site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
कोभिडले निर्माण प्रभावित होटेल सञ्चालनमा आउन थाले
Sarbottam CementSarbottam Cement

काठमाडौं । कोभिड–१९ ले निर्माण प्रभावित भएका होटेल सञ्चालनमा आउन थालेका छन् । कोभिडकै कारण निर्माण अवधि लम्बिएको हिमालय दृश्य रिसोर्ट सञ्चालनमा आएको छ ।

धुलिखेलमा सञ्चालनमा आएको हिमालय दृश्यमा ४० करोड रुपैयाँ लगानी परेको अध्यक्ष सीपी थापाले बताए । रिसोर्टमा २० करोड बैंक ऋण र चारजना लगानीकर्ताको २० करोड लगानी परेको उनले बताए ।

रिसोर्टमा नेपाली कांग्रेसका सांसद् एवं व्यवसायी उमेश श्रेष्ठ, पर्यटन व्यवसायी सिबी थापा, श्यामकाजी महत र अशोक श्रेष्ठको लगानी छ । कुल १८ रोपनी क्षेत्रफलमध्ये १३ रोपनी क्षेत्रफलमा रिसोर्ट बनेको छ भने बालबालिकाका लागि फनपार्कलगायत अन्य पूर्वाधार बनाउने तयारी भइरहेको थापाले बताए । गएको दसैंमा सञ्चालनमा ल्याउने लक्ष्य राखेर निर्माण सुरु गरिएको भए पनि कोभिड–१९ ले निर्माण प्रभावित हुँदा ढिलाइ भएको उनले जानकारी दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

४३ वटा कोठा रहेको रिसोर्टमा दुईवटा सुइट रुम छन् । दुईवटा रेस्टुरेन्ट, साउना, ज्याकुजी, योगा, स्वीमिङ पुललगायतका सुविधा रहेको उनले बताए । उनका अनुसार रिसोर्टमा दुईवटा सेमिनार हल छन्, जहाँ ३५० देखि ३७५ जना अट्नेछन् ।

Global Ime bank

नेपाली कला र संस्कृति झल्कने गरी रिसोर्ट निर्माण गरिएको उनको भनाइ छ । थापाका अनुसार रिसोर्टमा प्रकृति झल्काउने चित्रकला, ढुंगेधारा, काष्ठकलालाई प्राथमिकता दिइएको छ । काठमाडौंदेखि ३० किलोमिटर दूरीमा रहेको रिसोर्टबाट अन्नपूर्ण, गणेश, लाङटाङ, गौरीशंकर, लोत्से हिमालसहित पाँचखाल उपत्यका दृश्यावलोकन गर्न सकिने थापाले बताए । रिसोर्टमा रहेका ४३ वटै कोठाबाट हिमालको दृश्यावलोकन गर्न सकिने उनको दाबी छ । रिसोर्टमा कुल ३९ जनाले रोजगारी पाएका छन् । ती सबै धुलिखेलका स्थानीय रहेको थापाले बताए ।

रिसोर्टका लागि अर्ग्यानिक तरकारी उत्पादन गर्न थप पाँच रोपनी जग्गा खरिद गरिसकेको पनि उनले जानकारी दिए । आन्तरिक तथा बाह्य पर्यटक लक्षित गरी रिसोर्ट सञ्चालनमा ल्याएको उनले बताए । “अहिलेका लागि आन्तरिक पर्यटकलक्षित छौँ । तर, बाह्य पर्यटक पनि लक्षित गरी रिसोर्ट सञ्चालनमा ल्याएका हौँ,” थापाले भने ।

पर्यटकलाई आकर्षित गर्न र बसाइँ लम्ब्याउने गरी प्याकेजको तयारी गरिरहेको पनि उनले बताए । उनका अनुसार मन्दिर दर्शन, हाइकिङ, र्‍याफ्टिङलगायत प्याकेजका लागि अध्ययन भइरहेको छ ।

उनले रिसोर्टमा आउने पर्यटकलाई स्थानीय उत्पादन, संस्कृतीलगायतका विषयमा जानकारी गराउने गरी नयाँ योजना पनि अगाडि सारेको बताए । “स्थानीय उत्पादन, यहाँको संस्कृतिका बारेमा पनि पर्यटकलाई जानकारी गराउनुपर्छ । यसले उनीहरुलाई यहाँको बारेमा जानकारी प्राप्त हुन्छ र उनीहरुको बसाइँ पनि लम्बिन्छ,” उनले भने ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत १०, २०७७  १२:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
राजनीति फेरि ओरालोतिर !
राजनीति फेरि ओरालोतिर !