site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
महोत्तरीमा दुई बालिकासहित सातजना युवती बेपत्ता

जनकपुरधाम । महोत्तरीमा सातजना किशोरी एकै पटक वेपत्ता भएका छन् । मंगलबार दिउसो घाँस काट्न गएका सातजना किशोरी सम्पर्क विहीन भएका हुन् ।  

भंगहा–८ स्थित धरमपुरमा घाँस काट्न गएका २ बालिका र ५ किशोरीसहित सातजनाको समूह परिवारको सम्पर्कमा नरहेको महोत्तरीका प्रहरी उपरीक्षक दिवेश आचार्यले जानकारी दिए । 

उनका अनुसार सम्पर्कविहीन भएका सबैजना दलित समुदायका हुन् । सम्पर्कविहीन हुनेहरुमा स्थानीय १२ वर्षीय सीमा पासवान, १२ वर्षीय रञ्जन पासवान, १३ वर्षीय जयोती पासवान, १३ वर्षीय रिया पासवान, ११ वर्षीय अर्चना पासवान, १७ वर्षीय नगीना पासवान र २० वर्षीय अस्मिता पासवान छन् । 

सम्पर्कविहीन भएकाहरुको खोजि कार्य तीब्र बनाइएको छ । प्रहरीले स्थानीयलाई खोजीकार्यमा सहयोग गर्न आग्रहसमेत गरेको छ ।  

उनीहरु सबै घर नजिकैको चौरमा दिउँसो घाँस काट्न गएको र साँझसम्म घर नफर्किए पछि खोजी कार्य सुरु गरिएको थियो ।  

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, चैत १८, २०७७  ०७:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro