site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ७८ प्रतिशत निर्माण सकियो, डिसेम्बरसम्म सम्पन्न होला ?
बन्दै गरेकाे पोखरा अन्तर्राष्ट्रिय विमानस्थल ।

काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य ७८ प्रतिशत सकिएको छ । अहिले टर्मिनल भवनको डेकोरेसन, फिनिसिङको काम भइरहेको छ । हालसम्मको प्रगति र योजनाअनुसार तोकिएकै समयमा आयोजना सम्पन्न हुने आयोजना प्रमुख इन्जिनियर विनेश मुनंकर्मीले बताए । विमानस्थल निर्माणको काम आगामी डिसेम्बरसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको उनले बताए । “अहिलेसम्मको प्रगति हेर्दा डिसेम्बरसम्म निर्माण कार्य सकिन्छ,” उनले भने ।

यसअघि जुन महिनाभित्र आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएको थियो ।

कोभिड १९ का कारण करिब ३ महिना निर्माण कार्य पूर्ण रूपमा काम रोकिएको थियो । चिनियाँ कामदार आफ्नो नयाँ वर्ष मनाउन चीन गएका र सो समयमा चीनमा देखिएको कोरोनाका कारण उतै रोकिएका थिए । पछि उनीहरूलाई नेपाल ल्याएपछि नेपालमा पनि कोरोना संक्रमणका कारण काम रोकिएको थियो । कोरोनाका कारण सीमा नाका बन्द हुँदा निर्माण सामग्री पनि रोकिँदा काम प्रभावित भएको उनले बताए । तर पनि हालसम्मको प्रगति हेर्दा डिसेम्बरसम्म सम्पन्न हुने देखिएको उनकाे भनाइ छ ।

Dabur Nepal

विमानस्थलमा टावरसहित ७ वटा भवन निर्माण सम्पन्न भइसकेको छ । यद्यपि कोरोनाको पहिलो र दोस्रो लहरका कारण विदेशबाट प्रविधि एवम् प्राविधिक ल्याउन नसक्दा आयोजनालाई असर परेको उनले बताए ।

मुनंकर्मीकाअनुसार सबै भवन निर्माणका काम सकिएको छ भने त्यसमा डेकोरेसन एवम् फिनिसिङको काम हुँदै छ । विमानस्थलको धावनमार्गमा लाइट राख्ने काम सकिएको छ भने आवश्यक सडक निर्माणको काम पनि सकिएको छ ।

“आयोजनाको ७८ प्रतिशत काम सकिएको छ । केही महत्वपूर्ण सामान आउन बाँकी छ । त्योसँगै ती सामान जोड्ने प्राविधिक पनि झिकाउनुपर्ने छ,” उनले भने । उनकाअनुसार प्रविधि जडानको काम रोकिएको छ । इन्स्ट्रुमेन्ट ल्यान्डिङ सिस्टम, मेकानिकल इन्स्ट्रुमेन्टलगायतका प्रविधि जडानको काम बाँकी रहेको उनले जानकारी दिए ।

आयोजनाले कोरोना महामारीको दोस्रो लहरका कारण युरोप, अमेरिका, चीनबाट ल्याउनुपर्ने महत्वपूर्ण प्रविधि एवम् प्राविधिक ल्याउन सकिरहेको छैन । यी प्रविधि र प्राविधिक ल्याउन कोभिड-१९ को पहिलो चरणकै समयमा ल्याउन खोजिएको भएपनि सफल भएको थिएन । “पहिलो लहरले पनि असर पारेको थियो । अहिले फेरि पनि असर पारेको छ । निषेधाज्ञा हुँदा कम कर्मचारीबाट मात्रै काम भइरहेको छ,” उनले भने ।

कोरोनाको पहिलो लहरका बेला चीनबाट कामदार ल्याउन कठिनाइ भोगेको आयोजनामा अहिले १ सय ८८ जना चिनियाँ कामदारले काम गरिरहेका छन् । यस्तै १५० जना नेपाली कामदार छन् । “कोभिडको दोस्रो लहर सुरु हुनुभन्दा अगाडि ७ सय जनाले काम गरेका थिए । अहिले चिनियाँ १८८ जना र नेपाली १५० जना मात्र छन् । आधा भन्दा बढी श्रमशक्ति घटेको अवस्था छ । त्यसले गर्दा पनि असर गरेको छ,” उनले भने ।  

नेपालमा फैलिएको काेराेनाकाे दोस्रो लहरका कारण विदेशबाट प्राविधिकहरू आउन डराइरहेको उनले बताए । विदेशबाट ल्याउनुपर्ने प्रविधिसहित प्राविधिक पनि आएको तीन महिनाभित्र सबै प्रविधि जडान गर्ने काम सकिने उनले बताए । तर, कोभिडको असर कहिलेसम्म पर्छ भन्ने अन्यौल यथावत् छ ।

उनका अनुसार प्रविधि जडानसहित विमानस्थल सञ्चालन योग्य बनाइसकेपछि पनि विमानस्थल सञ्चालनका लागि थप ३ महिनाजति लाग्छ । “एयरलाइन्सको कार्यालय सेटअप, टेकेटिङ, अध्यागमन, भन्सार कार्यालयलगायत सेटअपका लागि थप २-३ महिना लाग्छ,” उनले भने ।

विमानस्थलमा ११ वटा जहाज पार्किङ गर्न सकिन्छ । यसमध्ये तीनवटा अन्तर्राष्ट्रिय, ४ वटा एटीआर प्रकारका जहाज र ४ वटा ट्विनअटर जहाज पार्किङ गर्न सकिने आयोजना प्रमुख मुनंकर्मीले बताए । “अन्तर्राष्ट्रियतर्फ पनि ‘सी’ प्रकारका विमान १ र ‘डी’ प्रकारका २ वटा विमान पार्किङ गर्न सकिन्छ,” उनले भने । आन्तरिकतर्फ दैनिक ४८ उडान र अवतरण एवम् अन्तर्राष्ट्रियतर्फ ६ वटा उडान र अवतरण हुने छ । 'पिक आवर'मा ८ वटासम्म अन्तर्राष्ट्रिय उडान र अवतरण हुने उनले बताए ।

करिब ३९ सय रोपनी क्षेत्रफलमा फैलिएको विमानस्थलको लागत करिब २२ अर्ब रुपैयाँ रहेकाे छ । यो विमानस्थलबाट वार्षिक करिब ८ लाख यात्रुलाई सेवा लिने अपेक्षा गरिएकाे छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ २६, २०७८  १९:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro