site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काठमाडौं उपत्यकामा १० दिन निषेधाज्ञा लम्ब्याउने तयारी, यी क्षेत्रमा हुँदैछ खुकुलाे
SkywellSkywell

काठमाडौं । काठमाडौं उपत्यकाको निषेधाज्ञालाई सीमित क्षेत्र खुकुलो बनाएर १० दिन लम्ब्याउने तयारी गरिएको छ । 
आज तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीबीच भएकाे बैठकले पछिल्लो कोरोना संक्रमणको अवस्थाबारे समिक्षा गर्दै एकसातादेखि बन्द रहेका खाद्यान्न पसल लगायतका प्रावधानमा खुकुलो गरी निषेधाज्ञा लम्ब्याउनेबारे छलफल गरेको हो ।

पछिल्लो केही दिनयता देशभरको संक्रमणदर ओरालो लागेको स्वास्थ्य मन्त्रालयको तथ्यांकले देखाएको छ । संक्रमितको संख्या कमी आएसँगै परीक्षणको दरमा पनि कमी आएको मन्त्रालयको भनाइ छ । 

त्यसैले संक्रमितको संख्या घट्दा काठमाडौं उपत्यकाको निषेधाज्ञाको प्रावधान परिवर्तन गरिएकाे छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले खाद्यान्न पसल खोल्न दिने प्रावधान लगायत १० दिन थप निषेधाज्ञा लब्याउने निर्णयको आदेश भोलि १० बजेभित्र सार्वजनिक गरिने जानकारी दिए । 

KFC Island Ad
NIC Asia

फेरबदल भएको प्रावधान बमोजिम अब खाद्यान्न, किराना पसल, डिपार्टमेन्ट स्टोर, अनलाइन डेलिभरी बिहान १० बजेसम्म खुल्न दिइने उनले बताए । ढुवानी सवारी साधन राति ९ बजेदेखि बिहान ४ बजेसम्म सञ्चालन गर्न पाउने निर्णय भएको छ । अनिवार्य स्वास्थ्य मापदण्ड पालना गरेर बिहान १० बजेसम्म वर्कसप  पनि सञ्चालन गर्न पाइनेछ । 

पराजुलीकाअनुसार बिहानको समयमा काठमाडौं उपत्यकामा खाद्यान्न पसल खोल्न दिइने छ । ‘‘आज जारी गर्ने भनेको आदेश भोलि जारी गर्ने भएका छौँं । अहिले छलफलको चरणमै छौँ । भोलिसम्म केही प्रावधानहरू फेरबदल हुन सक्छन्,” प्रजिअ पराजुलीले भने ।

Royal Enfield Island Ad

खाद्यान्न तथा निर्माण लगायत केही क्षेत्रमा खुकुलो बनाएर निषेधाज्ञा जारी राख्ने निर्णय प्रमुख जिल्ला अधिकारीले जनाएका छन् । 

काठमाडौं उत्यकाभित्र कोरोना संक्रमणदर बढ्दै जाँदा वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गरिएको छ । पहिलो पटक साता दिन निषेधाज्ञा थप गरिएको थियो । सरकारले निषेधाज्ञा उल्लङ्घन गर्नेलाई एकवर्ष कैद र पाँच लाखसम्म जरिबाना तिराउने गरी अध्यादेश जारी गरेको थियो ।

त्यसपछि वैशाख २२ गतेपछि दुईसाताका लागि थप गरिएको थियो । त्यसपछि थप एक साता कडा कारबाही सहितको निषेधाज्ञा जारी गरिएको थियो । त्यस्तै यसपटक भने खुुकुलो प्रावधानसहित एक साता निषेधाज्ञा लम्ब्याउने तयारी गरिएको छ । 

काठमाडौं उपत्यकाभित्रका तीन वटै प्रमुख जिल्ला अधिकारीले पछिल्लोपटक थप गरेको निषेधाज्ञाको समय जेठ २० गत राति १२ बजे सकिँदैछ । काठमाडौं उपत्यका लगायत देशभरका ७५ जिल्लामा निषेधाज्ञा जारी  छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ १८, २०७८  १८:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro