site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काठमाडौंमा कोरोना संक्रमण रोक्न के गर्दैछ सरकार ? के अब जनजीवन सहज होला ?
फाइल तस्बिर
SkywellSkywell

काठमाडौं । काठमाडौं उपत्यकामा गत वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी छ । निषेधाज्ञाकैबीच संक्रमण रोक्न सरकारले तयारी नगर्दा सबैजसो अस्पतालहरू संक्रमितले भरिभराउ भए । करिब दुईसाता उपत्यकावासीका लागि कष्टकर भयो । अहिले संक्रमणदर घट्दो छ । संक्रमणदर घटेपनि ढुक्क भएर बस्ने अवस्था भने आइसकेको छैन । 

काठमाडौं उपत्यकाका स्थानीय तहले संक्रमण रोकथाम गर्न बल्ल–बल्ल सक्रियता बढाएका छन् । अब जेठ २० गतेपछि निषेधाज्ञा केही सहज बन्ने भएपछि राजधानीवासीको जीवनशैलीमा केही सहजता हुने देखिएको छ । बेड, आइसोलेसन, खोप, परीक्षण, भेन्टिलेटर र अस्पतालहरूलाई आर्थिक सहयोग गरिहेका छन् । अहिले उपचार गर्न केही सहज भइरहेको छ । 

बृहत् निशुल्क पीसीआर परीक्षण
काठमाडाैं महानगरपालिकाले निशुल्क बृहत् पीसीआर परीक्षण गरिरहेको छ । महानगरभित्र ४४ हजार बढीले निःशुल्क पीसीआर जाँचको सुविधा लिइसकेको महानगरपालिकाले जनाएकोे छ ।

KFC Island Ad
NIC Asia

‘‘कोभिड–१९ को संक्रमणको परीक्षण बढाउन महानगरपालिकाको ३२ वटै वडामा केन्द्र तोकी पीसीआर सँगै स्वास्थ्य सेवा विभागको समन्वयमा समुदायस्तरमा एन्टिजेन परीक्षण सञ्चालन गरेका छौँ,” महानगरका मेयर विद्यासुन्दर शाक्यले भने, ‘‘पाँच दिनसम्म सञ्चालन हुने यो कार्यक्रममा कोभिड बिरामीको प्रत्यक्ष सम्पर्कमा रहेका, अग्रमोर्चामा रहेर काम गर्ने व्यक्ति, कोभिडको लक्षण देखिए पनि परीक्षण नगरेका व्यक्तिहरूलाई केन्द्रमा राखिएको छ ।” 

खोपमा जोड
कोभिड नियन्त्रणका लागि सबैभन्दा प्रभावकारी माध्यम बनेको खोप सेवा नेपाल सरकारको निर्देशन अनुसार ६५ वर्षमाथिका करिब ६६ हजार जेष्ठ नागरिकलाई कोभिशिल्ड खोप, १८ देखि ५९ वर्ष समूहका १ लाख ३० हजारलाई भेरोसेल खोपको पहिलो डोज र १ लाखलाई दोस्रो डोज महानगरपालिकाकै व्यवस्थापनमा लगाउने कार्य सम्पन्न भइसकेको छ । 

Royal Enfield Island Ad

‘‘जनचेतना अभिवृद्धिका लागि ४ वटा शिविरमार्पmत २४ हजारलाई प्रत्यक्ष सेवा दिइरहेका छौँ  । जात्रापर्वमा घुम्ती स्वास्थ्य शिविर सञ्चालन गरिएको र ५ वटा गाडीमार्फत टोल–टोलमा माइकिङ गरी स्वास्थ्य मापदण्डको पालना गराउन जनचेतना अभिवृद्धि गर्ने काम गरिहेका छौँ,” मेयर शाक्यले भने । 

नेपाललाई कोरोना खोप सहयोग गर्न राष्ट्रपति भण्डारीद्वारा पहल 
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाललाई खोप सहयोग गर्न अमेरिकालाई पत्र पठाएकी छिन् । राष्ट्रपति भण्डारीले अमेरिकी समकक्षी राष्ट्रपति जो बाइडेनलाई पत्र लेखी कोरोना भाइरसविरुद्धको खोप नेपाललाई सहयोग गर्न अनुरोध गरेकी हुन । 

भारतीय समकक्षी रामनाथ कोविन्दलाई भारतबाट नेपालमा खोप ल्याउन सहयोग गरिदिन राष्ट्रपति भण्डारीले यसअघि पत्राचार गरेकी थिइन् । चिनियाँ राष्ट्रपति सी चिनफिङसँग पनि राष्ट्रपति भण्डारीले टेलिफोनमा संवादमार्फत खोप सहयोग गर्न भनेकी थिइन् । राष्ट्रपछि भण्डारीको टेलिफोन संवादपछि चिनियाँ राष्ट्रपति चिनफिङले नेपाललाई थप १० लाख डोज कोरोनाविरुद्धको खोप अनुदानमा दिने घोषणा गरेका थिए । 

खोप खरिदका लागि २६ अर्ब ७५ करोड बजेट विनियोजन 
सरकारले कोरोनाविरुद्ध खोप खरिदका लागि २६ अर्ब ७५ करोड बजेट विनियोजन गरिसकेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शनिबार सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटमा सबै नेपाली नागरिकलाई निःशुल्क खोप उपलब्ध गराउने गरी बजेट विनियोजन गरेका बताएका थिए । 

छ देशसँग खोप खरिद प्रक्रिया अघि बढ्यो : स्वास्थ्य मन्त्रालय 
स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता डा. समीरकुमार अधिकारीले चीन र भारतसहित थप चार वटा देशबाट खोप खरिद प्रक्रिया अघि बढाइएको जानकारी दिए । डा. अधिकारीले नर्बे, रुस, बेलायत र अमेरिकासँग खोप खरिदबारे छलफल सुरु गरेको बताए । 

‘‘चीन र भारतबाट ३२ लाख ४८ हजार डोज खोप ल्याएर लगाइसकेका छौँ । कोरोना संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी सञ्चारकर्मी लगायतका फ्रन्टलाइनमा खटिनेलाई पहिलो प्राथमिकतामा राखेर लगाइएको छ,” डा. अधिकारीले भने । 

तत्काल खोप उपलब्ध हुनेगरी ६ वटा देशसँग खोप खरिद प्रक्रिया अघि बढेको मन्त्रालयले जनाएको छ । 

२० वटा एम्बुलेन्समार्फत निशुल्क सेवा 
काठमाडौं महानगरपालिकाले संक्रमित र नन संक्रमितका लागि २० वटा एम्बुलेन्समार्फत निशुल्क सेवा दिइरहेको छ । जसबाट हालसम्म २२ हजार कोभिड संक्रमित बिरामी र १२ हजार नन् कोभिड बिरामीहरूले सेवा लिइसकेका छन् ।

कोभिड विशेष अस्पताल र ३०९ बेडको आइसोलेसन सञ्चालन 
महानगरपालिकाले विशेष कोभिड अस्पताल र आइसोलेसन सेन्टर सञ्चालनमा ल्याएको छ । अक्सिजनकै कारणले निषेधाज्ञाकैबीच कैयौँ संक्रमितले ज्यान गुमाइसकेका छन् । ‘‘अक्सिजनकै कारण अस्पतालमा हुन बिरामीको चाप घटाउन आइसोलेसन र कोभिड अस्पाताल सञ्चालनमा ल्याएका छौँ । काठमाडौंमा ३०९ बेडको आइसोलेसन सेन्टर सञ्चालनमा ल्याएका छौँ,” मेयर शाक्यले भने, ‘‘महानगरपालिकाको आर्थिक सहयोगमा सामाखुशीस्थित राधास्वामी सत्संग भवनमा ८८ अक्सिजनसहित १ सय ७४ बेडको कोभिड–१९ आइसोलेसन केन्द्र सञ्चालनमा ल्याएका छौँ । यसको व्यवस्थापन नेपाली सेनाले गरिरहेको छ । त्यस्तै नरदेवी आयुर्वेद अस्पतालमा ५० अक्सिजन सहित १ सय बेडको कोभिड–१९ आइसोलेन केन्द्र र छत्रपाटी निशुल्क चिकित्सालयमा आइसीयु र भेन्टिलेटर सहितको ३५ बेडको कोभिड–१९ विशेष अस्पताल सञ्चालनमा ल्याइसकेका छौँ ।”

४५ थान भेन्टिलेटर सहयोग 
महानगरले ४५ थान भेन्टिलेटर काठमाडौंका ९ अस्पताललाई सहयोग गरेको छ । मेयर शाक्यकाअनुसार पछिल्लो समय महानगरले संक्रमण रोकथाम गर्न सक्रियता बढाएको छ ।

महानगरको तर्फबाट चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताललाई १५, त्रि.वि. शिक्षण अस्पताललाई १०, सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई ५, छेत्रपाटी निःशुल्क चिकित्सालयलाई ४, नेपाल कोरियामैत्री नगरपालिका अस्पताललाई ३, महेन्द्र नारायण निधि मेमोरियल अस्पताललाई २ थान भेन्टिलेटर सहयोग गरिएको छ ।

त्यस्तै हेल्पिङ्ग ह्यान्ड्स सामुदायिक अस्पताललाई २, जनस्वास्थ्य सरोकार ट्रस्ट काठमाडौं मोडल अस्पताललाई २ र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई २ थान भेन्टिलेटर सहयोग गरिएको महानगरले जनाएको छ । 

मेयर शाक्यले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताललाई ५० वटा मनिटर व्यवस्थापन गरेको जानकारी दिए । ‘‘हामीले महेन्द्रनारायण निधि मेमोरियल अस्पताललाई पनि २ थान भेन्टिलेटर उपलब्ध गराएका छौँ । यो सहयोग काठमाडौं महानगरवासीका लागि मात्रै होइन,” शाक्यले भने, ‘‘विभिन्न कामको सिलसिलामा आएका सबै नागरिकका लागि हो ।”

ठूला आइसोलेसन सेन्टरको प्रस्ताव 
काठमाडौं उपत्यका मेयर फोरमका अध्यक्ष मेयर शाक्यले अब छिट्टै उपत्यका मेयर फोरमले अघि सारेका ठूला आइसोलेसन सेन्टर स्थापना गरिने जानकारी दिए । 

‘‘हामीले काठमाडौं उपत्यकामा ठुला आइसोलेसन सेन्टर स्थापना गर्ने काम अघि बढाएका छौँ । अहिले काठमाडौं उपत्यकाको संक्रमणदर घट्दो छ । संक्रमणदर शून्य भएपनि उक्त आइसोलेसन सेन्टर अन्य प्रयोजनका लागि काम लाग्नेछ,” शाक्यले बताए । 

अक्सिजन प्लान्ट स्थापना गर्न पाँच करोड आर्थिक सहयोग 
महानगरपालिकाले अक्सिजन प्लान्ट स्थापना गर्न गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र र कान्ति बाल अस्पताललाई पाँच करोड बराबरको सहयोग गरेको थियो । उक्त सहयोगबाट गंगालाल अस्पतालले अक्सिजन प्लान्ट सञ्चालनमा ल्याइसकेको छ । भने कान्ति बाल अस्पतालले असारदेखि अक्सिजन प्लान्ट सञ्चालनमा ल्याउनेछ । 

बेड लगायतका स्वास्थ्य सामग्रीको उपलब्ध 
महानगरपालिकाले ६ वटा विभिन्न सरकारी र सामुदायिक अस्पतालहरूलाई बेड लगायतका स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । पीसीआर मेसिन, मनिटर मेसिन र बेड उपलब्ध गराएको हो । अस्पताललाई उपलब्ध गराएकामध्ये केही भेन्टिलेटर, पीसीआर मेसिन लगायतका सामग्री चीनका विभिन्न नगरले काठमाडौं महानगरलाई सहयोग स्वरूप पठाएका थिए । 

यस्तै काठमाडौं उपत्यकाका सबै स्थानीय तहले यतिखेर संक्रमणविरुद्ध सक्रियता बढाएका छन् ।

निषेधाज्ञा उल्लङ्घन गर्नेलाई जरिबानादेखि जेल हाल्ने सम्मको चेतावनी
गत एक महिनादेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी छ । विषेशगरी २० गतेसम्मको निषेधाज्ञामा खाद्यान्न पसलसमेत बन्द गरिएको छ । राजधानीका तीन जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा उल्लङ्घन भएको पाइएमा जेल हाल्नेसम्मको सजाय हुने चेतावनी दिइसकेका छन् । 

एक महिनादेखि जारी निषेधाज्ञाले पनि कोरोना संक्रमण नघटेको निष्कर्ष निकाल्दै यस्तो जेल हाल्ने सम्मको चेतावनी दिइएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुली निषेधाज्ञामा थप कडाइकासाथ प्रस्तुत भएको बताए । 

प्रजिअ पराजुलीले राजधानीवासीलाई छिट्टै सहज जीवनशैलीमा फर्काउन यस्तो गर्नुपरेको बताए । ‘‘कडा निषेधाज्ञाले छिट्टै संक्रमण रोकिने अनुमान लगाएका छौँ । एकसाता कष्ट सहरै घरभित्रै बस्नुहोस्,” प्रजिअ पराजुलीले भने, ‘‘छिट्टै सहज जीवनशैलीमा फर्काउन यस्तो कडा निषेधाज्ञा जारी गर्नुपरेको हो । अन्यथा नलिनुहोस् ।”

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ १६, २०७८  १७:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro