site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जो निषेधाज्ञामा छाडा गाईबाछा संरक्षणमा व्यस्त छन् 

काठमाडौं । निषेधाज्ञाकैबीच केही सामाजिक अभियन्ताहरू असहाय छाडा गाईबाच्छा संरक्षणमा व्यस्त देखिएका छन् । मनकारीले यसरी गाईबाच्छा संरक्षण गर्दै आएको दुई वष बितिसक्यो । सामाजिक अभियन्ताले पशुपति क्षेत्र विकास कोष गोठाटारमा र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उत्तरतिरको खाली चौरमा अस्थायी गोठ बनाएर गाईबाछा संरक्षण गर्दै आएका छन् । 

यतिखेर देशभरका सबैजसो जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । सडक सबै खाली छन् । विषेशगरी काठमाडौं उपत्यकाको निषेधाज्ञालाई विभिन्न प्रावधानसहित कडाइ गरिएको छ । काठमाडौं जस्तो ठाउँमा यस्तो अवस्थामा सामाजिक अभियन्ता तथा वाग्मती सफाइ अभियन्ता खटेर छाडा गाईबाछालाई घाँसपात र आवास दिइरहेका छन् ।

वाग्मती सफाइ अभियन्ता तथा असहाय गाईबाछा संरक्षण अभियानका कोषाध्यक्ष भगवान पुडासैनी बिहानैदेखि ती असहाय गाईबाछाहरूलाई घाँसपात, पानी, पिठो लगायताका व्यवस्थापन गरिरहेको बताउँछन् । ‘‘किसानले आजभालि आफ्नो धर्म बिर्सिसकेका छन् । गाईबाछालाई दुधको लोभले र बाछाहरूलाई पालेर कुनै फाइदा नहुने भएकाले छोड्ने प्रवृत्ति हाबी हुँदै गएको छ । स्थानीय तहले पनि व्यवस्थापन गर्दैनन् । त्यसैले दैनिक यिनीहरूकै सेवामा खटिरहेको छु,” भगवानले भने । 

भगवान दैनिक बिहान ६ बजे उठेर एयरपोर्ट छेउको गोठतिर लाग्छन् । पहिलो गोठको काम सकेर अर्को गोठमा पनि दैनिकजसो गाईबाछाहरूको हेरचाह गर्न जाने गर्छन् । निषधाज्ञाको समयमा गाईबाछाहरूलाई आधुनिक गोठ बनाउन लागिएकाले अभियान्ताहरू दिउँसोको समयमा पनि गोठमा आफूले सकेको काम गर्ने गरेका छन् । गाईबाछा संरक्षणमा वाग्मती सफाईका अभियन्तारू र अन्य समाजसेवी जोडिएका छन् । ती अभियन्ताको सहयोगले गाईबाछा संरक्षणमा टेवा पुगिरहेको छ । अहिले उनीहरूले यो अभियानलाई “असहाय गाईबाछा सरक्षण अभियान” को नाम राखका छन् । 

भगवानकाअनुसार गाईबाछा संरक्षण अभियानमा करिब १०० भन्दा बढी अभियन्ताहरू जोडिएका छन् । अहिले गोठाटार, एयरपोटगरी दुई ठाउँमा अभियन्ताहरूले गोठमा रहेको असहाय तथा सडकमा छाडिएका गाईबाछाको संरक्षण गर्दै आएका छन् । ‘‘किसानले आफ्नो धर्म बिर्सेर सडक र वाग्मतीको किनारामा गाईबाछाहरू छोड्ने गर्छन् । तिनीहरूको दैनिकजसो देखिने बिजोक अवस्था, पानी खाना नपाएर मरेको, कुकुरको आक्रमणले मारिएका बाछाहरूको दयनीय अवस्था देखेर नै यो अभियान सुरु गरेर खटिनु परेको हो । त्यसैले हामी निषेधाज्ञाको समयमा पनि निरन्तर गाईबाछा संरक्षणमा खटिएका छौँ । यति गर्दा पनि सडकमा गाईबाछा उत्तिकै देखिन्छन्,” भगवानले बाह्रखरीसँग भने । 

गाईबाच्छा संरक्षण अभियानका अध्यक्ष हुन उत्तम पुडासैनी । उनी पनि भगवानसँगै दैनिक गोठमा पुग्छन् । अध्यक्ष पुडासैनी बाह्रखरीसँग कुरा गरिरहँदा गाईबाछालाई गोठबाट निकाल्दै थिए । ‘‘मैले गर्दा गाईबाछाले खाना पाउँछ भने किन पछि हट्ने ? गाईपालन गरेका किसानको नियत खराब हुँदै गयो । किसानले बाछा जन्मिए सडकमा छाड्छन् । बाच्छी जन्मिए मात्रै पाल्छन्,”अध्यक्ष पुडासैनीले भने, ‘‘न त स्थानीय तहले वास्ता गर्छन् न त किसानले नै । त्यसैले हामीले गाईबाछा संरक्षण अभियान थालेका हौँ । निषेधाज्ञामा भएको समयमा हामी यी गाईबाछा संरक्षणमै व्यस्त छौँ ।”

अध्यक्ष पुडासैनीका अनुसार निषेधाज्ञाको समयमा पनि बिहान बेलुकी जोरपाटीदेखि २ वटा गोठमा पुगेर गाईबाछाहरूलाई आवश्यक खाद्यान्न लगायतको व्यवस्था गर्ने गरिएको छ । 
 
हाल यहाँ करिब डेढ सयजति गाईबाछा छन् । ‘‘हामीले यी गाईबाछालाई दैनिक घाँसपात, बिरामीलाई उपचार हेरचाह र आवासको व्यवस्थापन गरेका छौँ । हाम्रो उदेश्य भनेको राष्ट्रिय जनावरको अपमान नहोस् भन्ने हो । निषेधाज्ञाको समयमा गाईबाच्छा हराउने गर्छन् । कोहीकोही त निषेधाज्ञामा यिनीहरूलाई मारेर मासु पनि विक्री गर्दा रहेछन् । आजकाल सडकमा गाईबाछाहरू तपाईं कम देख्नुहुन्छ, कारण हामीले उद्धार गरेर ल्याएका छौँ । अरू यो लकडाउन र निषधाज्ञामा अपराधिक मानसिकता भएकाहरूले काटेर खाएका छन्,” उनले भने, ‘‘त्यसैले पनि निषेधाज्ञाको समयमा झन चनाखो भएर यिनीहरूसँगै बस्नुपर्छ ।” 

गोठमा रहेका बिरामी, असहाय, बाछाहरूका लागि उनीहरूले आफ्ना साथीभाई, सहयोगी दाताहरूलाई आफ्नो जन्मदिन तथा कुनै शुभकार्यको सुरुवात यिनीहरूसँग आएर मनाइदिन आग्रह गर्ने गर्छन् । “उहाँहरू आउनुहुन्छ उनीहरूले जेजति सहयोग दिनुहुन्छ तेहीबाट नै यो संरक्षण अभियान चलिरहेको छ । बर्खाको समयमा घाँस हुन्छ । घाँसको बन्दोवस्त मिलाउँछौँ । हिउँदको समयमा कुँडो पकारएर खुवाउँछौँ,” उनल भने ।


यस्तै अर्का गाईबाच्छा संरक्षण अभियन्ता हुन विकास थापा । जो नयाँ बानेश्वरबाट दैनिक गोठमा आइुग्छन् । उनी बिहान आएर गोठमा गाईबाछाको हेरचाह गर्ने सरसफाइ गर्ने लगायतका काम गर्छन् । ‘‘जाडो महिनामा सबै गाईबाछालाई पाँच छ चोटी कुँडो पकाउँनुपर्छ,” थापाले भने, ‘‘यसका लागि हामीकहाँ गाईबाछालाई भनेर जन्मदिन, मृत्युसस्कारको बेलामा कोहि मनकारी आउँने गर्छन् । अरूबेलामा गाईबाछा संरक्षण अभियान्ताबाटै हुने गरेको छ ।”

उनीहरूले आफूले सेवा दिएका गाईबाछाका तस्बिर सामाजिक सञ्जालमा पोस्ट गर्छन् । किसान र सम्बन्धित निकायलाई सुनाउँछन् । तर, पनि सडकमा गाईबाछाहरू उत्तिकै देखिने गरेको उनीहरू बताउँछन् ।

यस अभियानमा अरू अभियान्ताहरूको साथ छ । ईश्वर पुडासैनी, नानीकाजी गिरी, रामहरि थापा, दिपक पुडासैनी र माया भट्टराई । जो दैनिक यिनै असहाय गाईबाछाको सेवामा लागिपरेका छन् । 

२०७६ सालदेखि सञ्चालनमा आएको गाईबाछा संरक्षण अभियान शान्ति समाज, वाग्मती सफाइ अभियान र अन्य अभियन्ता जोडिएका छन्  ।उनीहरूले गाईबाच्छा संरक्षणसँगै बेरोजगार, मजदुर, असहाय, मनोरोगी, छाडा पशु चौपायालाई सहयोग गर्दै आएका छन् । साथै अभियन्ताहरूले सरकारले गरेका नराम्रा कामको विरोध पनि गर्दै आएका छन् । 

गाईबाच्छा संरक्षण अभियानले बनाएका गोठ पशुपति क्षेत्र विकास कोेषको जग्गा र एयरपोर्ट पछाडिको वाग्मती किनाराको सार्वजनिक जग्गामा अवस्थित छ । 
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, जेठ १९, २०७८  २०:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro