site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
प्रदेश–२ मा बजेटको आकार घट्ने, कोरोनाकेन्द्रित रहने 
SkywellSkywell

जनकपुरधाम । प्रदेश नम्बर–२ मा आगामी आर्थिक वर्षको बजेट बनाउन सरकारी अधिकारीहरु व्यस्त छन् । आर्थिक वर्ष ०७८/७९ को बजेटको तयारी भइरहेको हो ।

आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव काशीराज दहालले बजेटको आकार घट्न सक्ने आँकलन गरे । बन्दाबन्दीले राजस्व संकलनमा गिरावट आएको र केन्द्रमै सरकारले बजेट घटाएर ल्याएको हुनाले प्रदेशमा पनि बजेटको अकार घट्ने उनको भनाइ छ ।

KFC Island Ad
NIC Asia

“लक्ष्यानुसार राजस्व संकलन हुनसकेको छैन,” उनले भने, “केन्द्रमा पनि सरकारले बजेटको आकार घटाएको छ । त्यसकारण यहाँ पनि बजेटको आकार घट्न सक्छ ।”

आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादव बजेट चालु वर्षकै हाराहारीमा आउन सक्ने बताउँछन् । ‘आन्तरिक ऋण असुलीको अवस्था हेरेर मात्र बजेटको आकार फाइनल हुनेछ,” उनले भने, “बजेट ठ्याक्कै फाइनल त भएको छैन । तर, आकार बढ्ने स्थिति कमै देखिन्छ ।”

कोरोना महामारी नियन्त्रण एवं व्यवस्थापनमा केन्द्रित रहेर बजेट ल्याउने तयारी भइरहेको उनले बताए । विकास निर्माणको बजेट विगतभन्दा कम आउने भन्दै स्वास्थ्य, शिक्षा, कृषि र रोजगारीलाई प्राथमिकतामा राखिएको उनले जानकारी दिए ।

नीति तथा योजना आयोगका उपाध्यक्ष भोगेन्द्र झाले जेठ अन्तिम साता नीति तथा कार्यक्रम ल्याउने तयारी भइरहेको बताए । बजेटमा हरेक पक्षलाई समेटन युद्धस्तरमा काम भइरहेको भन्दै प्रदेशसभामा बजेट अधिवेशनको पहिलो बैठकमै नीति तथा कार्यक्रम प्रस्तुत हुने उनले जानकारी दिए ।

नीति तथा कार्यक्रममा आर्थिक, सामाजिक र स्वास्थ्यजस्ता विषयमा महत्तवपूर्ण योजना समावेश गरिएको जनाइएको छ । विकास निर्माणमा आधारित भएर बजेट नबन्ने र बजेटको आकार घट्ने झाको भनाइ छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ १९, २०७८  १७:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
किन नहोस् त देश बर्बाद !
किन नहोस् त देश बर्बाद !
SubisuSubisu
Hamro patroHamro patro