site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
ध्रुव जोशीको निबन्धकृति ‘आफैलाई खोज्दै’ लोकार्पित

काठमाडौं । कृषि वैज्ञानिक ध्रुव जोशीको पछिल्लो सक्रियता साहित्यतर्फ छ  । उनको पहिलो निबन्धकृति ‘आफैलाई खोज्दै’ एक कार्यक्रमबीच सार्वजनिक गरिएको छ ।

शनिबार ललितपुरमा नेपाल स्रष्टा समाजले आयोजना गरेको कार्यक्रममा प्रा. डा. माधवप्रसाद पोखरेललगायत व्यक्तिले उक्त कृति लोकार्पण गरे । डा. पोखरेलले पुस्तकभित्रको निबन्धका हरफहरूका चेपचेपमा अर्थ लुकेको बताए । ध्रुव जोशीका निबन्धहरू ‘ध्रुव जोशीकै जस्तो’ भएको उनले उल्लेख गरे ।

Dabur Nepal
NIC Asia

समीक्षक प्रा. डा. भरतकुमार भट्टराईले ८२ वर्षीय जोशीका निबन्धमा समाजको यथार्थ प्रकट भएको बताए । उनले यसभित्रका १८ निबन्धको चर्चा गरे ।

जोशीले आफूले निबन्ध लेख्न ०२८ सालदेखि नै सुरु गरेको बताए । निबन्धका रूपमा आफ्ना अनुभूतिलाई शब्दमा उनेको उनले उल्लेख गरे ।

कार्यक्रममा प्रा. रामकुमार पाँडे, पवन आलोक, श्रीओम श्रेष्ठ ‘रोदन’, प्रकाश सायमी, रञ्जना निरौलाले बोलेका थिए ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ ५, २०८१  २०:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro