काठमाडौं । गायक प्रकाश सपुत कोरोना संक्रमित भएका छन् । काठमाडौं मेडिकल कलेज (केएमसी)मा गरिएको परीक्षणमा उनमा संक्रमण देखिएको हो ।
शरीर भारी हुने, टाउको दुख्नेजस्ता समस्यापछि कोरोना परीक्षण गराउँदा उनको रिपोर्ट पोजिटिभ आएको हो । अहिले उनी होमआइसोलेसनमा छन् ।
गायक प्रकाशले सामाजिक सञ्जाल फेसबुकमार्फत पछिल्लो समय उनको सम्पर्कमा रहेकाहरुलाई कोरोना परीक्षण गराउन पनि आग्रह गरेका छन् ।
उनले लेखेका छन्, “एकदमै धेरै शरीर दुख्ने, छटपटी हुने, टाउको भारी हुने, घरीघरी श्वास बढ्ने भएपछि मैले पीसीआर टेस्ट गरेको थिएँ । म होमआइसोलेसनमा छु । अवस्था सामान्य छ ।”
कोरोनालाई जित्न सकिन्छ भन्ने आत्मबल राखेर अगाडि बढ्नुपर्ने तर यसलाई सामान्य नलिन पनि उनले सबैलाई आग्रह गरेका छन् ।