देश
काठमाडौं । सरकारले ‘निषेधाज्ञा’ अवधिमा अन्तर्राष्ट्रिय यात्रुको लागि विमानस्थल जाने व्यवस्था गर्न सहजीकरण गर्ने भएको छ ।
“अन्तर्राष्ट्रिय उडानबाट देश जाने यात्रुहरुको हवाई टिकट, पासपोर्ट, भिसा हुनेहरुलाई सीधै एयरपोर्ट जाने सवारी साधनको लागि सहजीकरण गरिने,” आदेशमा भनिएको छ,“नेपाल सरकारका कर्मचारी, बैंक तथा वित्तीय संस्था र अन्य अत्यावश्यक सेवामा कार्यरत कर्मचारीको हकमा कार्यालयले जारी गरेको परिचयपत्रको आधारमा आवत जावत गर्न दिने ।
सञ्चारकर्मीको हकमा सूचना संकलन तथा सम्प्रेषण गर्न सूचना विभागले जारी गरेको परिचयपत्रको आधारमा आवतजावत गर्न दिने ।”
प्रकाशित मिति: सोमबार, वैशाख १३, २०७८ १९:२२
प्रतिक्रिया दिनुहोस्