site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
नयाँ प्रदेश प्रमुख पाएकाे गण्डकीमा अब के होला ?

पोखरा । राजनीतिक वृत्तमा हुने गरेका भएका अनेकौँ अड्कलबाजी, आकलन र सम्भावनालाई सत्य बनाउँदै सोमबार गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचन पदमुक्त गरिए । मन्त्रिपरिषदको सिफारिस राष्ट्रपतिले नमान्ने कुरै भएन । यसअघि झैँ दु्रत गतिमा नयाँ प्रदेश प्रमुख सीता पौडेललाई नियुक्त पनि गरिन् ।

जब राष्ट्रिय जनमोर्चा पार्टीले गण्डकी सरकारविरुद्ध दिएको समर्थन फिर्ता नलिने तर कसैले अविश्वासको प्रस्ताव ल्याउँछ भने त्यसको पक्षमा हस्ताक्षर गर्ने निर्णय लियो, त्यसपछि नै राजनीतिक घटनाका आकलन गरिएका थिए ।

सोमबार पदमुक्त भएका शेरचन माओवादी निकट हुन् । अहिलेको गण्डकीको राजनीतिक परिस्थितीलाई विश्लेषण गर्दा प्रदेश प्रमुखले सरकारको सिफारिस नमान्ने हुन कि भन्ने आशंकाकै कारण उनी हटाइएका हुन् । अर्कातर्फ केन्द्रमा एमाले र माओवादी केन्द्रको पनि चिसो सम्बन्ध छ । दुई दलको शक्तिसंघर्षको चेपुवामा परेका कारण पनि शेरचन डेढ वर्ष नबित्दै पदमुक्त भएका हुन् ।

Dabur Nepal

सरकारले गरेका सबै सिफारिस उनले राष्ट्रपति भण्डारीले झैँ दु्रत गतिमा नगर्लान भन्ने भय यहाँको सरकारलाई थियो । राजनीतिलाई सम्भावनको खेल भनिरहँदा त्यही सम्भावनामा अवरोध हुने देखेरै नै उनी सोमबारदेखि गण्डकी प्रदेशको दोस्रो प्रदेश प्रमुखको नाम लेखाएर पदमुक्त भए ।

उनी पदमुक्त भइरहँदा यहाँको सरकार संकटमा छ । संकटमा रहेको गण्डकी सरकार ढल्छ वा जोगिन्छ, त्यो संसद्ले नै छिनोफानो गर्ला ।

अहिले गण्डकीमा सरकार र संसद्बीच चिसो सम्बन्ध छ । जोगिन लागेको सरकार सभामुख नेत्रनाथ अधिकारी पार्टीको कार्यकर्ता भएर संसद् स्थगित गरेको आरोप सत्तारुढ एमालेको छ । सभामुख चाहिँ आइतबारदेखि सदन खुलाउनतर्फ दलहरूसँग छलफलमा जुटेका छन् ।

माओवादी पृष्ठभूमिकै भएका कारण उनले पनि अड्चन ल्याउन सक्ने आकलन गरेकै कारण प्रदेश सरकारले खतरा महसुस गरेको हुनसक्छ । उसो त यहाँको संसद् १५ गतेदेखि अनिश्चितकालका लागि स्थगित छ । संसद् स्थगित भएपछि गत शुक्रबार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ काठमाण्डौ गएर शनिबार फर्केका थिए । उनले काठमाण्डौमा गएर प्रदेश प्रमुख फेर्न माग गरे वा गरेनन उनलाई नै थाहा होला । तर, विपक्षी दलले आकलन चाहिँ गरेका थिए ।

प्रदेश प्रमुखको फेरबदल सरकार ढाल्न सक्रिय विपक्षी दलको सम्भावित आकलनमा नै थियो । यसैबीचमा प्रदेश प्रमुख फेरिए । प्रदेश प्रमुख फेरिएपछि गण्डकीमा के हुन सक्छ त ?

सुरुमा त सोमबार नियुक्त भएकी नयाँ प्रदेश प्रमुख सीता पौडेलको राजनीतिक पृष्ठभूमि बुझौँ । उनी वर्तमान एमालेभित्र पनि ओली निकट छन । चितवनबाट एमालेकी उम्मेदवारसमेत रहेकी पौडेल हालसम्म प्रधानमन्त्री कार्यालयमा सल्लाहकार विज्ञ समूहमै रहेकी छन् ।

पोखरामा भएको अखिल नेपाल महिला संघको महाधिवेशनबाट विद्या भण्डारी अध्यक्ष हुँदा पौडेल महासचिव थिइन् । नेकपा विभाजन हुँदा पौडेल ओली समूहमै लागेकी थिइन् ।

वर्तमान राष्ट्रपतिसँग एउटै कार्यसमितिमा काम गरेकी पौडेललाई राष्ट्रपति भण्डारीले नै गण्डकी प्रदेशको प्रदेश प्रमुखमा शपथ खुवाएकी छन् । पौडेलले कार्यभार सम्हालिरहँदा गण्डकी सरकारको विरुद्धमा तीन दलको लिखित मोर्चाबन्दी र एउटा दलको लिखित निर्णयका कारण सरकार संकटमा परेको छ ।

विपक्षी यी चारै दलले एकअर्काप्रति विश्वास गरेको खण्डमा र पक्षमा मतदान गरेको खण्डमा यहाँको सरकार ढल्ने निश्चित छ । तर, १५ गते अविश्वास प्रस्तावमा मतदान गर्ने कार्यसूची राखिएकै दिन जनमोर्चाका एक सांसद अचानक सम्पर्कविहीन भए, अचानक बिरामी भए र चरक अस्पतालमा पुगेको खबर आयो । यो खबर आउनुपूर्व यहाँको संसद् सूचना टाँसेर स्थगित भइसकेको थियो ।

अहिले हराएका सांसद सम्पर्कमा छन् । तर सरकारले चाहिँ सभामुखले के आधारमा संसद् स्थगित गरेको भन्दै जवाफ मागिरहेका छन् । अविश्वास प्रस्ताव तुहिएको निष्कर्ष उनीहरूको छ । सदन कहिले चल्ने टुंगो छैन । मंगलबार सभामुखले सबै दलका नेतासँग परामर्श गर्ने र बैठकको मिति तय गर्नेबारेमा सोमबारको कार्यव्यवस्था परामर्श समितिको बैठकले निर्णय गरेको छ ।

तर, उक्त निर्णय भएको केही घण्टामा नै प्रदेश प्रमुख फेरिएका छन् । प्रदेश प्रमुख फेरिएपछि अब यहाँको राजनीतिक घटनाक्रम कसरी अगाडि बढ्छ भन्ने पनि थप अन्योल सिर्जना भएको छ ।

सिधा रूपमा हेर्दा अविश्वास प्रस्तावमाथि संसद्मा मतदान हुनेछ । प्रस्तावको पक्षमा बहुमत आए सरकार ढल्छ । बहुमत नआए यही सरकारले निरन्तरता पाउँछ ।

तर, आइतबार नै लुम्बिनीमा भएको घटना गण्डकीमा पनि नहोला भन्न सकिने स्थिति छैन । भलै लुम्बिनीमा जस्तो गण्डकीमा एमाले एक्लैको बहुमत छैन । तर, त्यहाँको जस्तै सभामुख माओवादी र प्रदेश प्रमुख चाहिँ एमाले पृष्ठभूमिको भएका कारण सरकार र सदनबीच संघर्ष चर्किने चाहिँ निश्चित छ ।

यहाँ पृथ्वीसुब्बा गुरुङले एक्लै सरकार बनाउन सक्दैनन् । अहिले गण्डकीमा संविधानको धारा १६८ (२) को एमालेको नेतृत्वमा जनमोर्चाको समर्थन प्राप्त सरकार छ ।

तर, जनमोर्चाले अहिलेसम्म पनि समर्थन त फिर्ता लिएको छैन । तर अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्ने बताएको छ ।

यस्तो स्थितिमा अविश्वासको प्रस्ताव फेल गराउन र सरकार जोगाउन मुख्यमन्त्रीले एक जना मात्रै सांसद आफ्नो पक्षमा पारे पुग्छ । १५ गते संसद् नरोकिएर मतदान भएको भए उनीविरुद्धको अविश्वास प्रस्ताव फेल हुन सक्थ्यो । अझै पनि सरकार जोगाउने यो एउटा विकल्प गुरुङ सामु छ ।

यदि आफ्नो सरकार ढल्ने निश्चित जस्तै भयो भने उनले जारी संसद् अधिवेशन अन्त्य गर्न सिफारिस गर्न सक्छन् । मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुखले संसद् अन्त्य गर्ने प्रचलन छ । त्यसकै लागि अड्चन हुन सक्ने सम्भावना देखेर नै राष्ट्रपछि विद्यादेवी भण्डारीले सीता पौडेललाई शपथ खुवाएकी छन् ।

यदि विशेष अधिवेशन नै अन्त्य भयो भने के हुन्छ ?

लुम्बिनीमा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध ल्याइएको अविश्वास प्रस्ताव सदनमा जानुभन्दा अगावै पोखरेलले राजीनामा दिए । उनले राजीनामा दिएपछि उक्त कार्यसूचीको औचित्य सकियो । तर, गण्डकीमा चाहिँ अविश्वास प्रस्ताव माथिको छलफल कायमै छ यसलाई निर्णयार्थ पेश गर्न बाँकी नै छ ।

विशेष अधिवेशन नसकिँदै सरकारले संसद् अधिवेशन अन्त्य गर्न सक्छ ? यो प्रश्न गण्डकीमा हुनसक्ने सम्भावित आकलन मध्येको एक हो । राजनीतिलाई सम्भावनाको खेल भनिन्छ । यी माथि उठाइएका आकलन पनि यहाँको शक्तिसंघर्षमा हुनसक्ने राजनीतिक सम्भावना हुन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख २०, २०७८  २१:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro