site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सरकारले लुकाउँदैछ कोरोनाबाट मृत्यु हुनेको संख्या, १० दिनमा ४५५ शव व्यवस्थापन !

काठमाडौं । सरकारले मंगलबार देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ५५ रहेको तथ्यांक सार्वजनिक गर्‍यो ।

यो संख्या देशभरको हो । तर नेपाली सेनाले काठमाडौं उपत्यकामा मात्रै मंगलबार ५० वटा शवको व्यवस्थापन गरेको बाह्रखरीसँगको कुराकानीमा जानकारी दियो ।

सरकारले सार्वजनिक गरेको तथ्यांक र सेनाले व्यवस्थापन गरेको शवको संख्या यसअघि पनि फरक पर्दै आएको थियो ।

तर पछिल्लो १० दिनको सरकारी विवरण र सेनाको संख्या हेर्ने हो भने सरकारी तथ्यांकभन्दा सेनाले बढी शव व्यवस्थापन गरेको देखिन्छ ।

अहिलेसम्म सरकारी विवरणभन्दा बढी सेनाले २४१ जना मृतकको शव व्यवस्थापन गरेको तथ्यांकले देखाउँछ । वैशाख १० गतेपछि पनि सरकारले सार्वजनिक गरेको मृतकको संख्या र शव व्यवस्थापनको संख्या फरक छ ।

सरकारी तथ्यांकअनुसार वैशाख १० गतेसम्म नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या तीन हजार १२२ थियो । सोही दिनको सेनाको तथ्यांकमा तीन हजार १६३ शव व्यवस्थापन भइसकेको देखिन्छ ।

त्यसपछिका दिनमा पनि सेना र सरकारी तथ्यांक लगातार फरक देखिएको छ । नेपाली सेनाले यही वैशाख १० देखि २० गतेसम्म मात्रै ४५५ शव व्यवस्थापन गरेको जनाएको छ । 

सेनाको तथ्यांकानुसार हालसम्म कोरोनाबाट मृत्यु भएका तीन हजार ६०३ वटा शव व्यवस्थापन भइसकेको छ । यो सोमबारसम्मको तथ्यांक हो । मंगलबारको सबै तथ्यांक आइनसकेको सेनाले जनाएको छ ।

तर सरकारले नेपालमा सोमबारसम्म जम्मा तीन हजार ३६२ जना कोरोनाले मृत्यु भएको जनाएको छ ।  यसरी हेर्दा सरकारी तथ्यांक र सेनाले गरेको शव व्यवस्थापनको ‘डाटा’ भने मेल खाँदैन । 

यसले सरकारले कोरोनाबाट ज्यान गुमाएको तथ्यांक लुकाएको देखिन्छ ।  सैनिक प्रवक्ता सन्तोषवल्लभ पौडेल नेपाली सेनाले जुनसुकै समयमा पनि शव व्यवस्थापन गरिरहेको बताउँछन् । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, वैशाख २२, २०७८  १४:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro