site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रदेशको नीतिमा दाङमा के–के पर्‍यो ?
फाइल तस्बिर ।

दाङ । लुम्बिनी प्रदेश सरकारले मंगलबार नयाँ नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

प्रदेशको नीतिअनुसार दाङमा थारु संस्कृति संरक्षणका लागि बडघर बन्ने, राप्ती प्राविधिक शिक्षालयलाई गढवा गाउँपालिकामा स्थानान्तरण गरी थप पूर्वाधारको व्यवस्था, विकास तथा व्यवस्थापन गरिने, दाङमा विशेष पूर्वाधार निर्माण गरी नमुना विद्यालय निर्माण गरिने, दाङको लक्ष्मीपुरमा औद्योगिक क्षेत्र निर्माणको प्रक्रिया अघि बढाइने भएको छ ।

यस्तै, दाङको छिल्लीकोटमा मात्रै पाइने मालागिरीलाई लुम्बिनी प्रदेशको मुख्य चिनारीका रुपमा लिइने, प्रदेश राजधानी रहेको दाङको भालुवाङमा निजामती अस्पताल, कर्मचारीका छोराछोरीले अध्ययन गर्नका लागि निजामती विद्यालय, कर्मचारी आवासको व्यवस्थापन गरिने, नेत्रलाल अभागी रंगशालालाई प्रदेशको गौरवको आयोजनाका रुपमा विकास गरिने, उक्त रंगशाला दक्षिण एसियाली खेलकुद (साग)स्तरमा विकास गरिने, राप्ती प्रादेशिक अस्पताललाई प्रदेशको गौरवको आयोजनाका रुपमा समावेश गरिने नीति अघि सारिएको छ ।

प्रदेश प्रमुख धर्मनाथ यादवले आगामी आर्थिक वर्ष २०७८/०७९ को लागि प्रदेशको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राप्ती आयुर्वेद चिकित्साललाई नमुना चिकित्सालयका रुपमा विकास गर्दै प्रदेशको लागि आवश्यक आयुर्वेद उत्पादनको रुपमा विकास गरिने, भालुवाङमा सुविधासम्पन्न अस्पताल निर्माण गरिने, लमहीमा आधुनिकस्तरको ट्रमा सेन्टर स्थापना गरिने बताए ।

तर, दाङका लागि यी नीति नयाँ होइनन् । दाङका लागि यो सन्तोषजनक नभएको भन्दै सामाजिक सञ्जालमा आलोचना हुने गरेको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, जेठ २६, २०७८  १३:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro