site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रशासन भन्छ– गाडीको सिट क्षमताभन्दा यात्रु नचढाउनू, सहचालक भन्छन् : अझै त्यो कुनामा खाली छ
SkywellSkywell

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले सार्वजनिक सवारी साधनमा दोस्रो चरणको कोरोना नियन्त्रण गर्न स्वास्थ्य मापदण्ड पालना गर्न कडाइ गरेको दाबी गर्दै आएपनि सार्वजनिक सवारी साधनहरूले कोचाकोच गरेर यात्रु ओसारिरहेका छन् ।

पछिल्लो समय देशभर कोरोना संक्रमण दर तीव्र गतिमा बढ्दै गएको बेला सार्वजनिक सवारी साधनहरूमा भने सरकारी मापदण्ड विपरीत यात्रु ओसारप्रसार गरिरहेको देख्न सकिन्छ । यतिसम्मकि गाडीकाे सिट भरिएर खुट्टा टेक्ने ठाउँ नहुँदासमते सहचालकले कुनातिर हेर्दै 'त्याे कुनामा खाली छ, अलिकति सरिदिनुहाेस् त' भन्दै यात्रुहरुलाई बोलाउने गर्दै अ‍ाएका छन् ।

वैशाख ६ गतेको मन्त्रिपरिषद्को बैठकले मास्क नलगाएर सार्वजनिक सवारीमा चढ्न नपाइने निर्णय गरेको थियो । मास्क नलगाएका यात्रु सवारीभित्र प्रवेश गर्नुपूर्व १० रुपैयाँ लिएर चालक वा सहचालकले यात्रुलाई मास्क उपलब्ध गराउनुपर्नेसम्मको भएको थियो । तर उक्त निर्णयको उल्लङ्घन गर्दै सवारी साधनका चालक सहचालकले समेत मास्क नलगाउने गरेको पाइएको छ । अर्कोतिर अधिकांश सवारी साधनमा स्यानिटाइजरको समेत व्यवस्था गरिएको छैन ।

KFC Island Ad
NIC Asia

काठमाडौँमा चल्ने एक बसमा यात्रा गरिरहेकी नुवाकोटकी सरुमाया तामाङ यात्रुहरूले स्वास्थ्य मापदण्ड पालना गर्ने गरेको भएपनि चालक तथा सहचालकले लापरबाही गर्ने गरेको बताउँछिन् । ‘‘यात्रुले कोरोनाको डरले मास्क लगाएर मात्रै गाडी चढ्ने गरेपनि सहचालकले कोचाकोच गरेर सिट क्षमताभन्दा बढी यात्रु चढाउने गरेका छन् । हामीले सहचालकलाई सम्झाउन खोज्दा उल्टै थर्काउँछन्,” उनले भनिन्, ‘‘सवारीमा चालक र सहचालक आफैँले मास्कको समेत प्रयोग गर्दैनन्, यात्रुलाई मास्क उपलब्ध गराउनु त परेको कुरा । ट्राफिक भएको ठाउँमा मात्रै मास्क लगाउन भन्दै सहचालकले यात्रुलाई सुझाउँछन ।”

उपत्यकामा सवारी साधनको सिट क्षमताभन्दा यात्रु बढी चढाउँदा र मास्क नलगाइ सवारी चलाएको देख्दादेख्दै पनि ट्राफिक प्रहरीले कारबाही नगर्ने गरेको उनको भनाइ छ । 

Royal Enfield Island Ad

सिन्धुपाल्चोकका २७ वर्षीय सवारी चालक सुरेश केसी भने आफूले चलाउने गाडीमा अनिवार्य स्वास्थ्य मापदण्ड पालना गरिएको दाबी गर्छन् । सवारी साधनको सिट क्षमताजत्तिकै यात्रु चढाउँदा एकछिनपछि गाडी खाली हुने भएकाले केही यात्रु बढी हाल्ने गरिको बताए । ‘‘सबै यात्रुहरू गाडीको अन्तिम गन्तव्यसम्म पुग्दैन् । त्यसैले सिट क्षमताभन्दा केही बढी यात्रु चढाउँनु हाम्रो बाध्यता हो ।” 

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता श्यामकृष्ण अधिकारी भने सवारी साधनमा स्वास्थ्य मापदण्ड पालनामा कडाइ गरेको दाबी गर्छन् । सिट क्षमताभन्दा बढी यात्रु चढाउने सवारीलाई कारबाही गर्दै आएको उनको दाबी छ । ‘‘हामीले विना मास्क र स्वास्थ्य मापदण्ड पालना नगर्ने सवारी साधनलाई सचेत गराउँदै छाड्ने गरेका छौैँ,” प्रवक्ता अधिकारीले भने, ‘‘उपत्यकाभर खटिएका १४५० जना ट्राफिक प्रहरीबाहेक महाशाखाको टोली दैनिक अनुगमनमा खटिन गरेको छ । अनुगमनमा खटिएको टोलिले पनि सवारी साधनमा स्वास्थ्य मापदण्ड पालना गर्न कडाइ गरिरहेको छ ।’

सिट क्षमताभन्दा बढी यात्रु चढाएको पाइए ‘ठाउँको ठाउँमै कारबाही गर्ने’ गरिएको उनको जिकिर छ । अबका दिनमा भने स्वास्थ्य मापदण्ड उल्लङ्घन गरेको पाइएमा महानशाखामै ल्याएर कारबाहीस्वरुप थुनिने चेतावनी दिए ।

प्रवक्ता अधिकारीअनुसार काठमाडौँमा २० ओटा अनुगमन टोलीले बिहिबारदेखि अनुगमन थालेको छ । 

व्यवसायी भन्छन् : हाम्रो बाध्यता बुझौँ 
नेपाल यातायात व्यवसायी महासंघले सवारी साधन र यात्रुले स्वास्थ्य मापदण्ड पालना गर्न गराउन सम्बन्धित सबै निकायलाई ध्यानाकर्षण गराएको छ । महासंघका महासचिव सरोज सिटौला दोस्रो चरणको कोरोनालाई ध्यानमा राखेर यात्रु आफैँले सतर्क रहनुपर्ने तर्क गर्छन् । यात्रु र सम्बन्धित निकायले यातायात व्यवसायीलाई दोष मात्र नदिएर बाध्यता पनि बुझिदिनुपर्ने उनको भनाइ छ ।
  
‘‘सरकारले सार्वजनिक यातायात सेवा मर्कामा परेका बेला सहयोग गर्नुपर्छ । यातायात व्यवसायीका पनि आफ्नै समस्या छन् । सबैले सहकार्य गरी अगाडि बढ्दा राम्रो होला,” सिटौलाले भने ।  

दोस्रो लहरको कोरोना संक्रमण हुन नदिन र यातायात व्यवसायीलाई मर्का नपर्ने गरी भाडादर बढाउनुपर्ने उनको भनाइ छ । 

प्रशासन भन्छ : बसको क्षमताभन्दा एकजना पनि बढी यात्रु नचढौँ 
जिल्ला प्रशासन कार्यालय काठमाडौँले भने सार्वजनिक सवारीमा सिट क्षमताभन्दा बढी एकजना पनि नचढ्न सूचना जारी गरेको छ । जसअनुसार काठमाडौँ महानगरपालिकाका नगर प्रहरी, महानगरीय ट्राफिक प्रहरी महाशाखा, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, नेपाल यातायात स्वतन्त्र मजदुर संघ, अखिल नेपाल यातायात मजदुर संघ लगायतको संयुक्त अनुगमन टोलीले स्वास्थ्य मापदण्ड पालना भए नभएकोबारे अनुगमन गरिरहेको छ । 
काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुली सिट भरिएका सवारी साधनमा नचढेर केही समय कुरेर भएपनि खाली बस चढ्न यात्रुहरुलाई आग्रह गर्छन् । ‘‘हामीले स्वास्थ्य मापदण्ड पालना गर्न कडाइ गरेपनि यात्रु आफैँले  स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने अहिलेको अवस्था हो । सवारी साधनहरूमा एकैचोटी सबैतिर स्वास्थ्य  मापदण्ड पालना गराउन सकिदैन,” पराजुलीले भने । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख १०, २०७८  १९:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro