site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जनजीवन सहज हुनेगरी असारदेखि निषेधाज्ञालाई खुकुलो बनाउने तयारी
फाइल तस्बिर

काठमाडौं । नेपालमा दोस्रो लहरको कोरोना संक्रमण चरणबद्ध बटिरहेको समीक्षा गर्दै सरकार असारदेखि निषेधाज्ञा खुकुलो गर्ने गृहकार्यमा जुटेको छ । देशभर संक्रमण न्यूनीकरणको समीक्षा भइरहेको र असारदेखि जनजीवन सहज बनाउनेगरी तयारी थालेको गृह मन्त्रालयले जनाएको छ  । 

गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले नेपालभरका जिल्ला जिल्लाको रिपोर्ट लिने क्रममा रहेको बताए । ‘‘यसअघि कडा निषेधाज्ञा जारी गरिएको थियो । जेठ ३१ गतेसम्म केही खुकुलो गरी निषेधाज्ञा जारी गरिएको छ । असारदेखिको निषेधाज्ञा भने जनजीवन सहज बनाउनेगरी गृहकार्य थालेका छौँ । देशभरको संक्रमणको रिपोर्ट आएपछि त्यसको आधारमा आवश्यक निर्णय लिने छौँ,” दाहालले बाह्रखरीसँग भने ।  

प्रत्येक जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निषेधाज्ञा जारी गर्ने हटाउने अधिकार सरकारले दिएको छ । त्यसकै आधारमा गृह मन्त्रालयले आवश्यक निर्देशनको काम अघि बढाएको छ । 

दोस्रो लहरको कोरोना महामारी रोकथाम र नियन्त्रण गर्न जारी गरिएको निषेधाज्ञाको डेढ महिना भएको छ । यस अवधीमा कोरोना परीक्षणको दायरा पनि बढाइएको छ । जसका कारण पछिल्लो समय नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्यामा वृद्धि भइरहेको छ । मृत्युदर पनि कम हुँदै गएको छ । 

 गृहका प्रवक्ता दाहालले संक्रमणको जोखिम कायमै रहेकाले निषेधाज्ञा खुकुलो पारेर जारी नै राखिने जानकारी दिए । संक्रमणदर हेर्दै आवश्यकता अनुसार निषेधाज्ञा खुकुलो पार्दै लगिने उनको भनाइ छ । 

असारदेखिको निषेधाज्ञामा कार्यक्रम, तालिम, सेमिनार, सिनेमा हल, डान्सबार, दोहोरी, नाचघर, क्लव, पार्टी प्यालेस, स्विमिङ पुल, सपिङ मल, मनोरञ्जनस्थल खोल्न रोक लगाइने छ । साथै सैलुन, ब्युटी पार्लर, हेल्थ क्लब, फुटसल, जिमखाना पुस्तकालय, म्युजियम, चिडियाखाना खोलिने छैनन् । साथै खेलकुद पनि हुने छैन ।
    
प्रवक्ता दाहालका अनुसार कृषिको मौसम आएकाले कृषिलाई प्राथमिकतामा राखिनेछ । ‘‘स्वास्थ्य मापदण्डमा कडाइ गरी बर्खाको समयमा कृषि पेशालाई प्राथमिकतामा राखिने योजना छ । साथै विकास निर्माण र विकास निर्माणका सामग्री ओसारप्रसार गर्न सहजीकरण गरिनेछ,” दाहालले भने, ‘‘निषेधाज्ञाकै कारणले गर्दा कोरोना संक्रमण नियन्त्रण हुने अवस्थामा पुगेको छ । निषेधाज्ञा खुकुलो भयो भन्दैमा बेवास्ता गर्नुपर्ने स्थिति छैन । त्यसैले पनि निषेधाज्ञा खुलाइ हाल्नुपर्ने अवस्था आइसकेको छैन् ।” 

जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीले जेठ अन्तिम साताको निषेधाज्ञाको संक्रमणदरको समीक्षा गरी निषेधाज्ञाको मोडालिटी तय गरिने बताए ।

‘‘पछिल्लो समय जारी गरिएको निषेधाज्ञामा केही खुकुलो मोडालिटी राखेका छौँ । यो समयमा सडकमा सवारी चाप र भिडभाड बढेको छ । यसलाई पनि मध्येनजर गर्दै संक्रमणदर हेरिरहेका छौँ । कोरोना संक्रमणको जोखिम कायमै रहेकाले अहिले नै निषेधाज्ञा बेवास्ता गर्दै हिँडडुल गरिहाल्नुपर्ने अवस्था आएको छैन्,” पराजुलीले भने, ‘‘कर तिर्ने समय पनि आएको छ । असारदेखिको निषेधाज्ञामा कसरी व्यवस्थित र प्रभावकारी बनाएर जनजीवन सहज बनाउने भन्नेबारे हामी गृहकार्यमा जुटेका छौँ । कम्तीमा पनि अझै एक महिना जति निषेधाज्ञालाई बेवास्ता नगर्न आग्रह छ ।”

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, जेठ २५, २०७८  १९:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro