विदेश
कोनाक्री । पश्चिम अफ्रिकी मुलुक गिनीको उत्तरपूर्वी सिगुइरी क्षेत्रको एउटा सुन खानीमा पहिरो खस्दा कम्तीमा १५ जनाको मृत्यु भएको छ ।
रेडक्रसका स्थानीय अधिकारीहरुले खानीभित्र अरू मानिस पनि पुरिएको हुन सक्ने बताएका छन् ।
पहाडको माथिल्लो भागबाट सुरू भएको पहिरो खानीमाथि खसेको थियो । पहिरोका कारण खानी भित्र कार्यरत मजदूरहरू थुनिएका वा माथिबाट ढुङ्गाले लागेको हो भन्ने यकिन हुन नसकेको अधिकारीहरूको भनाइ छ । रासस/सिन्ह्वा
प्रकाशित मिति: आइतबार, वैशाख २६, २०७८ १५:५९
प्रतिक्रिया दिनुहोस्