site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काठमाडौं उपत्यकामा एक साता लम्बियो निषेधाज्ञा : खाद्यान्न र तरकारी पसल पनि बन्द 
फाइल तस्बिर

काठमाडौं । काठमाडौं उपत्यकामा एकसाता निषेधाज्ञा लम्बिएको छ । उपत्यकामा तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको आज बसेको बैठकले थप एकसाता निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।   

जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार निषेधाज्ञामा थप कडाइ गरिनुका साथै  खाद्यान्न र तरकारी पसल पनि एक साता ठप्प गर्ने निर्णय भएको छ ।

‘‘उपत्यकावासीले एक हप्ताका लागि खाद्यान्नको जोहो गरिसकेका होलान् । नगर्नेहरूका लागि अझै दुई दिन समय पनि छ । त्यस्तै तरकारीको पसल पनि खोल्न पाइनेछैन,” प्रजिअ पराजुलीले भने, ‘‘खाद्यान्न पसल र तरकारी पसल सबै एकसाता बन्द गरेर संक्रमण रोकिने आकलन गरेका छौँ । त्यसैले कडाइकासाथ सबै अत्यावश्यक खाद्यन्न तथा तरकारी पसल सबै बन्द हुनेछन् ।” 

दुध, माछा मासुका पसल भने बिहान ९ बजेसम्म खोल्न दिइने छ ।

प्रजिअ पराजुलीले एकसाताको निषेधाज्ञामा खाद्यान्न पसल र तरकारी पसल सबै बन्द गरेर छिट्टै काठमाडौं उपत्यकावासीलाई सहज जीवनशैलीमा फर्काउन यस्तो निर्णय गरेको जानकारी दिए । यसबाहेक सवारी साधनको हकमा पनि कडाइ गरिनेछ । बैंक वित्तीय संस्थाको हकमा पनि थप कडाइ गरिनेछ । 

काठमाडौं उपत्यकामा थपिएको निषेधाज्ञा जेठ १३ गते सकिँदैछ । निषेधाज्ञाको समयमा पनि मानिसको आवतजावत र भिडभाड कम नभएको भन्दै अब थपिएको एक साताको निषेधाज्ञा भने थप कडाइ गरिने तीन वटै प्रमुख जिल्ला अधिकारीको निर्णय रहेको छ ।

देशभर दैनिक ८ हजार भन्दा बढी संक्रमित थपिरहेका छन् । काठमाडौं उपत्यकामा मात्र दैनिक २५ सय भन्दा बढी संक्रमित थपिरहेका छन् ।

नेपाल सरकारद्वारा कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण सम्बन्धी अध्यादेश जारी भएको छ । अध्यादेश बमोजिम संक्रामक रोग नियन्त्रणमा चालिएका प्रयासहरूलाई थप कडा गरिने छ ।

पहिले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि निषेधाज्ञाको खुकुलो भएकै कारण निषेधाज्ञामा पनि संक्रमण नरोकिएको भन्दै सूचना जारी गरेको थियो । 

अबको एकसातासम्मका लागि उपत्यकाका तीनओटै जिल्ला प्रशासन कार्यालयले खाद्यान्न तरकारी पुग्ने गरी किनेर राख्न सबैमा अपिल गरेको छ । 

अहिले बिहान ७ देखि १० बजेसम्म तरकारी तथा खाद्यान्न पसल खोल्न र  किनबेच गर्न दिइएको छ । अब अनुगमन र कारबाहीको दायरालाई पनि बढाइने बताइएकाे छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, जेठ ११, २०७८  १७:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro