site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
महामारीमा निशुल्क खाना खुवानेहरूलाई मेयर शाक्यले भने : कसैले नदेख्नेगरी सुटुक्क खुवाउनू
SkywellSkywell

काठमाडौं । सरकारले आजदेखि खाद्यान्न पसल बन्द गरी निषेधाज्ञामा कडाइ गरेको छ । प्रशासनले निषेधाज्ञा उल्लङ्घन गरिए एक वर्ष कैद र पाँच लाख जरिबाना गर्ने चेतावनी दिइरहेको छ । कोरोना महामारीका कारण अप्ठेरोमा परेका सर्वसाधरणलाई निषेधाज्ञाले झन् पीडा दिइरहेको छ । त्यसमाथि विपन्नका लागि निषेधाज्ञाले पीडामाथि पीडा थपेको छ । 

उपत्यकामा कडा निषेधाज्ञा लागु भएकै दिन शुक्रबार काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले उपत्यकावासीका नाममा सम्बोधन गरे । तर, सम्बोधनका क्रममा मेयर शाक्यले दैनिकजसो तीनसयको हाराहारीमा खाना खुवाइरहेका मनकारीहरूलाई भने नमिठो सम्बोधन गरे । 

KFC Island Ad
NIC Asia

‘‘निषेधाज्ञाको समयमा केही कुरा पनि आएका छन् । लामो समय भयो विपन्नलाई खानाको असहज होला कि ? यसलाई म सहज स्थिति मान्दिन । सबैको स्थिति एउटै पनि छैन् । यस्तो समयमा विभिन्न संघसस्थाले हामी निशुल्क खाना वितरण गर्ने भन्दै महानगरमा सम्झौता गर्न आएका छन् । हामीले उहाँहरूलाई के भनेका छौँ भने तपाईंहरूले गर्न सक्नुहुन्छ, निशुल्क खाना वितरण गर्न पाउनुहुन्छ । त्यसका लागि हरेक वडामा वान टु वान सम्पर्कमा गरौँ । तर विपन्नमाथि वितरण गरिएको खाना सामाजिक सञ्जालमा पोस्ट गरेर मानवीय संवेदनामा चोट नपुगोस्,” मेयर शाक्यले सम्बोधनका क्रममा भने । 

मेयर शाक्यले २२ मिनेट लामो भाषणका क्रममा महामारीमा निशुल्क खाना खुवाउनेहरूलाई लक्षित गरेर गरेको सम्बोधन उनकै शब्दमा :

Royal Enfield Island Ad

सामाजिक दाताले विपन्नलाई एक छाक खाना खुवाएर फेसबुकमा हाल्ने, सानो एउटा प्यााकेट दिने दशवटा समाचारको पात्र बन्दिने, फोटो पत्रपत्रिकामा छापिँदा भोलि उहाँहरू आफैँलाई ग्लानी महसुस नहोस् । एक छाक खाना नपाएको त्यो भोकले भन्दा उसलाई त्यो फोटोले असर नपारोस् । विशुद्ध धर्मचित्तले काम गरौँ । पछिल्लो समय आफू चर्चा कमाउनका लागि समाचार आइरहेका छन् । कतै कतै गर्दा गर्दै त्यस्तो समस्या भयो भने महानगरपालिका हाम्रो ३२ वटा वडा कार्यालयहरूका वडाध्यक्ष वा वडा सदस्यहरूमार्फत हामीले उहाँहरूलाई घरघरमा खाद्यान्न पुर्‍याउने भनेका छौँ । 

सार्वजनिक ठाउँमा बोटोमा राखेर सबैले देख्ने गरी र दश जनालाई खाना खुवाएर १०० जना पत्रकारलाई जम्मा गरेर खुवाउनुपर्ने बाध्यात्मक छैन । कसैले नदेख्नेगरी सुटुक्क खाना वितरण गर्दा सबैभन्दा राम्रो हुन्छ । त्यसलाई काठमाडौं महानगरपालिका प्रोत्साहन गर्न पनि चाहन्छ । त्यस्तो काम गर्न कसैलाई सहयोग चाहिन्छ भने काठमाडौं महानगरपालिका सहयोग गर्न पनि तयार छ । कुनै पनि संघसस्थाले हामीले काम गरेका छौँ । हामी सित्तैमा खाना खुवाउन चाहन्छौँ । भोलुन्टियर संख्या पनि घट्ने भो । मासमा राखेर खाना खुवाउँदा संक्रमितको संख्या बढ्न पनि सक्ने भो । घरबाट निस्कन नपर्नेगरी घर–घरमा व्यवस्थापन गर्छौँ । र त्यसका लागतसहित आयो भने महानगरपालिका हामी आफैँ पनि व्यवस्थापन गर्न तयार छौँ । 

सामाजिक भावनाले काम गरिरहेको संघ संस्था छ भने उहाँहरूलाई सहकार्य गरेर सहयोग गर्न तयार छौँ । यसरी कोरोनासँग लड्नलाई हामी सबै जुटौँ । एकले अर्कालाई केही गरेन भनेर दोष दिएर मुक्त हुन सक्दैनौँ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ १४, २०७८  २१:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro