site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
चीनबाट फर्केका एमबीबीएसका विद्यार्थी अलपत्र : काउन्सिल र आयोग के भन्छन् ?
SkywellSkywell

काठमाडौँ । धनुुषाका सुनील साह सानैदेखि पढाइमा अब्बल थिए । डाक्टर बन्ने सपना पलायो । डाक्टर पढ्न धरानमा परीक्षा दिँदा साहले आंशिक छात्रवृत्ति पाए । तर, त्यतिले उनको सपनाको उडान भर्न पुग्दैनथ्यो ।

उनी सन् २०१४ मा पढ्नको लागि चीन गए । सबै कुरा ठिक थियो । पढाइमा तेज उनी त्यहाँ पढाइ सकेर घर आउने तरखरमा थिए । तर, कोभिड–१९ को महामारी सुरु भयो । महामारीका कारण चीनमा बस्न डर भयो । उनी अरु साथीसँगै घर फर्के । घर फर्कँदा भविष्य नै अन्योलमा पर्ला भन्ने सोचेकासम्म थिएनन् । अहिले चीनले विद्यार्थी भिसा रद्द गरिदिएको छ भने इन्टर्नसिप अनलाइनमा मात्र गर्न दिएको छ । साहको नौ महिना इन्टर्नसिप बाँकी छ ।

साह र उनीसँगै बिचल्लीमा परेका साथीहरु गएको आइतबारदेखि दिनहुँ नेपाल मेडिकल काउन्सिल (एनएमसी)अगाडि प्लेकार्ड बोकेर धर्ना दिइरहेका छन् । उनीहरुको एउटै माग छ, “नेपालमै इन्टर्नसिप गर्ने व्यवस्था मिलाउनुुपर्यो । निःशुल्क दूरदराजमा गएर दोब्बर समय नै काम गर्न तयार छौँ ।”

Dabur Nepal
NIC Asia

चीनमा एमबीबीएस पढ्न गएर अन्तिम वर्षको इन्टर्नसिप गर्दागर्दै फर्केका १५२ विद्यार्थी १४ महिनादेखि आफ्नो भविष्यलाई लिएर अन्योलमा परेका हुुन् । सन् २०१४ को इन्टन ब्याचका उनीहरु आठ महिनादेखि सम्बन्धित निकायलाई आफ्नो अवस्थाबारे अवगत गराइरहेका छन् ।

चीनको अस्पतालमा इन्टर्नसिप गरेका सम्मुुज्वल श्रेष्ठ मास्क अभाव भएपछि इन्टर्नसिपलाई निरन्तरता दिन नसकेको नेपाल फर्केको बताउँछन् । “हस्पिटलमा इन्टर्नसिप गर्न मिल्दैन, अनलाइन गर भने, हामीले मान्यौँ । यहाँ आएपछि एनएमसीले अनलाइन इन्टर्नसिप नमान्ने कुुरा गर्यो । हुन त इन्टर्नसिप अनलाइन गर्ने कुरा होइन । तर, हाम्रो भविष्यबारे नि त सोचिदिनुपर्यो,” उनले भने ।

चीनमा नै गएर इन्टर्नसिप गर्नको लागि विद्यार्थीले परराष्ट्र मन्त्रालय गुहारे । मन्त्रालयले पठाउन नसक्ने जनायो । त्यसपछि चिनियाँ दूतावाससँग कुरा हुँदा उसले पनि तत्काल नमिल्ने जानकारी गराएको विद्यार्थीको भनाइ छ । चीनबाट फर्केका एमबीबीएसका अन्तिम वर्षका विद्यार्थी अलपत्र परेका हुन् ।

इन्टर्नसिप यतै गर्नको लागि विद्यार्थीले शिक्षा मन्त्रालय, स्वास्थ्य मन्त्रालय र चिकित्सा शिक्षा आयोग पनि धाए । शिक्षामन्त्रीे कृष्णगोपाल श्रेष्ठको पहलमा एनएमसी, चिकित्सा शिक्षा आयोग, त्रिभुुवन विश्वविद्यालय (त्रिवि) र काठमाडौं विश्वविद्यालय (केयू)सहित बैठक बस्यो । सुरुमा केयू र त्रिविले सिट पुग्दैनजस्तो बताए पनि पछि ठाउँ प्रशस्त छ, इन्टर्नसिप गर्न आउनू भनेको श्रेष्ठ बताउँछन् । शिक्षा मन्त्रालयले गएको फागुन २३ मै १५२ विद्यार्थीलाई पछि नजिर नबस्ने गरी यतै इन्टर्नसिपको व्यवस्था मिलाइदिनू भनेर पत्र लेखेको श्रेष्ठले बताए ।

काउन्सिलले पनि त्यस्तो आशयको पत्र आएको स्वीकारेको तर कार्यान्वयन गर्नुको सट्टा एकार्कामा जिम्मेवारी सार्दै पन्छिने गरेको विद्यार्थीहरुको आरोप छ । उनीहरुका अनुुसार आयोगले इन्टर्नसिप आफ्नो कार्यक्षेत्रभित्र नपर्ने भन्दै पन्छिने गरेको छ । काउन्सिलले भने इन्टर्नसिपको पाटो आयोगले नै हेर्दै आएको जनाएको छ । एक छात्राले भनिन्, “चीनले अहिले कसैलाई भिसा दिएको छैन । दिनेजस्तो देखिँदैन । कोरोनाको सेकेन्ड फेज आएको छ । नेपालमै नीति–नियममै बसेर इन्टर्नसिप गर्न पाऊँ ।”

एमबीबीएसलाई प्रोभेजनल लाइसेन्स दिने काम काउन्सिलले गर्छ । चिकित्सकको दर्ता प्रमाण परीक्षा काउन्सिलले लिन्छ । चिकित्सकलाई दर्ता गर्ने काम पनि काउन्सिलले नै गर्ने भएकाले काउन्सिल जिम्मेवारीबाट पन्छिन नहुने विद्यार्थीको भनाइ छ । विद्यार्थी विनोद बराल भन्छन्, “आयोग सकारात्मक छ । काउन्सिलले दिन्छ भने हामीलाई समस्या छैन भनेको छ । विश्वविद्यालय पनि सकारात्मक छ । तर, काउन्सिललाई किन आपत्ति हो, मैले बुुझ्न सकेको छैन ।”

विश्व स्वास्थ्य संगठनले महामारीको अवस्था भनिसकेको बेला काउन्सिललाई महामारीको अवस्था नलाग्नु अनौठो भएको बराल बताउँछन् ।  उनी प्रश्न गर्छन्, “काउन्सिलले मे ५ २०२० मा नोटिस जारी गर्दै अनलाइन इन्टर्नसिपलाई मान्यता दिँदैनौँ भनेको छ । यदि, त्यो कार्यक्षेत्रमा पर्दैन भने नोटिस किन निकालेको ?”

काउन्सिलका रजिष्टार डा. कृष्णप्रसाद अधिकारी आयोग बनेपछि विगत दुई वर्षदेखि शिक्षासम्बन्धी काम आयोगमा गएको दाबी गर्छन् । यद्यपि, आउँदो सोमबार सर्वपक्षीय बैठक बस्ने र त्यसैबाट केही टुंगो लाग्ने उनको भनाइ छ ।

रजिष्टार अधिकारीले इन्टरर्नसिप पढाइकै एउटा भाग भएको बताए । “सबैले बुुझ्न जरुरी छ, उनीहरु अझै विद्यार्थी हुन् । फेरि, इन्टर्नसिप गर्नका लागि चाहिने सम्पूर्ण व्यवस्थापन गर्न काउन्सिल सक्षम छैन । त्यसका लागि विज्ञ जनशक्ति र पूर्वाधार खोई ?,” उनी थप्छन्, “विकट जिल्ला जान्छु भनेर हुँदैन, त्यहाँ उनीहरुलाई गाइड गर्ने र मूल्यांकन गर्ने विज्ञ खोई त ?,” नियमानुसार, जुन विश्वविद्यालयमा पढेको हो, त्यहीँ इन्टर्नसिप गर्नुपर्छ भन्ने छ ।

रजिष्टार अधिकारी पोस्ट ग्राजुएट गरेकालाई योग्यता पुगिसकेको र प्रमाणपत्र पुगिसकेकालाई आवासीय रुपमा गर्नुपर्ने नपुुग अवधिलाई इन्टर्नसिप गर्न दिएको दाबी गर्छन् । तर, एमबीबीएस विद्यार्थीको हकमा ग्राजुएट नभएको उनको भनाइ छ । उनी भन्छन्, “२००७ देखि नै उठेको विषय हो । तर, अधिकार आयोगमा पुुगेको छ । यदि, आयोगलाई आपत्ति छैन भने हामीलाई कुुनै आपत्ति छैन ।”

सबै कुरालाई विचार गरेर निर्णय लिनुपर्ने रजिष्टार अधिकारीको भनाइ छ । “यसबाट सबै क्षेत्र प्रभावित भएकाले चीनका विद्यार्थीलाई मात्र किन प्राथमिकता भन्ने उठ्नसक्छ । चीनमा सन् २०१५ का ब्याच पनि छन्, उनीहरुलाई यही समस्या परे के गर्ने ? भारतमा नर्सिङ पढ्न गएका छात्राले त्यस्तै समस्या भोगे भोलि इन्टर्नसिप गर्न दिने कि नदिने ?,” उनी प्रश्न गर्छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत १३, २०७७  ०७:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu