site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
सेयर बजारमा करेक्सन : नाफा बुक कि कोभिड त्रास ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । लगातार दोस्रो दिन पनि सेयर बजार ओरालो लागेको छ । यो साताको दुई कारोबार दिनमा नै सेयर बजार परिसूचक नेप्से ७३.४७ अंकले घटेको छ । आइतबार करिब ३६ अंकले घटेको नेप्से सोमबार पनि ३७.५८ अंकले ओरालो लागेको छ ।

गत बिहीबार २७३५.४० अंकको ऐतिहासिक उचाईमा पुगेको नेप्सेमा दुई दिनमा नै करिब ७५ अंकको गिरावट आउँदा २६६१.९३ अंकमा झरेको छ । सोमबार बजार परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । आइतबार ८ अर्ब ८० करोड माथि  कारोबार भएको बजारमा सोमबार भने कारोबार रकम पौने ७ अर्बमा सीमित भएको छ । आज नेप्सेमा १ करोड ४२ लाख ७६८ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ७६ करोड ६८ लाख १ हजारको कारोबार भएको छ ।

चैत मसान्तमा कर्जाको ब्याजदर तिर्ने समयमा पनि गत सातासम्म लगातार बढेको सेयर बजार यो सातमा भने घट्दो लयमा देखियो । चैत मसान्तको ब्याजदर तिरिसकेको र अब एक त्रैमासको ब्याज तिर्दा लाभांश सुरक्षित गर्ने समय हुँन लाग्दा पनि सेयर बजारमा भने वैशाखको पहिलो साता नै ओरालो लयमा देखिँदा लगानकिर्तामा केही अलमल देखिएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

भारतमा कोभिड १९ को दोस्रो लहरले भयावह अवस्था लिइरहेको र नेपालमा पनि संकमण तिव्र रुपमा विस्तार भइरहेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले सहरी क्षेत्रका विद्यालय बन्द गर्ने तथा नाकामा कडाई गर्ने र भिडभाड गर्न प्रतिबन्द लगाउने निर्णय गरेको छ । जसले गर्दा लगानीकर्तामा केही त्रास देखिएको विश्लेषण पनि भइरहेको छ । 

तर, धितोपत्र दलाल व्यवसायी भरत रानाभाट भने अहिले बजार घट्नु पर्ने कुनै कारण नभएको भन्दै लगानीकर्ताले नाफा बुक गर्दा बजारमा केही करेक्सन भएको बताउँछन् । बजारमा करेक्सन देखिनुको अर्को कारण भने ‘ट्रेडर’ले लगातार बढेको बजारमा केही नाफा भएको सेयर बेचेको र बजार केही तल पुर्यार पुनः खरिद गर्न  अहिले सेयर बेचिरहेको हुनसक्ने बताउँछन् ।

Global Ime bank

उनले भनेजस्तै गत फागुन ९ गते २६४० अंकको उचाईमा पुगेको सेयर बजार चैत २ गते २३९० अंकबाट तल झर्यो । त्यसपछि लगातार बढेको बजार गत साता २६३५ अंकको ऐतिहासिक बिन्दुमा पुगेर पुनः घट्न सुरु भएको छ । यसले बजारमा ट्रेडर सक्रिय भएको उनको भनाइलाई सर्पोट गर्छ ।

लगानीकर्ताले नाफा बुक गरेको ट्रेडर सक्रिय हुँदा बजारमा केही करेक्सन भए पनि बजार पुनः पर्कन उनले दाबी गरे । विगतमा कोभिडको कारण अहिलेको भन्दा खराब अवस्था व्यहोर्दा पनि बढेको सेयर बजार अहिले कोभिडको त्रासले घट्नुपर्ने अवस्था नरहेको उनी बताउँछन् । सेयर बजार पूर्ण रुपमा अनलाइन भइसकेकाले कोभिडको दोस्रो लहरले पनि बजार प्रभावित हुनुपर्ने अवस्था नभएको रानाभाट बताउँछन् ।

“अहिले बजारमा लगानीकर्ताले नाफा बुक गर्ने र ट्रेडरले घट्दो बजारमा सेयर बेचर कमाएको मूल्यमा खरिद गर्ने क्रम चलेको बजारमा करेक्नस मात्रै भएको हो, बाउन्स ब्याक हुन्छ,” उनले भने ।

उनले भनेजस्तै नेपाल इन्भेष्टर फोरमका अध्यक्ष छोटेलाल रौनियार पनि अहिले कोभिडको कारण लगानीकर्ता त्रसित हुन आवश्यक नभएको बताउँछन् । अहिलेको बुल पनि कोभिडकै बेलामा आएकाले दोस्रो लहर सुरु भयो भनेर त्रसित हुन आवश्यक नभएको उनी बताउँछन् ।

“लगानीकर्ताले चैत मसान्तसम्मको ब्याज तिरिसकेका छन् भने अब एक त्रैमासको ब्याज तिर्दा लगानीकर्ताले लाभांश सुरक्षित गर्ने बोला हुन्छ,” उनले भने, “कोभिडले गर्दा व्यवसायिक वातावरण प्रभावित भए पनि सेयर बजार प्रभावित हुने अवस्था छैन, बैंकिङ प्रणालीमा तरलता आउने र ब्याजदर माथि जाने सम्भावना टरेर जान्छ, त्यसैले अहिले बजार घट्नपर्ने कारण छैन ।”

अहिले बढेको बजारमा लगानकिर्ताले नाफा बुक गर्दा बजारमा केही करेन्स भएको उनी बताउँछन्  । अहिले सेयर बजार एक राउन्ड पछि हट्दा ३ राउन्ड अगाडि बढ्ने उनले दाबी गरे ।

कस्तो रह्यो आजको सेयर बजार ?

प्रि–ओपन सेसनमा साढे १६ अंकभन्दा माथिले वृद्धि भएर २७१६.१८ अंकमा खुलेको बजार सुरुवाती समयमा उतारचढाव देखिएको थियो । ‘इन्ट्रा–डे’ कोबारमा  २७१६.८७ अंकको उच्च बिन्दु र २६५६.५८ अंकको तल्लो बिन्दु कायम गरेको थियो ।

सोमबार हाइड्रोपावर र वित्त कम्पनीबाहेक सबै उपसूचक राताम्य भए । बजारलाई लिड गर्ने बैंकिङ उपसूचक नै १.८६ प्रतिशतले घट्यो भने होटेल तथा पर्यटन उपसूचक सर्वाधिक ६.१७ प्रतिशत, व्यापार उपसूचक २.९ प्रतिशत र विकास बैंक उपसूचक १.९४ प्रतिशतले घट्यो । यस्तै निर्जीवन बिमा उपसूचक  १.७७, प्रतिशत, अन्य उपसूचक १.३२ प्रतिशत र लघुवित्त उपसूचक पनि १.१८ प्रतिशतले ओरालो लाग्यो ।

वित्त कम्पनी उपसूचक ०.४८ प्रतिशत र हाइड्रोपावर उपसूचक ०.१२ प्रतिशतले बढ्यो ।

सोमबार कारोबार रकममा  नागरिक लगानी कोषले लिड गरेको छ । कम्पनीको २८ करोड ३८ लाख ५६ हजारको कारोबार हुँदा जलविद्युत् लगानी तथा विकास कम्पनीको २४ करोड ६२ लाख ५८ हजारको कारोबार भएको छ ।

बजारमा करेक्सन हुँदा ज्योति लाइफ र महिला लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लग्दा एनआरएन इन्फ्रास्ट्रचर एन्ड डेभलमेन्ट कम्पनीको सेयर मूल्य ५ प्रतिशतले बढ्यो । यता, १८ करोडमाथि घाटमा रहेको वित्तिय विवरण सार्वजनिक गरेको चन्द्रागिरि हिल्सको सेयर मूल्य ९.८० प्रतिशले घट्यो भने सप्तिकोशी डेभलमेन्ट बैंकको सेयर मूल्य ५.५० प्रतिशतले घट्यो ।

आज नेप्सेमा कारोबारमा आएका १५४ कम्पनीको सेयर मूल्य घट्यो भने २३ कम्पनीको बढेको छ । यस्तै ४ कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख ६, २०७८  १६:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement