site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एमालेबाट निर्वाचित प्रदेश सांसद डाँगी माओवादी केन्द्रमा, मुख्यमन्त्री पाेखरेललाई धक्का

दाङ । नेकपा एमालेको तर्फबाट दाङको निर्वाचन क्षेत्र नं. २ (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित अमरबहादुर डाँगी नेकपा माओवादी केन्द्रको पक्षमा उभिएका छन् ।

प्रदेशसभा सदस्य डाँगीले नेपाली कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनता पार्टी र राष्ट्रिय जनमोर्चासहितका चार दलीय गठबन्धको क्याम्पमा पुगेपछि मुख्यमन्त्री शंकर पोखरेललाई राजनीतिक रूपमा थप समस्या उत्पन्न हुने देखिएको छ ।

माओवादी केन्द्रकी सांसद तथा प्रदेश मामिला तथा कानुन समितिकी सभापति दामा शर्माले सांसद डाँगी मुख्यमन्त्रीको अलोकतान्त्रिक र असंवैधानिक कदमकाविरुद्ध चार दलीय गठबन्धनमा उभिएको बताइन् । शर्माले तीनदिन अगाडि नै सांसद डाँगी आफुहरूसँगै प्रदेश प्रमुखको कार्यकक्ष घेराउ कार्यक्रममासमेत सहभागी भएर आफुहरूको कित्तामा उभिएको दाबी गरिन् ।

 "माननिय डाँगीलाईसमेत गनेर हामीले ४३ सदस्यकाे हस्ताक्षर बुझाएका थियौँ," शर्माले भनिन् ।

यसघि उनी एमाले भित्र माधबकुमार नेपाल पक्षधर मानिन्थे । उनी घोराही उपमहानगरपालिकाका पूर्व मेयर पनि हुन ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, वैशाख २१, २०७८  १८:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro