैंडा मारेको निकुञ्जका सुचना अधिकारी लोकेन्द्र अधिकारीले जानकारी दिए । उनले आफ्नो स्थायी घर ठेगाना छाडेर लुकिछिपी गैंडा तस्करीमा संलग्न रहेको अधिकारीले बताए ।

चालु आर्थिक वर्षमा गैंडा चोरी शिकारी मुद्दामा २६ जना पक्राउ परेका छन् । पक्राउ परेका मध्ये २२ जना हालसालैका घटनाका तस्करहरू हुन् भने ४ जना फरार प्रतिवादीहरू पक्राउ परेका हुन् ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, जेठ २७, २०७८  २१:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro