site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जसले युट्युब भिडियो हेर्दै नक्कली नोट बनाउन सिके...

काठमाडौं । प्रहरीले गए राति काठमाडौंबाट नक्कली नोटसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरु दुवै साथी रहेको खुलेको छ ।

पक्राउ पर्नेमा मकवानपुरगढी गाउँपालिका–१ घर भई काठमाडौं महानगरपालिका–१३, बाफल बस्दै आएका ३९ वर्षीया माया तामाङ र  रौतहटको गुजरा नगरपालिका–२ घर भई कीर्तिपुर नगरपालिका–३ बस्दै आएका ३५ वर्षीय गनबहादुर लोप्चान छन् ।

गए राति माया कलंकीस्थित फुटपाथमा तरकारी किन्न पुगिन् । महानगरीय प्रहरी वृत्त कालीमाटीलाई उनी जाली नोट (नक्कली) नोट लिएर तरकारी किन्न पुगेको पूर्वसूचना थियो । प्रहरीले मायालाई नियन्त्रणमा लियो । नियन्त्रणमा लिने क्रममा उनको साथबाट नौथान ५०० का जाली नोट फेला पर्‍यो ।

प्रहरीले मायालाई सोधपुछ गर्दा गनबहादुरको नामको खुलासा गरिन् । मायाकै बयानका आधारमा प्रहरीले गनबहादुरलाई कीर्तिपुरस्थित उनकै कोठाबाटै पक्राउ गर्‍यो । प्रहरीले उनको साथबाट एक हजार दरका ५१ थान जाली नोट, ५०० दरका ५७ र १०० दरका दुईथान जाली नोट बरामद गर्‍यो । यसबाहेक पैसा छाप्ने प्रिन्टर, फोटोकपी कागज, पेपर कटर, स्केल, मोबाइल, ल्यापटप र प्रिन्टर मसी पनि बरामद गरेको छ ।

भिडियो हेर्दै नक्कली नोट बनाउन सिकेँ...
गनबहादुर ज्यामी काममा संलग्न थिए । कोरोना महामारी सुरु हुनुअघि उनले माइक्रोबस किने । महामारी सुरु भएपछि माइक्रो चल्न सकेन । महानगरीय प्रहरी वृत्त कालीमाटीका डीएसपी अपिलराज बोहराले भने, “हामीले सोधपुछ गर्दा बस किनेको र कोरोना महामारीपछि बस बेचेको र जीवन चलाउनै मुस्किल भएपछि नक्कली नोट बनाउन लागेको बताएका छन् । हामी थप पाटो अनुसन्धान गरिरहेका छौँ ।”

बस बेचेपछि उनले आर्थिक भारबाट छिटो उन्मुक्तिको बाटो खोजे । तर, त्यही उन्मुक्तिको बाटो खोज्दा उनी प्रहरी हिरासतमा पुगेका छन् । गनबहादुरले प्रहरीसँग दिएको प्रारम्भिक बयानमा भनेका छन्, “पैसा कमाउन बाटो खोजीरहेको थिएँ । त्यसपछि युट्युबमा नक्कली नोट कसरी बनाउन सकिन्छ भन्ने भिडियो हेर्न थालेँ । भिडियोमा सबै आइडिया रहेछ । मैले पनि भिडियोमा भनेअनुसारका सामान तयार गरेर नोट छाप्न सुरु गरेँ ।”

उनले आफूले २० दिनअघिबाट मात्रै नक्कली नोट छाप्न सुरु गरेको बताएको प्रहरीले जनाएको । प्रायः रातको समयमा मानिसले सक्कली र नक्कली नोट छुट्ट्याउन नसक्ने भएकाले उनीहरुले रातको समयमा ती नोटको कारोबार गर्दै आएको खुलेको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, चैत १२, २०७७  १४:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro