site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
'नेपालीको रोग प्रतिरोधात्मक क्षमता बलियो भएकाले यो तहसम्म संक्रमण होला भन्ने ठानेको थिइन'

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीको शरीरमा रोग प्रतिरोधात्मक क्षमता बलियो भएकाले कोभिड–१९ को संक्रमण यो तहमा बढ्दा भन्ने आफूले नसोचेको बताएका छन् । 

शनिबार बालुवाटारमा निजी क्षेत्र र सरोकारवालसँग भएको छलफलमा प्रधानमन्त्री ओलीले यस्तो  संक्रमण यो तहसम्म बढ्ला भन्ने नलागेको बताएका हुन् । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

“यस रूपमा नेपालमा कोभिड बढ्छ भन्ने मैले ठानेको थिइन । मैले के  ठानेको थियो भनेदेखि हाम्रो इम्युन सिस्टम धेरै स्ट्रोङ छ त्यसकारण अलिअलि सर्ला तर यस तहमा वृद्धि हुन सक्दैन भन्ने लागेको थियो,” उनले भनेका थिए ।  

प्रधानमन्त्री ओलीले इम्युन सिस्टमको भूमिका नै नहुने भन्ने चाहिँ नभएको बताए ।

संक्रमणमुक्त भएका मानिसहरू इम्युन सिस्टमको भूमिका भने रहेको उनको भनाइ छ । 

गत वर्षको संसद्को एक बैठकमा प्रधाननमन्त्री ओलीले नेपालीको इम्युनिटी पावर बलियो भएकाले कोभिडले खासै असर गर्न नसक्ने जिकिर गरेका त्यही विषयमा नेपाली कांग्रेसका सांसद गगन थापा र प्रधानमन्त्री ओलीबीच संसद्मा सवाल–जवाफ भएको थियो । 

शनिबारको बैठकमा ओलीले नाकमा, थ्रोटबाट स्रकमण हुने भए त्यहीबाट खत्तम पार्नुपर्ने र त्यसको उपाय खोज्नुपर्ने बताए । अक्सिजन लगाउनुपर्ने, भेन्टिलेटर लगाउनुपर्ने अवस्थामा संक्रमित नपुगोस भन्नेमा ध्यान दिनुपर्ने उनको भनाइ छ । साथै ओलीले आयुर्वेदिक उपचार पद्धतिमा पनि ध्यान दिनुपर्ने बताए ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ २, २०७८  १८:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro