site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
वर्षा नहुँदै जोरपाटी–सुन्दरजल सडक हिलाम्य

काठमाडौं । जोरपाटी–सुन्दरीजल सडकखण्ड समयमै कालोपत्रे नभएको भन्दै गत शनिबार स्थानीयले सडक अवरुद्ध गरे । पाँच वर्षदेखि हिलाम्य र धुलाम्य सडकको सास्ती खेप्दै आएका भन्दै उनीहरूले बाँस र काठहरू राखेर सडक अवरुद्ध गरे । सवारीसाधन बिहानैदेखि चल्न पाएनन् । यात्रुहरूले सास्ती व्यहोर्नुपर्‍यो ।

तर, यो सडकखण्डमा स्थानीयले गरेको यो पहिलो अवरोध भने होइन । उनीहरूले निरन्तर विरोध गर्दै आएका छन् । वर्षा नहुँदै जोरपाटी–सुन्दरीजलका सडक हिलाम्य बनेका छन् । सडकमा खानेपानी व्यवस्थापन र ढल व्यवस्थापन गर्न विच्छ्याइएका पाइप फुट्दा सडक हिलाम्य बनेको स्थानीयको भनाइ छ ।

गोकर्ण अत्तरखेलका सोमबहादुर तामाङ काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) र गोकर्णेश्वर नगरपालिकाले बेवास्ता गर्दा सडक हिलाम्य बनेको बताउँछन । ‘‘खानेपानी र ढल फुटेर अहिले बर्खाकोजस्तै पानी जमेर खाल्डाखुल्डी भएका छन् । यहाँ ६ महिनादेखि पानी चुहिएर सडक हिलाम्य बनेका छन् । सुन्दरीजलबाट उपत्यकामा वितरण गर्न ल्याइएको पुरानो पानी हो । अहिले खाली मेलम्चीको पानी ल्यायौँ भन्दै चर्चा कमाएका छन् । यसरी चुहिएका पुराना पाइप भने वर्षौँदेखि मर्मत हुन सकेका छैनन,” उनले बाह्रखरीसँग भने, ‘‘चुहिएको खानेपानी र हिलोमा चिप्लिएर घटना हुनसक्ने जोखिम छ । रातीको समयमा यहाँ सवारी साधन, यात्रु चिप्लिन्छन् । विद्यालय जाने बालबालिकाले समेत सास्ती खेप्न बाध्य छन् ।”

जोरपाटी अत्तरखेलदेखि सुन्दरीजलसम्मका हिलाम्य सडकबाट स्थानीय आजित छन् । बेसिगाउँ जोरपाटीका लक्ष्मण बराल सुन्दरीजलको पानी आफ्नो घरमा आएपनि पानी सडकमै खेर गएको बताउँछन । ‘‘पहिले सुन्दरीजलको पानी घरमा आउँथ्यो । अहिले पानी आउन छोडेको छ । अहिले हामीले जारकै पानी किनेर खाने गरेका छौँ,” उनले भने, ‘‘सुन्दरीजलबाट आएको पानी अहिले ठाउँठाउँमा चुहिएर खेर गइरहेको छ । बाटोमा चुहावट भएका पाइपलाइनको मर्मत गर्ने हो भने पनि उपत्यकामा मानिसलाई राहत मिल्ने थियो । हामीले पिउने पानी सबै सडकमा पोखरी बनेर बसेको छ । घरमा कहिले आउँछ कहिले आउँदैन । पानी आयो भनेर के गर्नु ? कहिले आउने कहिले नआउने पानीको के भर ?”

सडकमा कतै पाइप देखिए कतिपयले फोडिदिने गर्नाले धुलाम्य सडक हिलाम्य बनेको स्थानीयको भनाइ छ  । चुहावट भएको खानेपानीको पाइप कसको होे भनि यकिन गर्न असहज हुँदा सडक जलमग्न भएको उनीहरू बताउँछन् ।

केयूकेएलका प्रवक्ता प्रकाशकुमार राई भने जोरपाटी–सुन्दरीजल सडक विस्तारले पानी चुहावट हुने समस्या बल्झिएको बताउँछन् । उनकाअनुसार सडक विस्तार गर्न डोजर चलाउनाले पाइपलाइन फुट्ने समस्या आएको हो । “अहिले पनि जोरपाटी सुन्दरीजल क्षेत्रमा सडक विस्तार हुँदैछ । उक्क्त क्षेत्रमा सडक पिच नहुनेसम्म समस्या बल्झिरहन्छ । हामीले पाइपलाइन मर्मत सम्भार गर्दै आएका छौँ,” उनले भने, ‘‘राजधानीमा स्थापित केयूकेएलका विभिन्न शाखाबाट कर्मचारी खटाएर चुहावट भएका पाइपलाइन जडान गरीरहेका छौँ ।”

गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख सन्तोष चालिसे सडक विस्तार गर्न पहिलेदेखि निरन्तर प्रयास गर्दै आएको बताउँछन । स्थानीयले सडक विस्तारमा पर्ने संरचना भत्काउन नदिँदा समस्या आएको उनको दाबी छ ।  ‘‘बल्ल–बल्ल सडक विस्तारमा पर्ने संरचना भत्काएका छौँ । अब केही महिनापछि यो सडक पिच हुन्छ ।,” उनले भने, ‘‘यति हुँदाहुँदा पनि सडक विस्तारमा यहाँ स्थानीय अवरोध गरिरहन्छन् । लामो समय मुआब्जा विवाद भयो । त्यसैले सडक पिच हुन सकेन । अब भने वैशाखसम्म पिच गरिसक्ने लक्ष्य राखेका छौँ ।”

उपत्यका सडक विस्तार आयोजनाले अहिले सडक विस्तारको काम तीव्र गतिमा अगाडि बढाएको जनाएको छ । उक्त सडक निर्माणका लागि आशीष सिएम जेभीसँग २०७३ सालमा सम्झौता भएको थियो । ७ किलोमिटर सडक निर्माणका लागि भएको सम्झौता बमोजिम २०७५ साल असोज महिनामा काम सक्नुपर्ने थियो । करिब ५४ करोड लागतमा ठेक्का सम्झौताको सडक विस्तार अहिलेसम्म हुन सकेको छैन ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत १८, २०७७  १६:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro