site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कोरोनाविरुद्ध गोदरेज नेपालको हात धुने अभियान
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । कोरोना संक्रमणलाई फैलिनबाट रोक्नको लागि गोदरेजले मिस्टर म्याजिक स्वच्छतामा सुरक्षा अभियान सुरु गरेको छ ।

कोरोना महामारीको समयमा हात धुने महत्वलाई ध्यानमा राख्दै मानिसलाई हात धुन प्रोत्साहन गर्ने उद्देश्यले सो अभियान सुरु गरेको जनाइएको छ । गोदरेजले भाटभटेनीलगायत काठमाडौंका विभिन्न अस्पतालहरुमा हात धुने अभियान सुरु गरेको हो ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

अभियानअन्तर्गत राजधानीको १० वटा अस्पतालहरुमा यो अभियान सञ्चालन गरिएको जनाइएको छ । सहिद गंगालाल स्मारक अस्पताल, त्रिवि शिक्षण अस्पताल, अल्का अस्पताल, ओम हस्पिटल र केएमसी अस्पतालमा यो महिना र ग्रीन सिटी हस्पिटल, मनमोहन मेमोरियल हस्पिटल, पाटन हस्पिटल, सुमेरु हस्पिटल र नेपाल मेडिकल कलेज एन्ड हस्पिटलमा अर्को महिनादेखि यो अभियान सुरु हुने कम्पनीले जनाएको छ ।

यी हस्पिटलहरुमा मिस्टर म्याजिकको निःशुल्क हात धुने स्टलको व्यवस्था गरिएको हो ।

Royal Enfield Island Ad

प्रत्येक स्टलमा गोदरेजको उत्पादन मिस्टर म्याजिक ह्यान्डवास र पानीको व्यवस्था गरिएको छ । मिस्टर म्याजिक पाउडर ह्यान्डवास हो, जुन पानीको सम्पर्कमा आएपछि लिक्विड बन्छ । एउटा बोटलमा २०० मिलि पानी र मिस्टर म्याजिक पाउडर राखेर सजिलै ह्यान्डवास बनाउन सकिनेछ । यसको रिफिल पनि बजारमा सजिलै उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

पटक–पटक हात धोएर कोरोना संक्रमणलाई एक व्यक्तिदेखि अर्को व्यक्तिमा फैलिन नदिनको लागि गोदरेज नेपालको यो एक सानो प्रयास रहेको जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ १२, २०७८  १६:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro