site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भारतसँग गोप्य वार्ता भएको छैन : पाकिस्तान
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

इस्लामावाद । पाकिस्तानका विदेशमन्त्री शाह महमुद कुरैशीले पाकिस्तान र भारतबीच गोप्य वार्ता भएको खबरको खन्डन गरेका छन् । टर्कीको टीआरटीवर्ल्ड टेलिभिजनसँगको अन्तर्वार्तामा उनले दुई देशबीच कुनै ‘ब्याकडोर च्यानल’बाट वार्ता नभएको स्पष्ट पारेका हुन् ।

“भारतसँग हाम्रो कुनै कुराकानी भएको छैन । न त संयुक्त अरब इमिरेट्स (यूएई)ले कुनै वार्ता गर्न मध्यस्थता गरेको छ,” उनले भने । केही दिनअघि मात्र यूएईको मध्यस्थतामा भारत र पाकिस्तानबीच गोप्य रुपमा छलफल भइरहेको समाचारहरु आएका थिए ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

पाकिस्तान वार्ताका लागि सधैँ तयार रहेको भन्दै कुरैशीले भारत सधैँ वार्ताबाट पर भाग्दै आएको आरोप लगाए । आफ्नो आर्थिक विकासका लागि पाकिस्तानले पूर्व र पश्चिमा सबै देशसँग सुमधुर सम्बन्ध बनाउन चाहेको भन्दै उनले भारतले उक्साउने किसिमका कदम चाल्दै आएको जिकिर गरे ।

“पाकिस्तान वार्ताका लागि तयार छ । यसका लागि भारतले आफ्नो कश्मिर नीतिमा पुनर्विचार गर्नुपर्छ,” कुरैशीले भने । यस क्षेत्रमा कुनै पनि चरमपन्थी समूहले कब्जा नगरून् भन्ने आफूहरुको मुख्य चासो रहेको भन्दै उनले आफूहरु वार्ताका लागि तयार रहेको बताएका हुन् ।

Royal Enfield Island Ad

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख १२, २०७८  १३:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro