site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जिल्ला अस्पताल नपुग्दै बीच बाटोमै ज्यान गुमाउन बाध्य छन् हुम्लाका कोरोना संक्रमित
सांकेतिक तस्बिर
SkywellSkywell

काठमाडौं । कोरोना संक्रमणका कारण हुम्लामा दोस्रो पटक एकजना पुरुषको मृत्यु भएको छ । कोरोना संक्रमणका कारण संर्केगाड गाउँपालिका वडा नम्बर २ रिपका टोप्ले बिकको मृत्यु भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

संक्रमितको उपचार गाउँमा सम्भव नभएकाले जिल्ला अस्पताल हुम्ला सिमिकोट लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । 

KFC Island Ad
NIC Asia

जिल्ला प्रशासन कार्यालय हुम्लाका प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले सर्केगाड गाउँपालिकाको स्वास्थ्य चौकीमा उपचार गर्न सम्भव नभएपछि जिल्ला अस्पताल लैजाने क्रममा बिकको मृत्यु भएको जानकारी दिए । उनकाअनुसार उपचार गर्न स्टेचरमा बोकेर जिल्ला अस्पताल सिमकोट लैजाने क्रममा सर्केगाड गाउँपालिका दुल्ली कुनामा मृत्यु भएको हो । 

अहिले उनको शव कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा छलफल भइरहेको उनले बताए । ‘‘उनको शवको व्यवस्थापन आफन्तले नै गर्ने कि नेपाली सेनाले भन्ने बिषयमा छलफल भइरहेको छ । यसका लागि सर्केगाड गाउँपालिकाका अध्यक्ष कृष्ण रोकायासँग समन्वय भइरहेको छ । शव व्यवस्थापनको लागि सेना घटनास्थलमा पुग्न दुईदिन लाग्नेछ,” प्रजिअ आचार्यले भने ।

Royal Enfield Island Ad

एकसाता अघि बिकमा कोरोना पुष्टि भएको थियो । उनी दमबाट ग्रसित थिए । सर्केगाड गाउँपालिकाका अध्यक्ष करुण रोकायाका अनुसार सर्केगाडको स्वास्थ्य चौकीमा उपचार सम्भव नभएको जानकारी दिए । उनले सवारी साधन चल्ने बाटो नहुँदा संक्रमितले बिच बाटोमै ज्यान गुमाएको बताए । 

हुम्ला प्रहरी प्रमुख डिएसपी हेरम्भ शर्माले बिकलाई उपचारका लागि हेलिकप्टरको व्यवस्था मिलाउन खोजेको तर रकम अपुग भएकाले व्यवस्था गर्न नसकिएको बताए । उनकाअनुुसार हेलिकप्टरबाट लैजान रकमको जोहो हुन नसक्दा स्टेचरमै जिल्ला अस्पताल हुम्ला लैजान खोज्दा मृत्यु भएको हो । ‘‘हेलिकप्टरका लागि धेरै प्रयास भएको हो । तर ९ लाख ५० हजार रकम पहिला जम्मा नगरे हेलिकप्टर आउन नमान्ने अवस्था आयो,” उनले भने । 

यसअघि कर्णाली प्रदेशले हुम्ला, मुगु, डोल्पा लगायतका जिल्लामा  कोरोना संक्रमितलाई गम्भीर समस्या आए हेलिकप्टरद्वारा उद्धार गरेर उपचार गरिने घोषणा गरेको थियो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र सुर्खेत अस्पतालमा उपचार गर्नेगरी उक्त घोषणा गरेको थियो । 

अहिले गाउँपालिका र प्रदेश सरकार संक्रमितको उपचार गर्न छुट्याइएको रकम कागजमै सीमित देखिएको छ । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ २०, २०७८  १८:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro