site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
यस्तो रह्यो नेपाली खेलकुदमा वर्ष २०७७

काठमाडौं । नेपाली खेलकुद वर्ष २०७७ मा कोरोना महामारीको मारमा पर्‍यो । अरु क्षेत्रजस्तै लामो समय खेलकुद गतिविधि ठप्प भयो । प्रतियोगिता हुन सकेन । खेलाडी प्रशिक्षणविहीन भए, घरमै बसे ।

पूरै वर्षभर कुनै खेलकुद गतिविधि नभएको भने होइन । वर्षको मध्यतिर फुटबल, क्रिकेट, भलिबललगायत प्रतियोगिताहरु भए । नेपालले यो वर्ष घरेलु मैदानमा भएको त्रिदेशीय फुटबलको उपाधि जित्यो । त्यो ठूलो उपलब्धिको रुपमा रह्यो ।

केही खेलकुद संघले कोरोनाको कहर सहज हुँदै गएपछि प्रतियोगिताहरु सञ्चालन गरे ।

फुटबल गतिविधि

वर्ष ०७७ लाई फर्केर हेर्दा नेपाली फुटबलका लागि सहज नै रह्यो । कोरोनाका कारण रोकिएका केही फुटबलका प्रतियोगिताहरु भए । ०७७ सालमा अन्य खेलकुदभन्दा फुटबलका गतिविधि देखिने गरी भयो ।

त्रिदेशीय फुटबल, बंगलादेशसँगको मैत्रीपूर्ण खेल, ‘बी’ डिभिजन लिगका बाँकी खेलहरु सम्पन्न, ‘सी’ डिभिजन लिगका खेलहरु सम्पन्न, एन्फा प्रेसिडेन्ट लिग, आहा–रारा गोल्डकपलगायत भए । नेपालले त्रिदेशीय फुटबलको उपाधि जित्यो । केही नयाँ खेलाडीले राष्ट्रिय टोलीबाट डेब्यु गर्ने मौका पाए । लामो समय नेपाली फुटबलमा बिताएका पूर्वकप्तान विराज महर्जनले अन्तर्राष्ट्रिय फुटबलबाट बिदा लिए ।

नेपाली फुटबल गएको कात्तिक महिनाबाट चलायमान हुन पुगेको थियो । नेपालले लामो समयको अन्तरालपछि बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्यो । खेलाडीले मैदानमा पुनरागमन गरे । बंगलादेशसँगको खेलमा युवा खेलाडीले डेब्यु गर्ने अवसर पाए । दर्शन गुरुङ, विकास खवास, एरिक बिष्ट, छिरिङ गुरुङ, पुजन उपरकोटी, सेसेसाङ आङ्देम्बेले नेपाली टोलीबाट डेब्यु गरे ।

नेपालले बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्दा एक खेलमा पराजित हुन पुग्यो भने एक खेल बराबरी खेल्यो । पहिलो खेल २–० ले हारेको नेपालले दोस्रो खेल गोलरहित बराबरी खेलेको थियो ।

एन्फाले माघ ७ गतेबाट महिला लिगको सुरुवात गर्‍यो । एक महिना चलेको महिला लिगको उपाधि एपीएफले जित्यो । एपीएफको उपाधिमा सावित्रा भण्डारीले ४४ गोल गरिन् । उक्त प्रतियोगिताबाट नेपाली महिला फुटबल लिगमा विदेशी खेलाडीको आगमन पनि भयो ।

त्यसपछि एन्फाले गत वर्ष बीचमै रोकिएको ‘बी’ डिभिजन लिग सुरु गर्‍यो । ‘बी’ डिभिजन लिगको उपाधि सातदोबाटो युवा क्लबले जित्यो । त्यसलगत्तै ‘सी’ डिभिजन लिग सुरु भयो ।

त्यसपछि त्रिदेशीय फुटबलको आयोजना गरियो । विश्वकप छनोटका बाँकी खेलहरु प्रभावित बनेपछि एन्फाले त्रिदेशीय फुटबलको आयोजना गरेको थियो । बंगलादेश, कीर्गिस्तान र नेपाल सहभागी प्रतियोगिताको उपाधि नेपालले जित्यो । त्रिदेशीय फुटबलमा नेपालका तीन खेलाडीले डेब्यु गर्ने अवसर पाए । त्रिदेव गुरुङ, संजोक राई र निशान खड्काले डेब्यु गरे ।

नेपाली फुटलबमा एक नयाँ आयाम ल्याउने उद्देश्यका साथ सात टिम सम्मिलित फ्रेन्चाइज फुटबल आयोजना गर्ने निर्णय भयो । नेपाली फुटबलको इतिहासमै पहिलोपटक अक्सनका आधारमा नेपाली खेलाडीहरु अनुबन्ध भए ।

यो वर्ष नेपाली फुटबलमा भएको ठूलो प्रगति विवरणमा पर्छ, मुख्य प्रशिक्षकको नियुक्ति । अखिल नेपाल फुटबल संघ (एन्फा)ले कुवेतका प्रो लाइसेन्स प्राप्त प्रशिक्षक अब्दुल्लाह अलमुताइरीलाई राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षक नियुक्त गर्‍यो ।

कतार फुटबल एसोसिएसनले उनलाई नेपालको मुख्य प्रशिक्षकको रुपमा पठाएको हो । अलमुताइरी नेपाली टोलीमा एक वर्षसम्म प्रशिक्षकको रुपमा रहनेछन् ।

क्रिकेट गतिविधि

कोरोनाका कारण नेपालमा क्रिकेटका अन्तर्राष्ट्रियस्तरका कुनै पनि प्रतियोगिता हुन सकेन । घरेलु प्रतियोगिताहरू भने भए । प्रधानमन्त्री कप क्रिकेट, मेयरर्स कप क्रिकेट चर्चामा रहे । विभागीय टोली त्रिभुवन आर्मी क्लब प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको च्याम्पियन बन्यो भने नेपाल पुलिस क्लबले काठमाडौं मेयर कपको उपाधि जित्यो ।

महिला क्रिकेटमा प्रदेश पहिलोपटक च्याम्पियन बन्यो । प्रदेश नम्बर–१ ले प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० प्रतियोगिताको उपाधि उचाल्यो । एपीएफले ललितपुर मेयर कप महिला क्रिकेटको उपाधि जित्यो । महिला तथा पुरुष क्रिकेटमा नयाँ अनुहारले स्थान पाए । उनीहरुले राम्रो छाप पनि छोडे ।

यही वर्ष जगत टमाटालाई नेपाली महिला क्रिकेट टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी दिइयो ।

नेपाली राष्ट्रिय पुरुष टोलीले नेदरल्यान्ड्स र मलेसियासँग टी–ट्वान्टी क्रिकेट खेल्ने निर्णय गरियो । त्यस्तै, नेपालले नामिबियासँग खेल्ने एकदिवसीय क्रिकेटको पनि समय तय भएको छ । नेपालले नामिबियासँग पहिलोपटक एकदिवसीय सिरिज खेल्ने भएको हो ।

भलिबल गतिविधि

भलिबलको क्षेत्रमा थोरै मात्र प्रतियोगिता भए । लामो समय घरमा बसेका खेलाडीहरुले मौका पाए । तर, उल्लेख्य प्रतियोगिता भने भएन । भलिबलमा नेपाली महिला तथा पुरुषतर्फ पहिलो प्रतियोगिताका रुपमा पोखरामा टाइगर कप भयो ।

टाइगर कपमा महिलातर्फ बलियो एपीएफलाई पराजित गर्दै नेपाल पुलिस क्लबले उपाधि उचाल्यो । पुरुषतर्फ गण्डकी प्रदेश च्याम्पियन बन्यो ।

त्यसपछि नेपालगन्जमा भएको प्रधानमन्त्री कप महिला भलिबलमा एपीएफले टाइगर कपमा भएको हारको बदला लिँदै पुलिसमाथि जित निकाल्यो र च्याम्पियन बन्यो ।

वर्षको अन्त्यतिर राजधानीमा एनभीए कप भलिबल प्रतियोगिता भयो । महिलातर्फ न्यु डायमण्डले उपाधि उचाल्यो । पुरुषतर्फ हेल्फ नेपाल विजेता बन्यो ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, वैशाख १, २०७८  ०९:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro