site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
स्थायी राजधानीमा सार्न थालियो लुम्बिनी प्रदेशका मन्त्रालय

दाङ । लुम्बिनी प्रदेश सरकारले स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा प्रदेश मन्त्रालयको कार्यालय स्थापना गर्न थालेको छ । पहिलो चरणमा तीन मन्त्रालय राप्ती उपत्यकामा स्थानान्तरण गर्न थालिएको हो ।

ग्रामीण तथा सहरी विकास मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय स्थानान्तरण गर्न थालिएको ग्रामीण तथा सहरी विकासमन्त्री हरिप्रसाद रिजालले जानकारी दिए ।

आइतबार देउखुरी, मौरीघाटमा ग्रामीण तथा सहरी विकास मन्त्रालयको कार्यालय स्थापना गरिएको हो । मन्त्री रिजालले मन्त्रालयमा पदभार ग्रहण गरे ।

उनले संघीयता कार्यान्वयनको लागि लुम्बिनी प्रदेशको राजधानीले नयाँ सन्देश दिएको बताए । “संसद् मात्रै यहाँ चलाउँदा अपूरो हुन्छ । पहिला सरकारका मन्त्रालय स्थापना हुन्छ । त्यसपछि प्रदेशसभाको काम अघि बढ्छ,” उनले भने, “तीनवटा मन्त्रालय र तिनका सबै संरचना राजधानी क्षेत्रमा स्थापना हुन्छ । तत्कालै जति सक्छौँ, धेरै मन्त्रालय ल्याउने योजना छ ।”

पहिला मन्त्रालय स्थापनाको काम गरिएको हो । “राजधानी क्षेत्रको गुरुयोजना बनाउने काम अघि बढेको छ । राजधानीको व्यवस्थित संरचना निर्माण अघि बढ्छ । त्योभन्दा पहिला प्रशासनिक कार्य अघि बढाउनको लागि मन्त्रालयहरु यहाँ आउछन्,” लुम्बिनी प्रदेशसभा सदस्य रेवतीरमण शर्माले भने, “राजधानीको विषयमा ठिक समयमा ठिक निर्णय गरेर लुम्बिनी प्रदेशवासीलाई न्याय भएको छ । संघीयता कार्यान्वयनमा हाम्रो प्रदेश पहिलो भएको अनुभूति सबैले गर्न पाएका छौँ ।”

आन्तरिक मामिला तथा कानुन मन्त्रालय पनि स्थायी राजधानीमा लगत्तै सारिने मन्त्री चेतनारायण आचार्यले जानकारी दिए । “मुख्यमन्त्रीज्यूको चाहना थियो, मन्त्रालयहरुको काम राजधानी क्षेत्रबाट अघि बढाउने । त्यहीअनुसार हामीले मन्त्रालयको लागि भवन खोज्न थालेका हौँ,” उनले भने, “हामी छिट्टै राजधानी क्षेत्रमा सर्नेछौँ ।” साउन १ गतेबाट बुटवल मुकाममा भाडामा रहेका कार्यालय राजधानी क्षेत्रमा सञ्चालन गर्न निर्देशन दिइएको छ ।

गत असोज २० गते लुम्बिनी प्रदेशसभाको दुईतिहाइ बहुमतले लुम्बिनीको राजधानी राप्ती उपत्यका देउखुरी बनाउने निर्णय गरेको थियो । त्यसअघि, असोज १५ मा राप्ती गाउँपालिका, गढवा गाउँपालिकाको वडा नम्बर–१, २ र ३, शितगंगा नगरपालिकाको वडा नम्बर–८ र ९ को जग्गा रोक्का गर्ने निर्णय गरिएको थियो ।

राजधानीको निर्णयलगत्तै प्रदेश पूर्वाधार विकास प्राधिकरणको कार्यालय स्थापना गरियो । फागुन ३ मा प्रदेश राजधानी व्यवस्थापन कार्यालय स्थापना गरेर राजधानीको लागि समन्वय र सहकार्य थालिएको थियो । अहिले प्रदेशसभाको लागि सभाहल बनाउन थालिएको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, वैशाख २८, २०७८  १७:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro